२०८३ श्रावण १७

त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पाकिस्तान र अफगानिस्तान खेल्ने

काठमाडौँ । पाकिस्तानले जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत युएईमाथि ३१ रनको जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाए पछि खेल ३१ रनले हारेको हो ।

यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।

यो जितपछि पाकिस्तानले सिरिजको ४ खेलमा ३ जितसहित फाइनलमा पुगेको छ । त्यस्तै युएईले भने सिरिजमा लगातार तीन खेलमा हार बेहोरेको छ र फाइनलमा पुग्न असफल भएको छ । अब फाइनल अघि युएईले अफगानिस्तानसँग शुक्रबार खेल्ने छ । त्यस्तै फाइनल खेल भने पाकिस्तान र अफगानिस्तान आइतबार खेल्ने छन् ।

Read More

दक्षिण अमेरिकी क्षेत्रबाट फिफा विश्वकपमा छनौट भए यी ६ देश

काठमाडौँ । दक्षिण अमेरिकी क्षेत्रबाट फिफा विश्वकपमा छनौट हुने ६ देशको टुंगो लागेको छ ।

शुक्रबार सम्पन्न छनौट खेलपछि उरुग्वे, इक्वेडर, कोलोम्बिया र पराग्वे विश्वकपमा सिधै छनौट भएका हुन् । दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना र ब्राजिल यस अघि नै विश्वकपमा छनौट भएका थिए ।

अब दक्षिण अमेरिकी क्षेत्रका विश्वकप छनौटका अन्तिम खेलपछि  इन्टर कन्टिनेन्टल छनौट खेल्ने एक देशको टुंगो लाग्ने छ ।

यस दौडमा भेनेजुएला र बोलिभिया रहेका छन् । त्यस्तै दक्षिण अमेरिकी क्षेत्रबाट चिली र पेरु भने विश्वकपमा छनौट हुन असफल भएका छन् ।  

दक्षिण अमेरिकी क्षेत्रबाट ६ देश सिधै विश्वकपमा छनौट हुने छन् भने एक देश इन्टर कन्टिनेन्टल छनौट खेल्ने अवसर पाउने छन् । 

२०२६ मा हुने फिफा विश्वकपमा अहिलेसम्म आयोजक तीन देशसहित १६ देश छनौट भएका छन् ।  जसमा आयोजक अमेरिका, मेक्सिको र क्यानडासहित जापान, न्यूजील्याण्ड, इरान, अर्जेन्टिना, उज्बेकिस्तान, दक्षिण कोरिया, जोर्डन, अस्ट्रेलिया, ब्राजिल, इक्वेडर, उरुग्वे, कोलोम्बिया र पराग्वे रहेका छन्  ।

Read More

स्कटल्याण्ड क्रिकेट विश्वकप लिग-२ को शिर्ष स्थानमा उक्लियो

काठमाडौँ । स्कटल्याण्डले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्कटल्याण्डले नामिबियालाई ५५ रनले पराजित गरेको हो ।

बर्षाले प्रभावित यो खेल २४-२४ ओभर खेलाइएको थियो ।

स्कटल्याण्डले दिएको १६५ रनको लक्ष्य पछाएको नामिबियाले २१.२ ओभरमा १०९ रन बनाएर अल आउट भएको थियो । यस अघि स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै २४ ओभरमा अल आउट हुदै १६४ रन बनाएको थियो ।

यो जितपछि स्कटल्याण्ड लिग- २ को अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । स्कटल्याण्डको २३ खेलमा २९ अंक भएको छ । त्यस्तै नामिबियाको भने २४ खेलमा १९ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ ।

अब सिरिज अन्तर्गत शनिबार क्यानडा र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।

Read More

मेसीको दुई गोलमा अर्जेन्टिनाको भेनेजुएलामाथि शानदार जित

काठमाडौँ । अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौटमा भेनेजुएलामाथि शानदार जित हासिल गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा अर्जेन्टिनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए । त्यस्तै एक गोल लाउतारो मार्टिनेजले एक गोल गरेका थिए ।

यो जितपछि अर्जेन्टिनाको १७ खेलमा ३८ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । अर्जेन्टिना यसअघि नै विश्वकपमा छनौट भएको छ । अब विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाले आफ्नो अन्तिम खेल सेप्टेम्बर ९ मा इक्वेडरसँग खेल्ने तालिका छ । 

त्यस्तै भेनेजुएलाको भने १७ खेलमा १८ अंक रहेको छ भने  यो हारपछि विश्वकपमा सिधै छनौट हुन असफल भएको छ ।

दक्षिण अमेरिकी क्षेत्रबाट ६ देश सिधै विश्वकपमा छनौट हुने छन् भने एक देश इन्टर कन्टिनेन्टल छनौट खेल्ने अवसर पाउने छन् ।

Read More

इङल्याण्डमाथि दक्षिण अफ्रीकाको रोमाञ्चक जित, सिरिजमा कब्जा

काठमाडौँ । दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले इङल्याण्डलाई ५ रनले पराजित गरेको हो । 

दक्षिण अफ्रिकाले दिएको ३३१ रनको लक्ष्य पछाएको इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३२५ रन बनाएको थियो । इङल्याण्डका लागि जो रुट र जोस बटलरले ६१-६१ रन बनाएका थिए ।  त्यस्तै जाकोब बेथवेलले ५८,  विल ज्याकले ३९ र कप्तान ह्यारी ब्रूकले ३३ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रीकाका बलर नान्द्रे बर्गरले ३ विकेट लिएका थिए भने केशव महाराजले २ विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाउदै ३३० रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि म्याथ्यू ब्रिट्ज्केले सर्बाधिक ८५ रन बनाएका थिए भने ट्रिस्टन स्टब्सले ५८, एडेन मार्क्रमले ४९, डेवाल्ड ब्रेभिसले ४२ रन बनाएका थिए ।त्यस्तै इङल्याण्डका बलर जोफ्रा आर्चरले सर्बाधिक ४ विकेट लिएका थिए भने आदील राशिदले २ विकेट लिएका थिए ।

यो जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा लगातार दुई खेल जितेर सिरिज पनि जितेको छ । अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ ।

Read More

एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक

पोखरा । पोखरामा हुने दोस्रो एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी ) को ट्रफी सार्वजनिक गरिएको छ । यही भाद्र २० देखि २८ सम्म पोखरा रङ्गशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको ट्रफी बाराहीघाटमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् ।

नेपाल भलिबल सङ्घको आयोजनामा हुने लिग पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले बताए । 

भलिबल खेलको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागेको आयोजकले बताएको छ । आयोजकका अनुसार सुन्दर पोखरा सहर भलिबलप्रतिको उत्साह, सक्रिय खेल संस्कृति र दर्शकको उच्च सहभागिताका कारण यो लिगका लागि उपयुक्त स्थान मानिएको हो ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइेटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । पोखरा निन्जाजले पर्यटकीय राजधानी पोखराको प्रतिनिधित्व गर्नेछ । यस अधि बिहीबार साँझ पोखराको लेकसाईडमा नगर प्रमुख नेतृत्वको टिम धनराज र महानायक नेतृत्वको टिम राजेशका बिचमा मैत्रीपूर्ण भलिबल हुनेछ ।

Read More

नेपाली यू-२३ फुटबल टिम ताजिकिस्तानसँग पराजित

काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग हार बेहोरेको छ ।

बुधबार राति सम्पन्न खेलमा ताजिकिस्तानले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो । 

पहिलो हाफमा १-० को अग्रता लिएको ताजिकिस्तानले दोस्रो हाफमा ३ गोल गरेको थियो । 

एएफसी यू-२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले अर्को खेल सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।

Read More

आइसीसी वरियतामा तेस्रो स्थानमा झरे दीपेन्द्र

काठमाडौँ । नेपाली अलराउण्डर क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० क्रिकेटको अलराउन्डरको वरियतामा एक स्थान तल झरेका छन् ।

आइसीसीले जारी गरेको नयाँ वरियतामा यस अघि दोस्रो स्थानमा रहेका दीपेन्द्र तेस्रो स्थानमा पुगेका हुन् । दिपेन्द्र २०९ रेटिंगका साथ तेस्रो स्थानमा रहेका छन् । टी-२० क्रिकेटको अलराउन्डर वरियताको शिर्ष स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन् भने दोस्रो स्थानमा एक स्थानको सुधार गर्दै अफगानिस्तानका मोहमद नाबी दोस्रो स्थानमा उक्लिएका छन् ।

त्यस्तै चौथो स्थानमा वेस्ट इन्डिजका रोस्टन चेज रहेका छन् । त्यस्तै नेपालका कुशल भुर्तेल अलराउन्डरको सूचीमा ३४औं स्थानमा छन् ।

Read More

एएफसी यू-२३ एशिया कप छनौटमा आज नेपालले ताजिकिस्तानको सामना गर्दै

काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ ।

नेपालले आज ताजिकिस्तानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि ताजकिस्तानको दुशान्बेस्थित सेन्ट्रल स्टेडियममा शुरु हुदैछ ।

एएफसी यू-२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले अर्को खेल सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ । 

समुह चरणका खेलपछि शिर्ष स्थानमा रहने देश यू-२३ एशिया कपमा छनौट हुने छ भने समुहमा दोस्रो स्थानमा रहने शिर्ष चार देशपनि एशिया कपमा छनौट हुनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक नविन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टिम ताजकिस्तान पुगेको छ । 

नेपाली यू-२३ टिममा गोलकिपरमा कृष्णा मोक्तान, अमित टमटा र  विशाल केसी रहेका छन् भने डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निगम लामा, राम थापा, शंकर थारु र सेमन्त थापा रहेका छन् ।  त्यस्तै मिडफिल्डरमा अभिषेक सेङटाङ, आयुष घलान, आरोन थापा, निरज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुञ्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहेका छन् भने फरवार्डमा रोहन खड्गी र निरजन धामी रहेका छन् ।

Read More

विश्वकप लिग-२ अन्तर्गत नामिबियासँग क्यानडा पराजित

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले क्यानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा नामिबियाले क्यानडालाई २४ रनले पराजित गरेको हो ।

नामिबियाले दिएको २६२ रनको लक्ष्य पछाएको क्यानडाले ४८.३ ओभरमा अल आउट हुदै २३७ रन बनाएको थियो । क्यानडाका लागिकप्तान निकोलस किर्तोनले सर्बाधिक ४६ रन बनाएका थिए भने पर्गत सिंहले ४०, साद बिन जाफरले ३० रन बनाएका थिए । त्यस्तै नामिबियाका बलर बेर्नार्ड स्कोल्जले ४ तथा जेजे स्मितले ३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाउदै २६१ रन बनाएको थियो । नामिबियाका लागि मलान क्रुगेरले सर्बाधिक ८० रन बनाए भने जान फ्राइलिंकले ६०  तथा जेपी कोत्जेले ३८ रनको योगदान गरेका थिए । त्यसैगरी क्यानडाका बलर जसकरण सिंह र अखिल कुमारले ३-३ विकेट लिएका थिए ।

यो जितपछि विश्वकप लिग-२ को अंक तालिकामा नामिबियाको २३ खेलमा १९ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यसैगरी क्यानडाको हाल २३ खेलमा २० अंक रहेको छ र पाँचौं स्थानमा कायम छ । 

अब  विश्वकप लिग-२ अन्तर्गत अर्को खेल विहिबार नामिबिया र स्कटल्याण्डबीच हुने तालिका रहेको छ ।

Read More