२०८३ श्रावण १८

एशिया कप सुपर फोर: श्रीलंकामाथि पाकिस्तानको सहज जित

काठमाडौँ । पाकिस्तानले जारी एशिया कपको सुपर फोरमा श्रीलंकालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पाकिस्तानको जितमा मोहमद नवाजले ३८ रन, हुसैन हरिसले ३२ र साहिबजादा फरहानले २४ रन बनाएका थिए ।

त्यस्तै श्रीलंकाका वानिन्दु हसरंगा र महीश तिक्क्षनाले २-२ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १३३ रन बनाएको थियो । श्रीलंकाका लागि कमिन्दु मेन्डिसले ५० रन बनाएका थिए भने चरिथ असलंकाले २० रन बनाएका थिए ।

त्यसैगरी पाकिस्तानका बलर शाहिन शाह अफ्रिदीले ३ विकेट र हरिस राउफ र हुसैन तलातले २-२ विकेट लिएका थिए । यो जितपछि पाकिस्तानको सुपर फोरमा २ खेलमा २ अंक भएको छ भने श्रीलंकाले सुपर फोरमा लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंकाको फाइनलमा पुग्ने सम्भावना सकिएको छ ।

अब एशिया कपको सुपर फोर अन्तर्गत आज बंगलादेश र भारत खेल्दैछन् ।

Read More

अमेरिकी क्रिकेट संघ निलम्बन

काठमाडौँ । आइसीसीले अमेरिकन क्रिकेट एसोसियसनलाई निलम्बन गरेको छ ।

आइसीसीले अमेरिकी क्रिकेट संघले लगातार नियमको उलंघन गरेको भन्दै विहिबार बसेको भर्चुअल बैठकले निलम्बन गर्ने निर्णय गर्दै व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको छ ।

यस निलम्बनले अमेरिकाको विश्वकपको सहभागिता र अन्य प्रतियोगितामा कुनै असर नगर्ने आइसीसीले जनाएको छ ।

आइसीसीको जुलाईमा भएको आफ्नो वार्षिक साधारण सभाले अमेरिकी संघलाई ‘स्वतन्त्र र निष्पक्ष चुनाव’ गर्न र संघमा सुधार गर्न तीन महिनाको समय दिएको दुई महिनाभन्दा बढी समय नबित्दै यो निलम्बन आएको हो ।

Read More

एन्फाले सार्बजनिक गर्यो २०८२ को संशोधित खेल क्यालेन्डर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८२ को बाँकी क्यालेन्डर सार्वजनिक गरेको छ । जसमा हाल सर्वाधिक चर्चामा रहेको ए डिभिजन लिग पुष ९ गतेदेखि असार २६ गतेसम्म हुने उल्लेख गरिएको छ । 

मिति तोकिए पनि हालसम्म प्रतियोगिताको भेन्यु भने तोकिएको छैन । ए डिभिजन लिगको मिति तोकिएर आउँदा नेपाल सुपर लिग (एनएसएल) भने एन्फाको परिमार्जित क्यालेन्डरमा राखिएको छैन । 

यसअघि सार्वजनिक भएको एन्फाको क्यालेन्डरमा एनएसएलको लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको समय तोकिएको थियो । तर, परिमार्जित क्यालेन्डरमा एनएसएल राखिएको छैन । 

नेपाली राष्ट्रिय टिमले भियतनामसँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ । जसका लागि प्रशिक्षक म्याट रोसले प्रारम्भिक टोली पनि सार्वजनिक गरिसकेका छन्। त्यस्तै कार्तिककमा नेपाली महिला टिमले भारतसँग ५ दिन लामो मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । 

एन्फा प्रेसिडेन्ट लिग २०२५, एन्फा यू १६ युथ लिग कात्तिक १७ देखि मंसिर २ सम्म एन्फा कम्प्लेक्समा रहेको छ ।  नेपाली सिनियर पुरुष टोलीले मलेसियासँग एएफसी एसियन कप खेल्ने अन्तर्राष्ट्रिय तालिका छ । 

त्यसैगरी सी डिभिजन लिग मंसिर ४ देखि २८ गतेसम्म हुने तालिका छ ।  ३ देश सम्मेलित मैत्रीपूर्ण सिरिज महिलाको मंसिर ८ देखि १६ गतेसम्म इण्डोनेसियामा हुनेछ।साफ वुमन्स क्लब च्याम्पियनसिप मंसिर १९ देखि पुष ५ सम्म दशरथ रंगशालामा हुनेछ ।

Read More

डेम्बेलेले जिते बेलुन डो अर अवार्ड

काठमाडौँ । ओउसमान डेम्बेलेले यस बर्षको बेलुन डो अर अवार्ड जितेका छन् ।

फ्रेन्च फुटबल एसोसियसनले हरेक बर्ष प्रदान गर्ने बेलुन डो अर अवार्ड यस बर्ष पिएसजीबाट खेल्ने २८ बर्षिय डेम्बेलेले जितेका हुन् ।

बेलुन डो अरको दोस्रो स्थानमा स्पेनका लामीन यमल रहेका थिए भने तेस्रो स्थानमा पोर्चुगलका भिटिन्हा र चौथो स्थानमा इजिप्टका मोहमद सलाह रहेका थिए ।

बेलुन डो अरको यस सूचीमा फ्रान्सका किलीयन एम्बाप्पे सातौं स्थानमा र ब्राजिलका भिनिसियस जुनियर १६औं स्थानमा रहेका थिए ।

त्यसैगरि महिला तर्फको बेलुन डो अर भने स्पेनकी ऐताना बोनमातीले लगातार तेस्रो पटक जितेकी छन् । उनी बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने गर्दछिन् । त्यस्तै लामिन यमलले यस बर्षको कोपा ट्रफी जितेका छन् । यो हरेक बर्ष उदियमान फुटबलरलाई दिने गरिन्छ ।

त्यस्तै यस बर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पिएसजीका लुइस इनरिकले जितेका छन् । इनरिकले पीएसजीलाई पिलो पटक च्याम्पियन्स लिग जिताएका थिए ।

Read More

सास्सुओलोमाथि इन्टर मिलानको जित

काठमाडौँ । इन्टर मिलानले इटालियन सिरी ए अन्तर्गत सास्सुओलोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले सास्सुओलोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा फेडेरिको डिमार्को र सास्सुओलोका तारिक मुहारेमोभिकले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै सास्सुओलोका लागि वालिद चेडीराले एक गोल गरेका थिए ।

यो यस सिजनमा इन्टर मिलानको दोस्रो जित हो । यो जितपछि इन्टर मिलानको ४ खेलमा २ जित र २ हारसहित ६ अंक भएको छ र लिगमा दशौँ स्थानमा छ । त्यस्तै सास्सुओलोको ४ खेलमा ३ अंक रहेको छ र १४औं स्थानमा रहेको छ ।

Read More

म्यानचेस्टर सिटीसँग हारबाट जोगियो आर्सनल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।

गएराती सम्पन्न खेलमा आर्सनल र म्यानचेस्टर सिटी १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

१-० गोलले पछि परेको आर्सनलले ९० मिनेट पछिको इन्जुरी समयमा गाब्रियल मार्टिनेलीले गोल गर्दै म्यानचेस्टर सिटीको जित खोसेका थिए । यस अघि खेलको नवौं मिनेटमा इर्लिंग हालाण्डको गोलमा म्यानचेस्टर सिटीले शुरुवाती अग्रता लिएको थियो ।

यो बराबरीपछि आर्सनलको ५ खेलमा १० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर सिटीको ५ खेलमा ७ अंक भएको छ र हाल नवौं स्थानमा रहेको छ ।

Read More

गेटाफेविरुद्ध बार्सिलोनाको शानदार जित

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा गेटाफेलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए ।

यस सिजनमा बार्सिलोनाको यो चौथो जित हो । ५ खेलमा ४ जित र एक बराबरी खेलेको बार्सिलोनाको १३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी गेटाफेको यो यस सिजनमा दोस्रो हार हो । ५ खेलमा ३ जित र २ हार बेहोरेको गेटाफे ९ अंकसहित आठौ स्थानमा रहेको छ ।

Read More

एशिया कप सुपर फोर: पाकिस्तानमाथि भारतको सहज जित

काठमाडौँ । भारतले जारी एशिया कपको सुपर फोर अन्तर्गतको खेलमा पाकिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १७२ रनको लक्ष्य दिएको पछाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतको जितमा अभिषेक शर्माले सर्बाधिक ७४ रन बनाएका थिए भने शुभमन गिलले ४७ रन बनाएका थिए । त्यस्तै तिलक बर्माले ३० र सन्जु सामसनले १३ रन बनाएका थिए । त्यसैगरी पाकिस्तानका बलर हरिस राउफले २ विकेट लिए भने अब्रार आयुब र फाहीम अशरफले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।

पाकिस्तानका लागि शाहीबजादा फरहानले ५८ तथा सैम आयुब र मोहमद नवाजले २१-२१ रन बनाएका थिए ।

यो जितपछि भारतको सुपर फोरमा २ अंक भएको छ । अब एशिया कपको सुपर फोरमा मंगलबार पाकिस्तान र श्रीलंका खेल्ने तालिका रहेको छ  ।

Read More

भियतनामविरुद्ध खेल्ने प्रारम्भिक राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत भियतनामविरुद्ध खेल्ने ३३ खेलाडीको नेपाली प्रारम्भिक टिमको घोषणा गरेको छ ।

नेपालले आगामी अक्टोबर ९ र १४ मा भियतनामविरुद्ध खेल्ने तालिका रहेको छ । एन्फाले राष्ट्रिय टिमको क्लोज क्याम्प सेप्टेम्बर २३ देखि शुरु हुने जानकारी दिएको छ ।

 नेपाली प्रारम्भक टिममा अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन विष्ट, अन्जल श्रेष्ठ, अरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दिपेन्द्र विक, दिपेस गुरुङ, जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, कृतिश छुञ्जु, कुशल देउवा, लाखेन लिम्बु, मणि लामा, मनिष डाँगी, निरजन धामी, रोहित चन्द, रोहन कार्की, समीर तामाङ, समित श्रेष्ठ, सनिश श्रेष्ठ सन्तोष खत्रिसुबास बम सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, टेकेन्द्र थापा  र योगेश गुरुङ रहेका छन् ।

नेपालले एशियन कप छनौटमा यस अघि खेलेका खेलमा हार बेहोरेको छ । जसमा मलेसियासँग २-० ले लाओससँग २-१ को हार बेहोरेको थियो ।

Read More

एसिया कप सुपर फोर: भारत र पाकिस्तानबीच आज भिडन्त

काठमाडौँ । जारी एसिया कपको सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो कहल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ ।

यस अघि समुह चरणको खेलमा भारतीय खेलाडीले हात नमिलाएको विषयका कारण विवाद भएको थियो । सेप्टेम्बर १४ मा पहलगाम आतंकवादी हमलापछि पहिलो पटक दुई टोली आमनेसामने भएका थिए । यो खेल अघि निकै विरोध भएको थियो । 

समुह चरणको खेलमा भारतले पाकिस्तानी खेलाडीहरूलाई कुनै ध्यान दिएन । पहिलो टसको समयमा, भारतीय कप्तान सूर्यकुमार यादवले यो परम्परा तोड्दै पाकिस्तानी कप्तानसँग हात मिलाएका थिएनन् । खेल समाप्त भएपछि पनि, भारतीय खेलाडीहरू सिधै ड्रेसिङ रुममा फर्किए । सूर्यकुमार र मुख्य प्रशिक्षक गौतम गम्भीरको यो कार्यलाई पहलगाम आतंकवादी हमलामा मारिएका २६ जनाको परिवारलाई समर्थन गर्ने प्रदर्शनको रूपमा हेरिएको थियो । विवाद यतिसम्म बढ्यो कि पाकिस्तानका कप्तान सलमान आगाले खेलपछिको पुरस्कार समारोहमा भाग लिएनन् । त्यसपछि पाकिस्तानले यसमा म्याच रेफ्रीको दोष भन्दै उनलाई हटाउन माग गरेपनि आइसीसीले पाकिस्तानको मागलाई खारेज गरिदियो । त्यसपछि पाकिस्तानले युएईविरुद्धको खेल बहिष्कार गर्ने बताए पनि पछि आइसीसीले सो खेल बहिष्कार गरेमा १६ मिलियन डलर जरीवाना गर्ने चेतावनी दिएपछि पाकिस्तान ढिलो गरि सो खेल खेल्न तयार भएको थियो ।

यस खेल अघि एक दिन अगाडी हुने प्रेस कन्फेरेन्सलाई बहिष्कार गरेर पाकिस्तानले आफ्नो असन्तुष्टि कायमै राखेको छ । र आजको खेल खेल्ने नखेल्ने वा पाकिस्तानको व्यबहारप्रति सबैको नजर रहने छ । समुह चरणमा भारत अपराजित हुदै सुपर फोरमा खेल्दै छ भने पाकिस्तानले एक भारतविरुद्धको खेलमा हार बेहोरेर समुहमा दोस्रो हुदै सुपर फोर खेल्दै छ ।

यस खेलका लागि दुबै टोलीको सम्भावित प्लेइङ ११: 
भारत: शुभमन गिल, अभिषेक शर्मा, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), सञ्जु सैमसन (विकेटकिपर), हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वरुण चक्रवर्ती, कुलदीप यादव र जसप्रित बुमराह।

पाकिस्तानः सैम अयुब, साहिबजादा फरहान, मोहम्मद हरिस (विकेटकीपर), फखर जमान, सलमान आगा (कप्तान), हसन नवाज, मोहम्मद नवाज, फहीम अशरफ, शाहीन अफ्रिदी, सुफियान मुकीम र अबरार अहमद ।

Read More