२०८३ श्रावण १६

इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन

काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

तेस्रो इन्डियन आइडलका विजेता रहेका तामाङको आइतबार बिहान दिल्लीस्थित निवासमा निधन भएको हो । ४३ बर्षिय तामाङको हृदयघातबाट निधन भएको बताइएको छ ।

तामाङको निधनप्रति नेपाली गायक प्रमोद खरेलले श्रद्धाञ्जली व्यक्त गर्दै अप्रिय र अपत्यारिलो खबर सुन्नु परेको भन्दै प्रशान्त तामाङ हामी बीच नरहेको उल्लेख गरेका छन् ।

 इन्डियन आइडल जितेपछि भारतीय प्रहरीको जागिर छोडेर गायन र कलाकारितालाई आफ्नो क्यारियर बनाएका थिए । तामाङले नेपाली फिल्म परदेशी र गोर्खापल्टन लगायतमा अभिनय पनि गरेका थिए ।

Read More

आयुषाको नेपाली सिरिज ‘घर एक सपना’ भोलिबाट डिसहोममा

काठमाडौं । डिसहोम गो ओटिटि DishHomeGO OTT एपले शुक्रबारदेखि नेपाली सिरिज ‘घर… एक सपना’ स्ट्रिमिङमा ल्याउने भएको छ।

कलाकारहरु सरोज खनाल, लक्ष्मी गिरी र विश्व बस्नेतलगायतको अभिनय रहेको यस सिरिज अब दर्शकले यस एपमार्फत हेर्न पाउने छन् ।

आयुषा पोखरेलको प्रस्तुति रहेको ‘घर… एक सपना’ ले एक नेपाली परिवारभित्र बिस्तारै चर्किँदै जाने सम्बन्ध, जिम्मेवारीको भार, लोभ र सपनाबीचको द्वन्द्वलाई मार्मिक र यथार्थपरक ढंगले चित्रण गरेको छ। कथावस्तुले पात्रहरूलाई जीवनका कठोर मोडहरू हुँदै घर, परिवार र सम्बन्धको वास्तविक अर्थ बुझ्ने भावनात्मक यात्रामा अघि बढाउँछ।

लेखक तथा निर्देशक अजित लामिछानेको निर्देशनमा बनेको यस सिरिजमा अनुभवी र लोकप्रिय कलाकारहरूको अभिनयले कथालाई अझ जीवन्त बनाएको छ। सिरिजमा विश्व बस्नेतसँगै सुरेश थापा, सृजना अधिकारी, बिप्लभ लोहनी, पुष्पाञ्जली लिम्बु र सुनील तामाङको समेत अभिनय देख्न पाइनेछ।

पारिवारिक सम्बन्धको गहिराइ, भावनात्मक उतारचढाव र नेपाली समाजको यथार्थलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको ‘घर… एक सपना’ दर्शकका लागि आत्मीय अनुभूति दिलाउने अपेक्षा गरिएको छ।

यो एप नेपालकै अग्रणी डिजिटल मनोरञ्जन प्लेटफर्मका रूपमा स्थापित छ, जहाँ नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्र, सिरिज, खेलकुद, मनोरञ्जनात्मक सामग्री र लाइभ टेलिभिजन सहज रूपमा उपलब्ध छन्। डिसहोमले गुणस्तरीय, नयाँ र मौलिक नेपाली कन्टेन्टमार्फत डिजिटल मनोरञ्जनको अनुभवलाई अझ समृद्ध र रोमाञ्चक बनाउँदै आएको छ।

Read More

सुपरस्टार यसकोनयाँ फिल्म ‘टक्सिक’ को टिजर सार्बजनिक

काठमाडौँ । दक्षिण भारतका सुपरस्टार अभिनेता यशको ४०औं जन्मदिनको अवसरमा उनको नयाँ फिल्म ‘टक्सिक’ को टिजर सार्बजनिक गरिएको छ । 

फिल्मका पाँच अभिनेत्रीहरूको लुक्स सार्वजनिक गरेपछि, अब उनीहरूले यशको चरित्र टिजरमार्फत सार्वजनिक गरिएको छ । निर्माताहरूले २ मिनेट ५१ सेकेन्डको भिडियो जारी गरेर टक्सिक २०२६ को ठुलो फिल्म बन्ने संकेत दिएका छन् ।   

यो फिल्म रिलिज हुन अझै दुई महिनाभन्दा बढी समय बाँकी छ । यद्यपि, निर्माताहरूले बिस्तारै फिल्मको लागि चर्चा बढाउन थालेका छन् । त्यसैले अहिलेसम्म फिल्मका पाँच अभिनेत्रीहरूको पहिलो लुक्स सार्वजनिक भइसकेको छ । यस फिल्ममा कियारा आडवाणी, हुमा कुरेशी, तारा सुतारिया, नयनतारा र रुक्मिणी वसन्तको अभिनय रहेको छ । 

गीतु मोहनदास निर्देशित टक्सिक मार्च १९ मा रिलिज हुदै छ । फिल्म भव्य स्तरमा बनाइएको छ । सुरुमा डिसेम्बर २०२५ मा रिलिज हुने तय भएको यो फिल्म अपूर्ण पोस्ट-प्रोडक्सन कार्यका कारण स्थगित गरिएको थियो र अब मार्च १९ मा रिलिज हुने तय भएको छ । यद्यपि, ‘धुरन्धर २’ पनि सोहि दिन रिलिज हुने हुनाले दुवै फिल्मलाई नोक्सान हुन सक्ने विश्लेषण गरिएको छ । केजीएफ फेम यशको आफ्नै जबर्जस्त फ्यानबेस भएपनि धुरन्धरले बलिवुडको इतिहासमै अहिलेसम्मको धेरै कमाई गरेकाले यसको दोस्रो सिरिजको पनि प्रतिक्षा व्यग्ररुपमा रहेको छ । 

Read More

फिल्म ‘पेट्रोल पम्प’ बनाउदै केकी

काठमाडौं । गत वर्ष नेपाली सिनेमा उद्योगलाई ‘ब्लकबस्टर’ सिनेमा दिएको ‘बोक्सीको घर’को टिम नयाँ चलचित्र निर्माणको सहकार्यमा जुटेको छ । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेको हो ।

‘बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,’ केकीले भनिन्, ‘त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ ।’

चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । चलचित्रमा कथा पनि निर्देशक सुलक्षणले नै लेखेका छन् । प्रोडुसर भने केकी अधिकारी हुनेछिन् । यसअघिको चलचित्र ‘बोक्सीको घर’मा पनि लेखक तथा निर्देशक पनि सुलक्षण नै थिए । प्रोडुसरमा केकी नै थिइन् ।

सोसल ड्रामा चलचित्र ‘पेट्रोल पम्प’ विसं. २०८३ मा रिलिज हुनेछ । चलचित्रमा को–को कलाकार हुनेछन् भन्ने निर्माणपक्षले खुलाएका छैन ।

‘पेट्रोल पम्पमा को–को कलाकार रहनेछन् भने हामी केही समयमा विस्तृत जानकारी दिनेछौँ । प्राविधिक पनि को–को हुनुहुनेछ हामी विस्तारै जानकारी दिँदै जानेछौँ,’ केकीले भनिन् । ‘बोक्सीको घर’मा भने केकी र सुलक्षण दुवैले अभिनय गरेका थिए । केकी मुख्य भूमिकामा थिइन् ।

बद्री अधिकारी निर्माता रहेको ‘बोक्सीको घर’ले नेपाली बक्सअफिसमा ११ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको थियो । केकीको पहिलो निर्माण नै बल्कबस्टर भएको थियो । यो सिनेमाको ‘बुझिन मैले’ गीत भाइरल भएको थियो । 

Read More

हलिवुड अभिनेता विल स्मिथमाथि लाग्यो यौन दुर्व्यबहारको आरोप

काठमाडौँ । ‘ब्याड ब्वाइज’ र ‘मेन इन ब्ल्याक’ जस्ता चर्चित फिल्मका लागि परिचित हलिउड अभिनेता विल स्मिथमाथि यौन उत्पीडनको आरोप लागेको छ । उनको ‘बेस्ड अन अ ट्रु स्टोरी २०२५’ टूरका एक भायोलिनवादकले हलिउड स्टार र उनको व्यवस्थापन कम्पनीमाथि दुर्व्यवहार र गलत बर्खास्तीको आरोप लगाएका छन् । भायोलिन वादक ब्रायन किंग जोसेफले यी आरोप लगाएका हुन् ।

‘बेस्ड अन अ ट्रु स्टोरी २०२५’ भ्रमणको क्रममा ब्रायन किंग जोसेफले स्मिथसँग प्रस्तुति दिएका थिए । उनले अब अभिनेता र उनको व्यवस्थापन फर्म, ट्रेबल स्टुडियो म्यानेजमेन्टविरुद्ध लस एन्जलसको अदालतमा मुद्दा दायर गरेका छन् । डिसेम्बर ३१ मा दायर गरिएको मुद्दामा मार्चमा लस भेगासमा भ्रमणको क्रममा भएको घटनापछि यौन उत्पीडन, बदला लिने र गलत बर्खास्तीको आरोप लगाइएको छ । भेराइटीको रिपोर्टका अनुसार, जोसेफले उजुरीमा स्मिथको कम्पनीले बुक गरेको आफ्नो होटलको कोठामा फर्किए, उनले आफ्नो सहमति बिना कोठामा कोही प्रवेश गरेको संकेतहरू फेला पारे । उनले उत्तेजक सन्देश, वाइप्स, बियरको बोतल, अर्को पुरुषलाई तोकिएको एचआईभी औषधि र अस्पताल डिस्चार्ज कागजातहरू फेला पारेको बताएका छन् । 

भायोलिनवादकले भने- ‘उनले तुरुन्तै होटल सुरक्षा र स्मिथको टोलीलाई जानकारी गराए । उनले घटनाको बारेमा गैर-आपतकालीन प्रहरी हेल्पलाइनमा पनि रिपोर्ट गरेका थिए । यद्यपि, मुद्दामा भ्रमण व्यवस्थापनले घटनाको बारेमा झूट बोलेको आरोप लगाएको छ र सबै दोष उनीमाथि लगाएको छ । केही दिन पछि, जोसेफले उनलाई भ्रमणबाट हटाइँदैछ भनेर जानकारी दिइएको बताएका छन् । व्यवस्थापनले उनको ठाउँमा अर्को भायोलिनवादकलाई तुरुन्तै नियुक्त गरिएको थियो, जसले उनको हटाउनु प्रतिशोधात्मक रहेको बताइएको छ । ।

नोभेम्बर २०२४ मा दुई जना भेटेपछि, स्मिथले जोसेफलाई थप यौन दुर्व्यवहारको लागि उत्तेजित गर्ने र उक्साउने गरेको दाबी समेत गरिएको छ । मुद्दा अनुसार, स्मिथ र जोसेफले भ्रमण अघि धेरै समय एक्लै बिताएपछि, अभिनेताले कथित रूपमा हिंसात्मक व्यवहार गरेको दाबि गरिएको छ । विल स्मिथका प्रतिनिधिले अहिलेसम्म आरोप वा मुद्दाको सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन् ।

Read More

झरीपछिको इन्द्रेणीले कति कमायो ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पुस १२ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म झरी पछिको इन्द्रेणीले ६२ लाख ६९ हजार ४७५ कमाई गरेको छ । फिल्मले अहिलेसम्म १९ हजार ७९३ टिकट बिक्री भएको छ ।  

त्यस्तै परानले अहिलेसम्म करिब १७ करोडभन्दा बढी कमाई गरेको छ । परानले अहिलेसम्म १७ करोड ६७ लाख ३६ हजार ८२८ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ६ लाख २७ हजार ५८५ टिकट बेचेको छ ।

त्यस्तै निकै प्रचार गरिएको अभिमन्यु च्याप्टर-१  भने बक्स अफिसमा असफल भएको छ । यस फिल्मले अहिलेसम्म २१ लाख ५० हजार ४०२ ग्रस कमाई गरेको छ । यस फिल्मका ६ हजार ८६१ टिकट बिक्री भएको छ । 

त्यस्तै फिल्म पीआरले ६ लाख ७५ हजार ३३ कमाई गरेको छ भने लोकन्तीले ४ लाख १२ हजार ५४० कमाई गरेको छ । 

Read More

प्रसिद्ध फ्रान्सेली अभिनेत्री तथा गायिका बार्डोटको निधन

काठमाडौँ । प्रसिद्ध फ्रान्सेली सिनेमा अभिनेत्री तथा गायिका ब्रिजिट बार्डोटको ९१ वर्षको उमेरमा निधन भएको छ ।

ब्रिजिट बार्डोट फाउन्डेसनले बार्डोटको निधन भएको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ । ब्रिजिट एनी-मारी बार्डोटको जन्म सेप्टेम्बर २८, १९३४ मा पेरिसमा भएको थियो । उनले १९५६ को ‘एन्ड गॉड क्रिएटेड वुमन’ सहित धेरै फ्रान्सेली सुपरहिट सिनेमामा काम गरेकी थिइन् ।

‘बिबी’ को नामले प्रसिद्ध, बार्डोट १९५० को दशकमा यौन मुक्तिको प्रतीक बनेकी थिइन् । उनले करिब ५० चलचित्रहरूमा काम गरेकी छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रिजिट बार्डोटको मृत्युमा शोक व्यक्त गरेका छन् । उनले भनेका छन्- ‘उनका चलचित्रहरू, उनको आवाज, उनको प्रसिद्धि, उनको पीडा र जनावरहरूप्रतिको उनको लगाव… ब्रिजिट बार्डोटले स्वतन्त्रताको जीवन बिताइन् ।’

Read More

काँग्रेस महामन्त्री शर्माले लेखेको बिगुल फिल्मको गीत सार्बजनिक

काठमाडौं  । फिल्म ‘बिगुल’ चलचित्रमा समाबेश ‘आउ यस्तो देश बनाऔं’ आइतबार सार्वजनिक गरिएको छ । नेपाली काग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेश पायल राईले गाएका हुन् । गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् ।

रमेश कोइरालाको निर्देशन अनि दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ । ओएसआर डिजिटलबाट सार्वजनीक गीतमा देशप्रेम,राष्ट्रभक्ति, समाबेशीता,शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ । राष्ट्रिय झण्डासहित देशमा सुसाशन,बिकास र शान्तिको सन्देश फैलाउन कलाकारहरु घरदैलो जागरणात्मक अभियानमा लागेको देखाइएको छ । देश आम निर्वाचनमा होमिन लागेको बेलामा सार्वजनीक गरिएकाले गीतले चुनावी माहौलको झल्को दिएको छ । कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्रको फस्र्टलुक पोस्टर,टिजर र युगल गीतले समेत दर्शक,स्रोताको मन जितिरहेको छ । गीतमा आमजनताको आवाज मुखरित भएको दावी निर्माण पक्षको छ ।

फिल्म ‘बिगुल’ भुइँमान्छको कथा र समृद्ध नेपालको कल्पनालाई आव्हान गरिएको चलचित्र हो,’ निर्देशक कोइराला भन्छन्, ‘देशको समसामयिक घटनाक्रम अनि राजनैतिक बिषयमा आधारित कथाबस्तु भए तापनि चलचित्र पूर्ण ब्याबसायिक ध्ययेले निर्माण गरेका हौं । चलचित्रमा समाज जागरणको सन्देशका साथमा भरपुर मनोरञ्जन प्रस्तुत गरेका हौं ।’

जेन्जी आन्दोलनप्रति समर्पित चलचित्रमा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ । म्याग्नोलिया ग्रुपको ब्यानर महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको चलचित्रको पटकथा र सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिब ढकालको छायाङकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको चलचित्रकोे सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् । चलचित्र राजधानीभित्र काफिया फिल्म्स् र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।

Read More

बलिवुडका चर्चित निर्देशक विक्रम भट्ट दम्पतिको जमानत याचिका दोस्रो पटक अस्वीकार

काठमाडौँ । बलिवुडका लोकप्रिय फिल्म निर्माता विक्रम भट्ट र उनकी श्रीमती श्वेताम्बरीको जमानत निवेदन दोस्रो पटक अस्वीकार भएको छ । उनीहरुले दोस्रो पटक दायर गरेको जमानत याचिका खारेज गरिएको हो । 

विक्रम भट्ट र उनकी श्रीमतीलाई ३० करोडको ठगीको आरोपमा डिसेम्बर ७ मा पक्राउ गरिएको थियो । यसपछि, दम्पतीलाई पक्राउ गरी १४ दिनको रिमान्डमा पठाइएको थियो । डिसेम्बर २४ मा उनीहरूको रिमान्ड सकिएपछि, दम्पतीले जमानत निवेदन दायर गरे, तर संवेदनशील चरणलाई उद्धृत गर्दै यसलाई अस्वीकार गरियो र उनीहरूको रिमान्ड बढाइयो ।

अदालतले मुद्दामा गिरफ्तारी र सोधपुछ आवश्यक रहेको बताएको छ । नोभेम्बर १७ मा, राजस्थानको इन्दिरा ग्रुप अफ कम्पनीजका मालिक डा. अजय मुर्डियाले उदयपुरमा विक्रम भट्ट र अन्य आठ जना विरुद्ध ३० करोडको ठगीको आरोपमा एफआईआर दायर गरेका थिए ।

Read More

कलाकारको नाम र तस्बीर प्रयोग गरेर सामाजिक सञ्जालमा ठगि बढ्यो, बोर्डले गर्यो यस्तो आग्रह

काठमाडौँ । चलचित्र विकास बोर्डले  कलाकारहरुको नामबाट पछिल्लो समय सामाजिक सञ्जालमा ठगीका घटना बढेको भन्दै सचेत रहन सबै कलाकारहरुलाई आग्रह गरेको छ ।

शुक्रबार अभिनेता अनमोल केसीले आफ्नो नाम र तस्बिर प्रयोग गरेर नक्कली नम्बरबाट आफन्त र साथीहरूसँग पैसा मागिएको स्क्रिनसट सार्वजनिक गरेका थिए । अनमोलले यो घटना आफैँ जानकारी दिँदै कसैलाई पैसा नदिन र नम्बर ब्लक गर्न आग्रह गरेका थिए । त्यस्तै केकी अधिकारी, स्वस्तिमा खड्का, रिमा विश्वकर्मा, धिरज मगरसहितका कलाकारले आफ्नो नाम र फोटो दुरुपयोग गरेर रकम मागिएको गुनासो गरेका थिए । उनीहरूले सामाजिक सञ्जालमा फ्यान र आफन्तजनलाई सचेत रहन आग्रह गरेका थिए ।

यी घटनापछि बोर्डले सबै चलचित्रकर्मीलाई आफ्नो सामाजिक सञ्जालको पासवर्ड बलियो बनाउन र दुई चरणको प्रमाणीकरण अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

बोर्डले भनेको छ: 
चलचित्र विकास बोर्डको जानकारीमा आए अनुसार पछिल्लो समय फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा कलाकार तथा चलचित्रकर्मीको तस्बिर प्रयोग गरी नक्कली आईडी बनाउने, वास्तविक आईडी ह्याक गर्ने र साथीभाई एवं शुभचिन्तकहरुसंग पैसा माग्ने ठगीका घटनाहरू बढिरहेका छन्।

चलचित्रकर्मीहरूले आफ्ना सबै सामाजिक सञ्जाल खातामा बलियो पासवर्ड र टू फ्याक्टर अथेन्टिकेसन अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरिन्छ । कसैले कलाकार वा चलचित्रकर्मीको नाममा पैसा मागेमा, वास्तविक व्यक्ति हो भनी पुष्टि नगरी कुनै पनि रकम नपठाउनुहोस् । सचेत रहौँ, ठगीबाट जोगिऔँ । 

Read More