२०८३ श्रावण १७

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरुवात

काठमाडौँ । दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।

लिड्स क्रिकेट मैदानमा सम्पन्न सिरिजको पहिलो खेल दक्षिण अफ्रिकाले ७ विकेटले जितेर सिरिजमा विजयी शुरुवात गरेको हो ।

इङल्याण्डले दिएको केवल १३२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २०.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दक्षिण अफ्रिकाका लाफी एडेन मार्क्रमले ८६ रन बनाएका थिए भने रयान रिकेलटनले ३१ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २४.३ ओभरमा अल आउट हुदै केवल १३१ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि जामी स्मिथले सर्बाधिक ५४ रन बनाए भने जस बटलरले १५, जो रुटले १४ र कप्तान ह्यारी ब्रुकले १२ रन बनाएका थिए ।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर केशब महाराजले ४ तथा विआन मुल्डरले ३ विकेट लिएका थिए ।

यो जितपछि दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल विहिबार हुने छ ।

Read More

पाकिस्तानमाथि अफगानिस्तान १८ रनले विजयी

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको छ ।  गएराती शारजाहमा सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानलाई १८ रनले पराजित गरेको हो । 

अफगानिस्तानले दिएको १७० रनको लक्ष्य पछाएको पकिस्तानले २० ओभरमा ९ विकेट गुमाउदै १५१ रन बनाएको थियो । पाकिस्तानका लागि हारिस राउफले सर्बाधिक ३४ रन बनाएका थिए भने फखर जमानले २५ र कप्तान सलमान अघाले २० रन बनाएका थिए ।

त्यसैगरी अफगानीस्तानका बलर फाजल्हक फारुकी, राशिद खान, मोहमद नाबी र नूर मोहमदले २-२ विकेट लिएका थिए । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १६९ रन बनाएको थियो ।  अफगानिस्तानका लागि इब्राहिम जद्रानले ६५ र सेडीक्वेलाह अटलले ६४ रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलर फाहिम्म अशरफले ४ विकेट लिएका थिए ।

यो यस त्रिकोणात्मक सिरिजमा अफगानिस्तानको तेस्रो खेलमा दोस्रो जित हो ।  त्यस्तै यस अघि दुई खेल लगातार जितेको पाकिस्तानले तेस्रो खेलमा हार बेहोरेको छ ।  अब सिरिज अन्तर्गत विहिबार पाकिस्तान र युएईबीच खेल हुदैछ ।

Read More

नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिजको खेल तालिका सामान्य परिवर्तन

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजसँग हुने ऐतिहासिक टी-२० सिरिजको खेल नयाँ तालिका सार्बजनिक गरेको छ ।

क्यानले एशिया कपका कारण खेल तालिका केहि परिवर्तन भएको जानकारी दिदै सेप्टेम्बर २७, २९ र ३० मा खेल हुने जानकारी दिएको छ । नेपाल र वेस्ट इन्डिजबीचको यो सिरिज युएईको शारजाह क्रिकेट स्टेडियममा हुदैछ । यसअघि क्यानले सेप्टेम्बर २७, २८ र ३० मा हुने जानकारी दिएको थियो ।  

अस्ट्रेलिया टूर सकेर आजै स्वदेश फर्किएको नेपाली क्रिकेट टिमले पहिलो पटक टेस्ट खेल्ने देशसँग सिरिज खेल्न लागेको छ ।

Read More

एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेलमा कर्णाली र पोखरा भिड्ने

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेल तालिका सार्बजनिक गरिएको छ ।

भदौ २० गतेदेखि २८ गतेसम्म संचालन हुने भलिबल लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, पोखरा निन्जाज, कर्णाली यशविस र लुम्बिनी लाभा गरि ६ फ्रेन्चाइजीले प्रतिष्पर्धा गर्दैछन् ।

प्रतियोगिताको उद्घाटन खेल भदौ २० गते शुक्रबार कर्णाली यशविस र पोखरा निन्जाजबीच हुने भएको छ । त्यस्तै प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुने आयोजकले जानकारी दिएको छ ।

गतबर्ष भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो । कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो । 

Read More

लेभरकुसनबाट प्रशिक्षक टेन ह्याग बर्खास्त

काठमाडौँ । जर्मनी क्लब बायर लेभरकुसेनले प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको छ । लेभरकुसनले ह्यागलाई नियुक्तिको दुई महिनामै बर्खास्त गरेको हो । 

लेभरकुसनले यस सिजनको लिगका दुई खेलमा एक बराबरी र एक हार बेहोरेपछि क्लब व्यवस्थापनले ह्यागलाई बर्खास्त गरेको हो । ५५ वर्षीय प्रशिक्षक ह्याग जुलाई १ मा जर्मन बुन्डेसलिगा टोलीमा सामेल भएका थिए ।

ह्यागसँग यसअघि अजाक्स र म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बनेको अनुभाव रहेको छ । जर्मन क्लबबाट बर्खास्त भएपछि अब ह्यागलाई टर्की क्लब फेनरबाह्सले प्रशिक्षक नियुक्त गर्नसक्ने चर्चा चलेको छ ।

पछिल्लो एक सातामा म्यानचेस्टर युनाइटेडका तीन पुर्व प्रशिक्षक बर्खास्तमा परेका छन् । जसमा लेभरकुसेनबाट टेन ह्याग, बेसिक्टासबाट ओले गुनर सोल्स्कजायर र फेनरबाहचेबाट जोसे मोरिन्हो रहेका छन् ।

Read More

नेपाल ए ले आसामलाई दियो २०९ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए क्रिकेट टिमले आसाम राज्यलाई २०९ रनको लक्ष्य दिएको छ ।

जारी सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २०८ रन बनाएको हो । नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ६४ रन बनाएका थिए भने शुभ कंसाकारले ४२ रन बनाएका थिए । त्यस्तै इशान पाण्डेले ३२ रन बनाए भने मोहमद आदील आलमले ११ बलमा २५ रन बनाए भने अनिल शाहले ११ रन बनाएका थिए ।

५ खेलको सिरिजमा दुवै टिमले २-२ खेल जितेकाले यो खेलको विजेताले सिरिज जित्ने छ । 

Read More

महिला क्रिकेट विश्वकप विजेतालाई अहिलेसम्मकै धेरै ६३ करोड पुरस्कार दिने आइसीसीको घोषणा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) आगामी आइसीसी महिला क्रिकेट विश्वकपमा विजेता टोलीलाई अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशि दिने घोषणा गरको छ । 

यस पटक विश्वकप विजेता महिला टिमले ४.४८ मिलियन अमेरिकी डलर अर्थात् करिब साढे ६३ करोड पाउनेछ, जुन अघिल्लो संस्करणको पुरस्कार राशि १.३२ मिलियन डलर अर्थात् करिब १९ करोड भन्दा लगभग चार गुणा बढी हो ।

यस प्रतियोगिताको कुल पुरस्कार राशि १३.८८ मिलियन अमेरिकी डलर (लगभग १९६ करोड रहेको छ, जुन २०२२ मा न्युजील्याण्डमा आयोजित पछिल्लो विश्वकप ३.५ मिलियन डलर अर्थात् करिब ५० करोड भन्दा धेरै बढी रहेको छ । यो पुरस्कार राशि पुरुष विश्वकप २०२३ को १० मिलियन डलर भन्दा पनि  बढी रहेको छ ।

२०२३ मा भएको पुरुष एकदिवसीय विश्वकपको विजेता टोली अष्ट्रेलियाले करिब ५३ करोड रुपैयाँ पाएको थियो । त्यसैगरी उपविजेता भारतले करिब २७ करोड रुपैयाँ पाएको थियो । महिला एकदिवसीय विश्वकपको विजेता रकम योभन्दा धेरै बढी हो । आईसीसीले यो वृद्धिको उद्देश्य महिला क्रिकेटको लोकप्रियता बढाउनु र पुरुष सरह समान सम्मान दिनु भएको बताएको छ ।

विश्वकप विजेता देशले ४.४८ मिलियन डलर अर्थात ६३.२८ करोड पाउने भने भने उपविजेता देशले २.२४ मिलियन डलर अर्थात् ३१.६३ करोड पाउने छ । त्यसैगरी सेमिफाइनलमा हार्ने देशले १.१२ मिलियन डलर अर्थात १५.८२ करोड पाउने छन् । त्यसैगरी समूह चरणको खेल जितेमा हरेक खेलको ३४ हजार ३१४ डलर अर्थात ४८ लाख ४६ हजार पाउने छन् । त्यसैगरी पाँचौं र छैटौं स्थानमा आउने देशले ७ लाख डलर अर्थात् ९ करोड ८४ लाख पाउने छन् । त्यस्तै सातौं र आठौं स्थानमा आउने देशले २.८ लाख डलर अर्थात ३ करोड ३८ लाख पाउने आइसीसीले जनाएको छ । त्यसैगरी सबै सहभागी देशहरुलाई आइसीसीले २.५ लाख डलर करिब ३ करोड ५२ लाख दिने बताएको छ ।

प्रतियोगिता भारत र श्रीलंकाका पाँच स्थानहरू, गुवाहाटी, इन्दौर, नवी मुम्बई, विशाखापट्टनम र कोलम्बोमा खेलिनेछ । यो विश्वकप एकदिवसीय फर्म्याटमा खेलिदैछ । 

भारत र श्रीलंकाको आयोजनामा ३० सेप्टेम्बरदेखि २ नोभेम्बरसम्म आयोजना हुने यो १३औं संस्करणको विश्वकपमा कुल आठ देश खेल्दै छन् । यस प्रतियोगितामा भरत र श्रीलंकासहित अस्ट्रेलिया, न्यूजील्याण्ड, पाकिस्तान, बंगलादेश, इङल्याण्ड, दक्षिण अफ्रिका खेल्दैछन् ।    

Read More

आसामसँग आज नेपाल ए को फाइनल खेल

काठमाडौं । नेपाल ए र आसाम राज्य टिमबीचको सिरिजको अन्तिम एवं निर्णायक खेल आज हुने भएको छ । यो खेल नेपाली समय अनुसार आज साँझ ५ बजेदेखि हुने छ ।

सिरिजमा यस अघि खेलिएका चार खेलमा दुवैले २-२ खेल जितेपछि आजको खेल फाइनल हुने भएको हो ।

सिरिजको पहिलो खेल वर्षाले प्रभावित भएपछि आसामले डिएलएस मेथड अनुसार जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेपाल ए ले ९६ रनको जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेल पनि नेपाल ए ले ९ रनले जितेको थियो भने चौथो खेलमा नेपाल ए १८ रनले पराजित भएको थियो । 

यो सिरिज खेल्ने नेपाल ए टिममा अनिल साह (कप्तान), अर्जुन घर्ती, ईशान पाण्डे, देव खनाल, तृत राज दास, सन्दीप जोरा, पवन सराफ, मोहम्मद आदील आलम अन्सारी, बसिर अहमद, शेर मल्ल, आकाश चन्द, युवराज खत्री, सुभ कन्साकर, विवेक कुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल रहेका छन ।

Read More

इन्टर मियामीलाई हराउदै सिएटल साउन्डर्सले जित्यो लिग कपको उपाधि

काठमाडौं । लिग कपको रोमाञ्चक फाइनल खेलमा इन्टर मियामीलाई पराजित गर्दै सिएटल साउन्डर्स एफसीले उपाधि जितेको छ ।

सोमबार बिहान भएको फाइनलमा सिएटलले इन्टर मियामीलाई ३-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक लिग कप च्याम्पियन बनेको हो । सिएटल साउन्डर्सको जितमा ओसाजे डे रोसारियो, एलेक्स रोल्डान र पौल रोथ्रोकले एक एक गोल गरेका थिए ।

खेलको पहिलो हाफमै अग्रता लिएको सिएटलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन जारी राख्दै जित सुनिश्चित गरेको थियो । इन्टर मियामीका स्टार खेलाडी लियोनेल मेसीले केही अवसरहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् ।

यो जितसहित सिएटल साउन्डर्सले लिग कपमा ऐतिहासिक सफलता हासिल गरेको छ भने इन्टर मियामी उपविजेतामा सीमित भएको छ ।

लिग कपको यो चौथो संस्करण हो । यस अघि २०१९ मा क्रुज अजुल, २०२१ मा लेओन, २०२३ मा इन्टर मियामी र २०२४ मा कोलुम्बस क्रियुले उपाधि जितेका थिए ।

Read More

जिम्बाब्वेविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित, सिरिज क्लीन स्वीप

काठमाडौँ । श्रीलंकाले दोस्रो एकदिवसीयमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ । यससँगै श्रीलंकाले घरेलु टोलीलाई एकदिवसीय सिरिजमा २-० ले पराजित गरेको छ ।

आइतबार राति हरारेमा सम्पन्न खेलमा जिम्बाबेले दिएको २७८ रनको लक्ष्य श्रीलंकाले ४९.३ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो ।

श्रीलंकाका लागि पाथुम निसान्काले १२२ रनको शतकीय पारी खेलेका थिए भने कप्तान चरिथ असलंकाले ७१ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले ५० ओभरमा ७ विकेट गुमाउदै २७७ रन बनाएको थियो ।

यो जितपछि श्रीलंकाले दुई खेलको एकदिवसीय सिरिजमा क्लीन स्वीप गर्दै २-० ले जितेको छ ।

Read More