२०८३ श्रावण ११

‘महाराजधिराज’मा पूजना प्रधान अनुबन्ध, छायांकन ३३ औँ दिनमा प्रवेश

काठमाडौं। निर्देशक परिच्छेद सेनको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन्। छायांकनको मध्य चरणमा आइपुगेको फिल्ममा निर्माण पक्षले उनलाई औपचारिक रूपमा भित्र्याएको हो।

निर्माण टिमले सोमबार छायांकनको ३३ औँ दिनका क्रममा प्रधानलाई कलाकार टिममा समावेश गरिएको जानकारी दिएको हो। प्रस्तुतकर्ता विराज विष्टका अनुसार चलचित्रका लागि उपयुक्त कलाकारको खोजीपछि पूजनालाई अनुबन्ध गरिएको हो।

हाल काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको यो चलचित्र यसअघि सुनसरीको श्रीलंका टापु र भक्तपुरमा पनि खिचिएको थियो। ७० दिनको छायांकन तालिका रहेको फिल्म अहिले दोस्रो चरणको शूटिङमा रहेको निर्माण पक्षले जनाएको छ।

निर्देशक सेनको लेखन तथा निर्देशनमा बनेको ‘महाराजधिराज’ सामाजिक–ऐतिहासिक (सोसल पिरियड) कथावस्तुमा आधारित रहेको बताइएको छ। नबराज थापाले छायांकन गरिरहेको फिल्ममा ठूलो संख्यामा कलाकारहरू सहभागी छन्।

चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, जयकिशन बस्नेत, दिनेश डी.सी. लगायतका कलाकारसँगै करिब ८० जना कलाकारको सहभागिता रहनेछ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता रवि खड्का र टोपेन्द्र विष्ट हुन्।

Read More

‘लभ एण्ड वार’को सेटमा दुर्घटना, एक प्राविधिकको मृत्यु

काठमाडौं । बलिउड फिल्म ‘लभ एण्ड वार’को छायांकनस्थलमा भएको दुर्घटनामा एक प्राविधिक कर्मचारीको मृत्यु भएको छ। मुम्बईस्थित फिल्म सिटीको रोयल पाम स्टुडियोमा सर्ट सर्किटबाट करेन्ट लाग्दा ४२ वर्षीय सिकर्मी चन्द्रधारी सिंह यादवको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनाका बेला अभिनेत्री आलिया भट्ट सेटमा छायांकनमा व्यस्त रहेको बताइएको छ। दुर्घटनापछि फिल्म उद्योगसम्बद्ध श्रमिक संगठनहरूले सेटमा सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएका छन्।

फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले मृतकका परिवारलाई दिइने क्षतिपूर्ति रकम बढाउन तथा उनका छोराछोरीको शिक्षाको जिम्मेवारी सुनिश्चित गर्न निर्माण पक्षसँग आग्रह गरेको छ। साथै, मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्नसमेत माग गरिएको छ।

संगठनका अनुसार यादवले दुर्घटनाअघि लगातार लामो समय काम गरेका थिए। अत्यधिक कार्यबोझ र पर्याप्त सुरक्षा सतर्कताको अभाव दुर्घटनाको सम्भावित कारण हुन सक्ने अनुमान गरिएको छ। यस घटनापछि चलचित्र निर्माणस्थलमा सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न माग गरिएको छ।

सञ्जय लीला भन्साली निर्देशित ‘लभ एण्ड वार’मा रणबीर कपूर, आलिया भट्ट र विक्की कौशल मुख्य भूमिकामा छन्। बहुप्रतीक्षित यो फिल्म सन् २०२७ जनवरीमा प्रदर्शन गर्ने तयारी गरिएको छ।

Read More

‘बाः एक योद्धा’ पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक गरिएको पोस्टरले फिल्मको मूल विषयवस्तु पारिवारिक संघर्ष र जिम्मेवारी रहेको संकेत गरेको छ।

पोस्टरमा मुख्य पात्रहरू तनावपूर्ण भावमा प्रस्तुत छन्। ‘बा’ को भूमिकामा दिब्य देब देखिएका छन् भने छोरीको भूमिकामा सुहाना थापा देखिएकी छन्। दिब्य देब चस्मा लगाएर तनावमा देखिँदा सुहाना सामान्य पहिरनमा झोला बोकेर हिँडिरहेको दृश्यमा छन्।

सार्वजनिक पोस्टरले परिवारको संरचना र सम्बन्ध पनि झल्काएको छ। आमा–बुबा, छोरा र छोरीसहितको सानो परिवार देखिने गरी घरको भित्तामा फोटो टाँसिएको छ। पृष्ठभूमिमा देखिएको हवाइजहाजले परिवारको कुनै सदस्य वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश गएको संकेत गर्छ।

त्यस्तै, मोटरसाइकल, घरजग्गाको लालपुर्जा र मध्यमवर्गीय परिवेशले कथालाई आर्थिक दबाब र संघर्षसँग जोडिएको देखाउँछ। पोस्टरमै झरना थापा पनि देखिएकी छन्, जसले उनी आमा पात्रको भूमिकामा रहेको संकेत गर्छ।

चलचित्रले सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जिम्मेवारीको कथा प्रस्तुत गर्ने अनुमान गरिएको छ।

फिल्ममा दिब्य देब, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन्।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र भदौ १९ गते प्रदर्शनमा आउनेछ। वसन्त लम्साल निर्माता रहेको फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्। चलचित्रको वितरण आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।

Read More

हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

काठमाडौं। हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिएका छन्।

पछिल्लो समय अमेरिका बस्दै आएका शर्मा विगत सात वर्षदेखि क्यान्सर रोगसँग संघर्षरत थिए। लामो उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनको निधन भएको बताइएको छ।

टेलिफिल्म ‘चतुरेको दाउपेच’ मार्फत विशेष चर्चामा आएका शर्माले नेपाली टेलिभिजन तथा फिल्म क्षेत्रमा हास्य विधामा उल्लेखनीय योगदान दिएका थिए। उनले विभिन्न टेलिफिल्म तथा चलचित्रहरूमा अभिनय गर्नुका साथै ‘चतुरेको दाउपेच’ नामक फिल्म समेत निर्माण गरेका थिए।

Read More

गंगा रानी मार्फत रोशन केसीको ठुलो पर्दामा डेब्यु, मुख्य भूमिकामा छनोट

काठमाडौँ । कलाकार रोशन केसीले चलचित्र ‘गंगा रानी’ मार्फत ठुलो पर्दामा डेब्यु गर्ने भएका छन्। निर्माण पक्षका अनुसार करिब पाँच सय आवेदकमध्येबाट केसीलाई मुख्य भूमिकाका लागि छनोट गरिएको हो।

यसअघि म्युजिक भिडियोहरूमा अभिनय गरिसकेका केसीले अब पहिलो पटक कथानक चलचित्रमा मुख्य भूमिकामा अभिनय गर्न लागेका हुन्। उनी चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीको जोडीको रूपमा देखिनेछन्।

निर्देशक राजबहादुर सानेका अनुसार चलचित्रका लागि बाँकी तीन पुरुष र तीन महिला कलाकार छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

सानेकै लेखन तथा निर्देशन रहने ‘गंगा रानी’ आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको हो। चलचित्रका निर्माता कमलप्रसाद शर्मा हुन्।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकन आगामी भदौको दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ।

Read More

२२ वर्षीया टिभी अभिनेत्री सञ्चिता उगालेको निधन; परिवार र प्रशंसक शोकमा

काठमाडौँ ।  २२ वर्षीया टिभी अभिनेत्री सञ्चिता उगाले सोमबार निधन भएकी छन्। प्रहरीले उनको शव घरभित्र सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ। घटनास्थलमा उनी साडी लगाएको अवस्थामा रहेको बताइएको छ।

प्रहरीका अनुसार सूचना प्राप्त हुनासाथ टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा कुनै शंकास्पद अवस्था फेला नपरेको र घटनास्थलबाट सुसाइड नोट पनि बरामद नभएको अधिकारीले बताएका छन्। घटना हुँदा उनी घरमा एक्लै थिइन् भन्ने प्रारम्भिक जानकारी छ। उनका बुबाले भने यस घटनाबारे कुनै पनि व्यक्तिमाथि आरोप नलगाएको बताइएको छ।

सञ्चिता महाराष्ट्रको पालघरमा आफ्ना आमाबाबुसँग बस्दै आएकी थिइन्। अभिनय क्षेत्रमा सक्रिय उनी टिभी सिरियलहरू कुमकुम भाग्य’वागले की दुनिया’ मा देखिएकी थिइन्। उनको निधनपछि उनको शव पोस्टमार्टमका लागि पठाइएको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

उनको निधन हुनुभन्दा केही घण्टा अघि मात्र उनको आधिकारिक इन्स्टाग्राम खाताबाट एउटा भिडियो पोस्ट गरिएको थियो। उक्त भिडियोमा उनी ‘डफली वाले, डफली बाजा’ गीतमा लिप-सिंक गर्दै देखिएकी थिइन्। भिडियोको क्याप्सनमा उनले “मैं नाचून, तु नाचा” लेखेकी थिइन्।

उनको मृत्युको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा फ्यानहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्देशहरू लेखिरहेका छन्। इन्स्टाग्राममा उनका करिब १,३९,००० फलोअर्स थिए, र उनी नियमित रूपमा आफ्ना पोस्टहरू साझा गर्थिन्।

सञ्चिता उगालेले टेलिभिजनका विभिन्न कार्यक्रमहरूमा अभिनय गरेकी थिइन्। उनी साजन घर में’ (दंगल टिभी) मा अन्तिम पटक देखिएकी थिइन्। साथै उनले दिलवाली दुल्हा ले जायेंगे’ मा सौरभ बेदीसँग मुख्य भूमिकामा अभिनय गरेकी थिइन्।

चलचित्रतर्फ पनि उनले काम गरेकी थिइन्। छवा’ फिल्ममा उनले ताराबाईको भूमिका निर्वाह गरेकी थिइन्, जहाँ विक्की कौशल र अक्षय खन्ना मुख्य भूमिकामा थिए। उनले मनोज बाजपेयीसँग साइलेन्स २: द नाइट आउल बार शूटआउट’ मा पनि अभिनय गरेकी थिइन्।

प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ।

Read More

राम चरण र उपासनाले विवाहको १४औँ वर्षगाँठमा जुम्ल्याहा सन्तानको झलक सार्वजनिक

काठमाडौँ । तेलुगु सुपरस्टार राम चरण र उनकी पत्नी उपासना कामिनेनी ले आफ्नो १४औँ वैवाहिक वर्षगाँठको अवसरमा जुम्ल्याहा सन्तानको पहिलो झलक सार्वजनिक गरेका छन्।

उपासनाले सामाजिक सञ्जालमा पारिवारिक तस्बिर साझा गर्दै “Heart is full” लेखेकी छन्। उक्त तस्वीरमा बच्चाहरूको अनुहार भने देखाइएको छैन, तर उनीहरूका साना हातहरू मात्र देखिएका छन्।

राम चरण र उपासनाले २०२६ जनवरी ३१ मा एक छोरा र एक छोरीलाई स्वागत गरेका थिए, जसको नाम शिवराम र अन्वीरा देवी राखिएको छ।

तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पोस्ट भाइरल भएको छ र प्रशंसकहरूले दम्पतीलाई वैवाहिक वर्षगाँठ तथा परिवारमा नयाँ सदस्यको आगमनका लागि बधाई दिएका छन्।

Read More

सन्नी देओल र अक्षय खन्नाको कोर्ट ड्रामा फिल्म इक्का नेटफ्लिक्समा जुलाई १० मा आउने

काठमाडौं । नेटफ्लिक्सले आफ्नो नयाँ कोर्ट ड्रामा बलिवुड फिल्म ‘इक्का’ को फर्स्ट लुक सार्वजनिक गरेको छ, जसमा सन्नी देओल र अक्षय खन्नाको मुख्य भूमिका रहनेछन् । निर्देशक सिद्धार्थ पी. मल्होत्रा रहेको यो चलचित्र आगामी जुलाई १० देखि नेटफ्लिक्समा स्ट्रिमिङ सुरु हुने भएको छ ।

यो चलचित्र सन्नी देओलको पहिलो नेटफ्लिक्स ओरिजिनल परियोजना पनि हो । कथा अदालतमा दायर भएको मुद्दामा आधारित छ, जहाँ न्याय, नैतिकता र विगतका निर्णयहरूले सिर्जना गर्ने परिणामलाई देखाइएको छ ।

चलचित्रमा सन्नी देओलले एक प्रसिद्ध वकिलको भूमिका निर्वाह गरेका छन्, जसलाई आफ्नै विगतसँग जोडिएको एक व्यक्तिको मुद्दा लड्न बाध्य हुनुपर्छ । उक्त पात्रमा अक्षय खन्ना देखिन्छन् । यस घटनाले वकिलको व्यक्तिगत र व्यावसायिक जीवनलाई ठूलो चुनौतीमा पार्छ ।

चलचित्रमा तिलोत्तमा शोमले दृढ सरकारी वकिलको भूमिका निभाएकी छन् भने दिया मिर्जाले परिवार जोगाउन संघर्षरत आमा तथा श्रीमतीको पात्रमा अभिनय गरेकी छन् ।

निर्माण पक्षका अनुसार यो कथा न्याय, सत्य र जिम्मेवारीको गहिरो द्वन्द्वमा आधारित छ । निर्देशक मल्होत्राले यो परियोजना लामो समयदेखि आफ्नो सपना रहेको र यसलाई शक्तिशाली अभिनय टोलीसँग प्रस्तुत गर्न पाउँदा विशेष अनुभव भएको बताएका छन् ।

चलचित्र ‘इक्का’ जुलाई १० देखि नेटफ्लिक्समा मात्र हेर्न सकिनेछ ।

Read More

चलचित्र ‘गौँथली’को गीत ‘आँखा भरी आँसु’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘गौँथली’को गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै निर्माण टिमले चलचित्रको गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरेको हो ।

निर्माण टिमले गीत केही फरक तरिकाले सार्वजनिक गरेको छ । गीतको मुख्य भूमिकामा रहेका कलाकार बेहुला र बेहुलीको भेषमा कार्यक्रमस्थलमा पुगेका थिए । पञ्चे बाजा घन्किएको थियो । अनि कार्यक्रमका केही अतिथिहरू जन्तीको भेषमा औपचारिक गेटअपमा पुगेका थिए, जो बेहुला र बेहुलीको अगाडि र पछाडि लागेर नाच्दै हिँडिरहेका थिए । ठ्याक्कै विवाह घर झैँ कार्यक्रमस्थल सिंगारिएको थियो ।

बेहुला र बेहुली, सँगै रहेका जन्ती, नाच्दै रमाउँदै हिँडिरहेका जन्ती र घन्किएको पञ्चेबाजाले कुनै विवाहभन्दा कम लागिरहेको थिएन । तर, यथार्थमा साँच्चै विवाह नभएर यो चलचित्र ‘गौँथली’को गीत सार्वजनिक समारोह थियो ।   सार्वजनिक गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ । संगीत पनि थानेश्वर स्वयंको छ । गीतमा शब्दरचना डा. भोला रिजालको छ ।  गीतीको भिडियोमा चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्कालगायत छन् । जो गीत सार्वजनिक कार्यक्रममा गीतमा देखिएझैँ उनीहरू बेहुला र बेहुलीको भेषमा पुगेका थिए । जसले सबैको ध्यान खिचेको थियो ।

गीतले माइतीघर छोडेर पराइ घर जानु पर्दाको दुखद् क्षण समेटेको छ । आफू जन्मे हुर्केको घर, गाउँ, आमा, बुवा तथा आफन्तलाई चटक्क छोडेर विवाह गरेर अर्कैको घर जाँदाको वियोग गीतमा उल्लेख छ । आफ्नो छोरीलाई जतिसुकै माया गरे पनि विवाह गरेर दिनै पर्ने वाध्यात्मक संस्कार र त्यसले छोरीलाई दिने वियोग गीतमा समेटिएको छ । जन्म घर, आमा बुवा, साथीसंगी छोडेर रुँदैरुँदै पराई घर जाने छोरीमान्छेको कथा समेटेको गीतले कथा मन गाँठो पारेर छोरीलाई पराइको हात सुम्पिँदाको पीडा पनि देखाएको छ ।

कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदै छ । चलचित्रमा ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता रहेको निर्माण पक्षले जनाएको छ ।

बलियो लाइनअप रहेको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ । चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ । ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका छन् ।

गीतको लिंक:

Read More

फिल्म ‘अल्फा’ को टिजरमा एक्शन अवतारमा आलिया

काठमाडौँ ।  बलिवुडको यशराज फिल्म्सको स्पाई यूनिभर्सको नयाँ फिल्म ‘अल्फा’ को टिजर सार्वजनिक भएको छ । 

टिजरमा अभिनेत्री आलिया भट्टलाई एक्शन अवतारमा देखाइएको छ । अभिनेता बबी देओल र अभिनेत्री आलियालाई प्रमुख रुपमा देखाइएको टिजरमा आलिया एक्सन अवतारमा देखिएकी हुन् । 

बाबुछोरीको भूमिकामा रहेका बबी र आलियालाई कठोरपूर्ण तालिमपछि १८ वर्षकी भएपछि एउटा ‘मिशन’ को जिम्मेवारी दिन्छन् । यसपछि आलियाका एक्सन दृश्यहरू देखाइएको छ ।

आगामी जुलाई ३ मा प्रदर्शन हुने ‘अल्फा’ एक महिलाप्रधान एक्सन फिल्म हो । यसमा बबी र आलियासहित शरवरी वाघ, अनिल कपूर, र आर. माधवन पनि मुख्य भूमिकामा छन् । आदित्य चोपडा निर्माता रहेको फिल्मको निर्देशन शिव रवैलले गरेका हुन् । ‘फ्यान’, ‘धुम ३’ जस्ता फिल्ममा सहायक निर्देशक भएर काम गरेका शिवको ‘अल्फा’ पहिलो फिचर फिल्म हो । 

यशराजको ‘वाईआरएफ स्पाई युनिभर्स’ को सुरुवात सन् २०१२ मा प्रदर्शनमा आएको ‘एक था टाइगर’बाट भएको थियो, जसमा सलमान खान मुख्य भूमिकामा थिए । ‘अल्फा’ यशराज फिल्म्सको सातौं स्पाई यूनिभर्स फिल्म हो । यो फिल्म एक सय करोडको लागतमा निर्माण भएको बताइएको छ ।

टिजर: https://youtu.be/0d4nirTymmg  

Read More