२०८३ श्रावण १७

विश्वकप छनौट अन्तर्गत स्पेन र जर्मनी विजयी

काठमाडौं । युरोपको फिफा विश्वकप छनौट अन्तर्गत स्पेन र जर्मनी विजयी भएका छन् ।

गएराती सम्पन्न खेलमा जर्मनीले उत्तरी आयरल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा सेर्गी ग्नाब्री, नाडीएम अमिरी र फ्लोरियन विर्त्जले एक एक गोल गरेका थिए । त्यस्तै उत्तरी आयरल्याण्डका लागि एक गोल इसाक प्राइसले गरेका थिए ।

विश्वकप छनौटको पहिलो खेलमा स्लोभाकियासँग २-० ले स्तब्ध भएको जर्मनीले दोस्रो खेलमा जित हासिल गरेको छ ।

यो जितपछि समुह ए मा रहेको जर्मनीको २ खेलमा ३ अंक भएको छ र हाल तेस्रो स्थानमा रहेको छ । त्यस्तै र खेलमा ३ अंक नै रहेको उत्तरी आयरल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै गएराती सम्पन्न अर्को खेलमा स्पेनले टर्कीलाई ६-० ले हराएको छ । स्पेनको जितमा मिकेल मेरिनोले ह्याट्रिक गरेका थिए भने पेड्रीले २ गोल तथा फेरान टोरेजले एक गोल गरेका थिए ।    

यो जितपछि समुह इ मा रहेको स्पेनको २ खेलमा ६ अंक रहेको छ र शिर्ष स्थानमा छ । त्यसैगरी टर्कीको भने २ खेलमा ३ अंक रहेको छ र हाल समुहमा तेस्रो स्थानमा रहेको छ ।

Read More

पाकिस्तानले जित्यो त्रिकोणात्मक टी-२० सिरिजको उपाधि

काठमाडौँ । पाकिस्तानले त्रिकोणात्मक टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई ७५ रनले पराजित गर्दै उपाधि जितेको हो ।

फाइनल खेलमा पाकिस्तानले दिएको १४२ रनको लक्ष्य पछाएको अफगानिस्तानले केवल १५.५ ओभरमा अल आउट हुदै ६६ रन मात्र बनाएको थियो ।

अफगानिस्तानका लागि कप्तान राशिद खानले सर्बाधिक १७ रन बनाए भने सेडिकुल्लाह अटलले १३ रन बनाएका थिए । त्यस्तै अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

त्यस्तै पाकिस्तानका बलर मोहमद नवाजले ५ विकेट लिएका थिए भने सुफियान मुक्विम र अब्रार अहमदले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

योसँगै पाकिस्तानले त्रिकोणात्मक सिरिज जितेको छ । पाकिस्तानका मोहमद जवाज सिरिजको उत्कृष्ट खेलाडी बनेका छन् ।

Read More

दक्षिण अफ्रीकाविरुद्ध इङल्याण्डको कीर्तिमानी जित

काठमाडौँ । इङल्याण्डले दक्षिण अफ्रीकाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।

गएराती सम्पन्न एकदिवसीय सिरिजको अन्तिम खेलमा इङल्याण्डले दक्षिण अफ्रिकालाई ३४२ रन अन्तरले पराजित गरेको हो ।

इङल्याण्डले दिएको ४१५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २०.५ ओभरमा ७२ रन बनाएर अल आउट भएको थियो ।

दक्षिण अफ्रीकाका लागि कोर्बिन बोस्चले सर्बाधिक २० र केशव महाराजले १७ रन बनाएका थिए । दक्षिण अफ्रीकाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा इङल्याण्डका बलर जोफ्रा आर्चरले ४, आदील रशिदले ३ तथा ब्राइडन कार्सले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउदै ४१४ रन बनाएको थियो । इङल्याण्डका लागि जाकोब बेथवेलले ११० र जो रुटले १०० रनको शतकीय पारी खेलेका थिए भने जामि स्मिथ र जोस बटलरले ६२-६२ रनको आक्रामक पारी खेलेका थिए ।

यो जितपछि दक्षिण अफ्रिकाले ३ खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ ।

इङल्याण्डको यो जित एकदिवसीय क्रिकेटको अहिलेसम्मकै सबै भन्दा फराकिलो जित हो । यस अघि एकदिवसीय क्रिकेटमा २०२३ मा भारतले श्रीलंकालाई ३१७ रनको अन्तरले अपराजित गरेको थियो । 

Read More

काठमाडौँ स्पाइकर्सको पहिलो जित

काठमाडौँ । काठमाडौँ स्पाइकर्सले पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत मधेश युनाइटेडलाई पराजति गरेको छ । आइतबार सम्पन्न पहिलो खेलमा काठमाडौँले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गरेको थियो ।

पहिलो सेट २६-२४ ले जितेको काठमाडौँ मधेशसँग दोस्रो सेटमा २५-२३ ले पराजित भएको थियो । त्यसपछि काठमाडौँले खेलमा कमब्याक गर्दै २५-२२ र २५-१९ ले लगातार दुई सेटमा जित निकालेर ३-१ ले विजयी भएको थियो ।

यस अघि पहिलो खेलमा हार बेहोरेको काठमाडौँको यो पहिलो जित हो । काठमाडौँ स्पाइकर्स पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएको थियो । त्यस्तै मधेश युनाइटेडको भने तेस्रो खेलमा यो दोस्रो हार हो ।

लिग अन्तर्गत आज अर्को खेल  लुम्बिनी लाभास र पोखरा निन्जाजबीच हुदैछ ।

Read More

एकदिवसीय र टी-२० फर्म्याटमा किन हुन्छ एशिया कप ?

काठमाडौँ । सेप्टेम्बर ९ देखि २९ सम्म युएईमा एशिया कप क्रिकेट हुदैछ । ८ देशले भाग लिने यो प्रतियोगितालाई एशियाको क्रिकेट विश्वकपको रुपमा मानिन्छ । विश्व क्रिकेटका सबैभन्दा ठुला प्रतिद्वन्दी भारत पाकिस्तानका कारण पनि एशिया कपको चर्चा चुलिने गर्दछ ।

एशिया कप क्रिकेटको इतिहासको कुरा गर्दा ८० को दशकको सुरुवातमा, भारत र पाकिस्तानमा लोकप्रियताको हिसाबले दुई खेलहरू तीव्र प्रतिस्पर्धा गरिरहेका थिए । एउटा हक्की थियो र अर्को क्रिकेट । त्यसबेला हक्कीमा तीन प्रमुख प्रतियोगिताहरू थिए, जसमा दुवै देशका टोलीहरूले एकअर्कासँग खेल्थे । विश्वकप, च्याम्पियन्स ट्रफी र एसिया कप । तर, क्रिकेटमा विश्वकप मात्र थियो र त्यसमा पनि भारत-पाकिस्तान खेलहरू हुन सकेनन् ।

यसैबीच, १९८३ मा एसियाली क्रिकेट परिषद्को गठन भएको थियो । यसको उद्देश्य एसियाली क्रिकेट टोलीहरू, विशेष गरी भारत र पाकिस्तान बीच थप प्रतिस्पर्धाको लागि प्लेटफर्म सिर्जना गर्नु थियो । परिषद्ले १९८४ बाट नयाँ प्रतियोगिता सुरु गर्ने निर्णय गर्‍यो, जसको नाम एशिया कप थियो ।

१९८४ देखि एशिया कप १६ पटक आयोजना गरिएको छ । यसको १७औं संस्करण सेप्टेम्बर ९ बाट सुरु हुनेछ। यस पटक प्रतियोगिता टी-२० फर्म्याटमा खेलिदैछ । एसिया कप प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतियोगिता हो । १९८४ देखि २०१४ सम्म, पहिलो १२ एसिया कप एकदिवसीय ढाँचामा आयोजना गरिएको थियो । यसपछि, एसियाली क्रिकेट परिषद्ले यो प्रतियोगिता आगामी विश्वकपको तयारीका लागि प्रयोग गर्ने निर्णय गर्‍यो । यसको ढाँचा विश्वकपको आधारमा तय गरिने निर्णय गरियो । यदि अर्को विश्वकप एकदिवसीय ढाँचामा छ भने, एसिया कप पनि एकदिवसीय ढाँचामा हुनेछ । त्यसैगरी, यदि अर्को विश्वकप टी- २० फर्म्याटमा छ भने, एसिया कप पनि टी-२० फर्म्याटमा हुनेछ ।

२०१६ र २०२२ मा, टी-२० विश्वकप अघि, एसिया कप टी-२० फर्म्याटमा आयोजना गरिएको थियो । त्यस्तै, २०१८ र २०२३ मा, एकदिवसीय विश्वकप अघि, एसिया कप एकदिवसीय ढाँचामा आयोजना गरिएको थियो ।

भारतीय क्रिकेट टिमले सबैभन्दा धेरै एसिया कप जित्ने रेकर्ड राखेको छ । भारतले अहिलेसम्म आयोजित १६ एसिया कपमध्ये १५ मा भाग लिएको छ र ८ पटक उपाधि जितेको छ । भारतले यो प्रतियोगिता ७ पटक एकदिवसीय ढाँचामा र १ पटक टी-२० ढाँचामा जितेको छ । श्रीलंका ६ पटक उपाधि (५ एकदिवसीय र एक टी-२० ) सहित दोस्रो स्थानमा छ । त्यस्तै पाकिस्तान दुई पटक च्याम्पियन बनेको छ (दुबै एकदिवसीय फर्म्याटमा ) ।

श्रीलंकाले एसिया कपमा समग्रमा सबैभन्दा धेरै खेल जित्ने रेकर्ड राखेको छ । श्रीलंकाले एसिया कपमा कुल ४४ खेल जितेको छ । यसले एकदिवसीय ढाँचामा ३८ खेल र टी-२० मा ६ खेल जितेको छ । त्यस्तै भारत दोस्रो स्थानमा छ । भारतले कुल ४३ खेल जितेको छ । भारतले एकदिवसीयमा ३५ र टी-२० मा ८ खेल जितेको छ । 

यस पटक एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसहित, अफगानिस्तान, बंगलादेश, श्रीलंका, ओमान, हङकङ र युएई खेल्दैछन् । अघिल्लो एशिया कप खेलेको नेपाल भने यस एशिया कपमा छनौट हुन असफल भएको थियो । २०२४ मा भएको एसीसी प्रिमियर कपमा सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल यस एशिया कपमा छनौट हुन असफल भएको थियो ।

Read More

बेलारुसकी साबालेन्काले लगातार दोस्रो पटक जितिन् यूएस ओपन

काठमाडौँ । विश्व नम्बर एक महिला टेनिस खेलाडी आर्यना साबालेन्काले यूएस ओपनको महिला एकलको उपाधि जितेकी छन् ।

साबालेन्काले फाइनल खेलमा अमेरिकाकी अमान्डा एनिसिमोभालाई हराएर वर्षको पहिलो ग्रान्ड स्लाम उपाधि जितेकी हुन् ।

बेलारुसकी साबालेन्काले फाइनलमा ६-३, ७-६ (७-३) ले जित हासिल गरेकी हुन् । खेल जितेपछि साबालेन्का भावुक भएकी थिइन् । यस वर्ष उनले दुई ग्रान्ड स्लाम फाइनल खेलमा हार बेहोर्नुपरेको थियो । गत वर्ष पनि साबालेन्काले यूएस ओपनको उपाधि जितेकी थिइन् ।

२७ वर्षीया साबालेन्काले यस वर्षको अन्तिम ग्रान्ड स्लाममा उत्कृष्ट प्रदर्शन गरेर आफ्ना आलोचकहरूलाई जवाफ दिएकी छिन् । यो साबालेन्काको चौथो ग्रान्ड स्लाम एकल उपाधि हो ।

Read More

साफ यू-१७ च्याम्पियनसिप खेल्ने पुरुष फुटबल टिमको घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१७ च्याम्पियनसिप खेल्ने पुरुष फुटबल टिमको घोषणा गरको छ ।

मुख्य प्रशिक्षक सञ्जित सिंहले सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।

साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ । त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा श्रीलंकासँग र सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । 

Read More

रोनाल्डो र फेलिक्सको २-२ गोलमा पोर्चुगल विजयी

काठमाडौँ । पोर्चुगलले विश्वकप छनौटमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा पोर्चुगलले अर्मेनियालाई ५-० गोल अन्तरले पराजित गरेको छ । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले २-२ गोल गरे भने एक गोल जोआओ क्यान्सेलोले गरेका थिए ।

यो जितपछि युरोप छनौटको समुह एफ मा रहेको पोर्चुगलले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । विश्वकप छनौट अन्तर्गत पोर्चुगलले अब अर्को खेल सेप्टेम्बर १० मा हंगेरीविरुद्ध खेल्ने तालिका रहेको छ ।

Read More

शिखर धवनसँग ईडीको सातघण्टा भन्दा लामो बयान

काठमाडौँ । भारतीय पूर्व क्रिकेटर शिखर धवनसँग प्रवर्तन निर्देशनालय (ईडी) ले सात घण्टा भन्दा बढी समय बयान लिएको छ ।

धवनसँग बिहीबार दिल्लीमा ईडी कार्यालयले कथित अवैध बेटिंग एपसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा बयान लिएको मिडिया रिपोर्टमा उल्लेख छ । धवन सात घण्टाभन्दा बढी समयपछि ईडी कार्यालयबाट निस्केका थिए । यो मुद्दा अनलाइन प्लेटफर्मसँग सम्बन्धित रहेको बताइएको छ ।

ईडीका अधिकारीहरूले धावनको सम्भावित प्रचारात्मक वा साझेदारी सम्बन्धहरूको अनुसन्धान सुरु गरिरहेका छन् र यसैक्रममा धवनसँग बयान लिएको बताइएको छ । धवन इडी कार्यालयमा हाजिर भएर अनुसन्धानकर्ताहरूसँग आफ्नो बयान रेकर्ड गरेका छन् ।

३९ वर्षीय पूर्व भारतीय क्रिकेटरको नाम केही विज्ञापनहरू मार्फत अनलाइन बेटिंग एपसँग जोडिएको पाइएको छ । अहिले इडीले धवनले यो बेटिंग एपको प्रचारमा आफ्नो छवि प्रयोग गरेको र बदलामा कुनै भुक्तानी लिएका छन् की छैनन् भन्ने अनुसन्धान गरिरहेको बताइएको छ । यस अघि पुर्व क्रिकेटर सुरेश रैनालाई पनि सोधपुछ गरिएको थियो । 

Read More

अष्ट्रेलियाका क्रिस लिन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने आधिकारीक घोषणा

काठमाडौं । अष्ट्रेलियाका विस्फोटक ब्याटसम्यान क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा खेल्ने निश्चित भएको छ ।

सुदुरपश्चिम रोयल्सले लिनसँग सम्झौता भएको शुक्रबार औपचारिक जानकारी दिएको हो । 

३५ बर्षिय लिनले अस्ट्रेलियाका लागि २०१८ यता भने खेलेका छैनन् । उनले अस्ट्रेलियाको बिग बाश लिगमा एडिलेड स्ट्राइकर्सबाट खेल्ने गरेका छन् । बिग बास लिगमा लिनले १२७ खेल खेल्दै ३९५५ रन बनाएका छन् भने उनको स्ट्राइक रेट १४९.९२ रहेको छ । 

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम गत सिजनमा उपविजेता बनेको थियो ।

Read More