२०८३ श्रावण ११

जन्मदिनको अवसरमा शाहरुख खानका पुराना फिल्म पुन: रिलिज गरिदै

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानको जन्मदिन नजिक आइरहदा उनका केहि उत्कृष्ट फिल्महरू थिएटरहरूमा पुन: रिलिज हुने भएका छन् । शाहरुखले नोभेम्बर २ मा आफ्नो ६०औं जन्मदिन मनाइरहेका छन् । 

शाहरुखले आफ्ना फिल्मह पुन: रिलिज हुन लागेको जानकारी दिएका हुन् । उनले भनेका छन्- ‘मेरा केही विगतका फिल्महरू थिएटरहरूमा फर्किरहेका छन् । तिनीहरूमा भएको मान्छे धेरै परिवर्तन भएको छैन, केवल उनको कपाल परिवर्तन भएको छ र म अलि सुन्दर भएको छु । शाहरुख खान फिल्म महोत्सव अक्टोबर ३१ मा सुरु हुँदैछ ! मेरा फिल्महरू भारत, मध्य पूर्व, उत्तरी अमेरिका, बेलायत, युरोप, न्यूजील्याण्ड र अष्ट्रेलियाभरिका चुनिएका थिएटरहरूमा प्रदर्शन गरिनेछ ।’

यी फिल्महरू महोत्सवको भागको रूपमा प्रदर्शन गरिने बताइएको छ ।

शाहरुख खान फिल्म फेस्टिभलले ‘कभी हान कभी ना,  दिल से, देवदास, मैं हुँ ना,  ओम शान्ति ओम र “जवान लगायतका फिल्महरु थिएटरमा प्रदर्शन गर्न लागिएको छ । यो महोत्सव अक्टोबर ३१ मा सुरु हुनेछ भने ३० शहरका ७५ भन्दा बढी थिएटरहरूमा दुई हप्तासम्म चल्ने बताइएको छ ।

शाहरुख खान पछिल्लो पटक राजकुमार हिरानीको डंकीमा देखिएका थिए । उनी अब सिद्धार्थ आनन्दको ‘किंग’ मा देखिदैछन् । फिल्ममा शाहरुख खानकी छोरी सुहाना खान, अभय वर्मा, जयदीप अहलावत, अभिषेक बच्चन, ज्याकी श्राफ, र अन्य कलाकारहरूले अभिनय रहेको छ ।

Read More

गायक बिक्रम श्रेष्ठको नयाँ प्रेमगीत सार्वजनिक: मन छुने धुन र आकर्षक भिडियोले तान्यो दर्शकको मन

काठमाडौँ । गायक बिक्रम श्रेष्ठको आवाजमा रहेकाे नयाँ गीत सार्वजनिक भएको छ।
बिक्रम राजवंसी युटुब च्यानलबाट मंगलबार गीत सार्वजनिक भएको हो । गीतमा बिक्रम श्रेष्ठ र निशा देसारको आवाज रहेको छ ।

शब्द आनन्द अधिकारीको रहेको गीतमा शिखर सन्तोषको संगीत रहेको छ भने म्युजिक भिडियोको निर्देशन पनि शिखर सन्तोषले नै गरेका छन् । हर्ष मनहास र महक महाजनको अभिनय तथा प्रसन्न कुवरको सम्पादन रहेको यो गितको प्रोडक्सन डिजाइन ईभा लामिछानेले गरेकिछिन । भेषभुषामा प्राज्मा लामिछाने र शृंगारमा तजन्ना श्रेष्ठ छिन ।

माया प्रेमको भाकालाई म्युजिक भिडियोमा निक्कै सुन्दर तरिकाले उतारिएको छ । गीतकार तुलाराम थापा तथा गायक सुरेन्द्र ठकुरीको समेत साथ रहेको यो गित बिशेष गरी युवापुस्ता लक्षित रहेको छ ।

Read More

रिलिजको ३० बर्षपछि पनि हलमा चल्दैछ बलिवुड फिल्म डिडिएलजे

काठमाडौँ । बलिवुड अभिनेत्री काजोल र अभिनेता शाहरुख खान अभिनित सुपरहिट फिल्म ‘दिलवाले दुल्हनिया (डिडिएलजे) ले जाएंगे’ रिलिज भएको ३० वर्ष पूरा भएको छ । यो फिल्म अक्टोबर २०, १९९५ मा रिलिज भएको थियो । 

फिल्म डिडिएलजेप्रति आफ्नो प्रेम व्यक्त गर्दै, काजोलले स्विट्जरल्याण्डको रेलवे स्टेशनको प्रवेशद्वारमा राखिएको बर्गर पसलको प्रचारात्मक पोस्टरको फोटो पनि सेयर गरेकी छन् ।  काजोलले पोस्टसँगै लेखेकी छिन्- ‘डिडिएलजेले आज ३० वर्ष पूरा गरेको छ, तर यो जसरी संसारभरि र सबैको मन र दिमागमा फैलिएको छ, त्यो अतुलनीय छ, यसलाई अभूतपूर्व रूपमा माया गर्नुभएकोमा सबैलाई धन्यवाद ।’

आदित्य चोपडाद्वारा निर्देशित ‘डिडिएलजे’ भारतीय सिनेमाको इतिहासमा सबैभन्दा लामो समयसम्म चल्ने फिल्महरू मध्ये एक हो । अक्टोबर २०, १९९५ मा रिलिज भएदेखि, यो मुम्बईको मराठा मन्दिरमा अहिले पनि देखाइने गरको छ । आइतबार ३० बर्षपछि पनि यस फिल्मलाई ५०० जनाले हेरेको बताइएको छ । 

‘डिडिएलजे’ को ठूलो भाग स्विट्जरल्याण्डमा छायांकन गरिएको थियो । यस फिल्ममा शाहरुख र काजोलसहित अमरिश पुरी अनुपम खेर, फरिदा जलाललगायतको अभिनय रहेको छ । यस फिल्मको निर्देशन आदित्य चोपडाले गरेका थिए  ।

Read More

फिल्म ‘वरिष्ठ बलराम’ मा कोट लगाउँदा चाहिँ कठिन भयो- दयाहाङ राई

काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘वरिष्ठ बलराम’मा आवरणमा पनि केही फरक पन देखाउने प्रयास गरेको बताएका छन् । अधिकांश चरित्रमा गाउँले दुःख पाएको गरिब क्यारेक्टरमा देखिने दयाहाङ ‘वरिष्ठ बलराम’मा शहरिया धनी क्यारेक्टरमा देखिने भएका छन् ।

कार चढेर ५/७ जना क्यारेक्टर अगाडि-पछाडि लगाएर रवाफ देखाउने क्यारेक्टरमा ‘वरिष्ठ बलराम’मा दयाहाङ देखिनेछन् । त्यही भएर उनले आवरणमा पनि केही फरकपन देखिने उनले बताएका हुन् । यो आवरण ट्रेलरमा पनि देखिएको छ । उनका यसअघिका सिनेमाको आवरणका तुलनामा यसमा निकै भिन्न देखिएको छ ।

कोट, पाइन्ट र टाईमा ठाँटिएर हिँड्ने कमै क्यारेक्टर मात्रै उनले गरेका छन् । ‘खासमा क्यारेक्टरको आवरण भन्दा पनि त्यसको भित्री पक्ष के हो त्यसमा पसेर काम गर्न मलाई मजा लाग्छ, मैले गर्ने पनि त्यही हो,’ दयाहाङ भन्छन्, ‘पहिलोपटक यो चलचित्रको स्क्रिप्ट पढ्दा पनि मलाई अहिले मेरो क्यारेक्टरले लगाए जस्तो गेटअप सोचेको थिइनँ ।’

‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । निर्देशक पौडेलले दयाहाङलाई सुट र टाइमा ठाँटिएर हिँड्ने क्यारेक्टर हो मैले सोचेको भने । भित्री पक्ष अर्कै भए पनि बाहिर अर्कै अथवा म वरिष्ठ हुँ भन्ने देखाउने क्यारेक्टर भएकाले दयाहाङलाई यो आवरण पनि हुन्छ भन्ने लाग्यो ।

त्यसपछि दयाहाङले लगाए चितवनको प्रचण्ड गर्मीमा टाई, सुट र कोट, जुन उनका लागि सिनेमामा केही नौलो त देखियो नै । झलक्क हेर्दा विल्कुल नौलो हो कि भन्ने पनि देखियो ।

‘आवरणमा केही फरक थियो, तर असजिलो थिएन । अभिनय हो, जस्तो पर्यो त्यही गर्ने हो,’ दयाहाङ भन्छन्, ‘बरु कोट लगाउँदा चाहिँ साँच्चै कठिन भएको थियो । चितवनको गर्मीमा कोट लगाउँदा कम्ता होइन गर्मी । कोट चाहिँ मेरा लागि चुनौती जस्तै बनेको थियो ।’

वरिष्ठ देखाउन चाहिरहने र त्यसमा अरूले दख्खल दिन खोज्दा त्यसको प्रतिकार गर्दै खोलामा रहेको आफ्नो हैकम कायम राख्ने चरित्रमा ‘वरिष्ठ बलराम’मा दयाहाङ छन् ।

दयाहाङको एकाधिकार खोसेर त्यसको लाभ आफू पनि उठाउने दाउमा रहेका विजय बरालसँको टकराब नै ‘वरिष्ठ बलराम’को कथा हो । यी दुई कलाकार ‘वरिष्ठ बलराम’का मुख्य पात्र हुन् ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीको दिन रिलिज हुनेछ ।

‘वरिष्ठ बलराम’मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ ।

चलचित्रको बाल कलाकारमा सुजेन थापा र साइसा गौचन रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् । मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

Read More

तक्मे बुढाको निर्देशनमा बनेको फिल्म ‘मैझारो’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विल्सन विक्रम राई (तक्मे बुढा) को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’को ट्रेलर सार्वजनिक गरिएको छ । 

ट्रेलरमा फिल्मको कथावस्तु, परिवेश र पात्रको संघर्षलाई देखाइएको छ । अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म प्रेम प्राप्तिका लागि गरेको संघर्षमा बनेको ट्रेलरबाट बुझ्न सकिन्छ । 

तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्ममा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, अनिल सुब्बा लगायतको पनि अभिनय रहेको छ । सौरभ लामाको छायांकन रहेको फिल्मका निर्माताहरू डिबी राई र सरिना लामा राई हुन् । यो फिल्म आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Read More

मुस्ताङबाट कबड्डी- ५ को छायांकन सुरू

काठमाडौँ ।  नेपालको सफल फ्रेन्चाइज फिल्म ‘कबड्डी’ को अब पाँचौँ सिरिजको छायांकन शुरु भएको छ ।

चौथो भागलाई नै अन्तिम श्रृंखला भनिए पनि निर्माण पक्षले नयाँ कथामा कबड्डी- ५ को निर्माण शुरु गरेको हो । सोमबारबाट यो फिल्मको छायांकन मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गरेपछि लार्जुङ बस्तीबाट शुरु गरिएको हो । 

फिल्ममा ‘कबड्डी’ सिरिजमा धेरैजसो कलाकार दोहोरिएका छन् भने नयाँ अनुहारको प्रवेश पनि भइरहेको छ । चौथौ सिरिजमा काम गरेका दयाहाङ राई र मिरुना मगरसहित विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर वाङ्गदेल लगायत पाँचौं सिरिजमा पनि रहने छन् भने यस फिल्मबाट पूर्वमिस यूके नेपाल सिर्जना गुरुङले डेब्यु गर्दैछिन् ।  त्यस्तै यस फिल्ममा अभिनेत्री रिश्मा गुरुङ (मैयाँ) र्ट विपिन कार्कीको इन्ट्री भएको छ । विपिन तिहारपछि मात्र फिल्मको छायांकनमा जोडिने निर्माण पक्षले जानकारी दिएको छ । 

रामबाबु गुरुङको निर्देशनमा बन्ने फिल्मको छायांकन ७० प्रतिशत मुस्ताङमा र ३० प्रतिशत काठमाडौंमा हुनेछ । यस फिल्मको लेख्न उपेन्द्र सुब्बाको रहेको छ ।

Read More

फिल्म ‘वरिष्ठ बलराम’ मा प्रभावशाली भूमिकामै छु: अभिनेत्री अर्याल

काठमाडौं । नायिका समृद्धि अर्यालले आफू फिल्म ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् ।

समृद्धिले भनेकी छन्-  ‘म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ । दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु ।’

विजय बरालको अपोजिटमा रहेर काम गरेकी उनले सिनेमामा विजयको जोनमा नै रहेर काम गर्ने प्रयास गरेको उनले बताएकी छन् । उनले भनिन्-  ‘विजय बराल र दयाहाङ राई दुवै जना अग्रज र अब्बल अभिनय गर्ने कलाकार, बोली पनि त्यस्तै राम्रो, त्यसैले च्यालेन्ज त पक्कै थियो । केरा लागि यो चलतित्र सिक्ने मौका बन्यो ।’

सुरुमा सिनेमाका लागि अफर आउँदा को कलाकार छ भन्दा दयाहाङ र विजय भनेर सुन्दा काम गर्न सक्छु र भन्ने भएको तर पछि यो काम सिक्ने मौका पनि हो भन्ने सोचर स्वीकार गरेको उनको भनाइ छ । पहिलो चलचित्र ‘फर्की फर्की’मा काम गर्दा धेरै नयाँ कलाकार भएकाले काम गर्न सहज भए पनि ‘वरिष्ठ बलराम’मा भने अग्रज अभिनयमा पारंगत कलाकार भएकाले संकोच र सिकाई दुवै भएको उनले बताइन् ।

यद्यपि, चलचित्रमा आफू शो पिस मात्रै नरहेको उनको दाबी छ । दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उनको भनाइ छ । ‘बलरामको क्यारेक्टरको जर्नीमा हेल्प गर्ने इम्प्याक्टफुल क्यारेक्टर छ,’ समृद्धि अगाडि थप्छिन् । आफ्नो सिने करियरको यात्रामा ‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले सहयोग गर्ने उनको भनाइ छ । कुशुमको क्यारेक्टरमा देखिने उनले भनिन्- ‘यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ, त्यो त थाहा छैन । तर, दर्शकले सम्झिने खालको छ भन्ने लाग्छ ।’

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल,  समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् । मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

Read More

एआईको विकासपछि व्यक्तिगत अधिकार सुरक्षित गर्दै बलिवुड सेलिब्रेटी, कुमार सानु पनि गए अदालत

काठमाडौँ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासपछि सेलिब्रेटीहरुले आफ्नो पहिचान, आवाज र छबीको दुरुपयोग बढेपछि अदालत जाने क्रम बढेको छ । खासगरी बलिवुडका सेलिब्रेटीहरुले अदालतबाट आफ्नो व्यक्तिगत अधिकार सुरक्षित गर्न शुरु गरेका छन् । बलिवुडका महानायक अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्य राय बच्चन, आशा भोस्ले, सुनिल सेठ्ठी यस अघि नै अदालत गएर आफ्नो व्यक्तिगत अधिकार सुरक्षित गरेका छन् ।

पछिल्लो पटक बलिउडका वरिष्ठ गायक कुमार सानुले आफ्नो पहिचान, आवाज र गायन शैलीको दुरुपयोगविरुद्ध अदालत गएका छन् । उनले आफ्नो व्यक्तित्व र प्रचार अधिकारको सुरक्षाको लागि दिल्ली उच्च अदालतमा निवेदन दिएका छन् । उनले आफ्नो आवाज, गायन शैली, हस्ताक्षर, तस्बिरहरू र अनुहारको पनि एआई मार्फत नक्कल र दुरुपयोग भइरहेको दाबी गर्दै यसलाई रोक लगाउन अदालतमा निवेदन दिएका छन् ।

कुमार सानुले आफ्नो निवेदनमा सामाजिक सञ्जालमा धेरै मानिसहरूले एआई प्रयोग गरेर उनको आवाज क्लोन गरिरहेको बताएका छन् । केही भिडियोहरू र अडियो क्लिपहरूले उनको आवाज, शैली र व्यवहारको नक्कल गरेको र मजाक वा मीममा परिणत भइरहेका छन् । उनले यसले उनको छवि बिगारिरहेको छ र उनको कलाको व्यापारीकरण गरिरहेको दाबि गरेका छन् ।

सानुले यी नक्कली भिडियोहरूले फेसबुक, इन्स्टाग्राम र युट्युब जस्ता प्लेटफर्महरूमा राजस्व उत्पन्न गरिरहे, भिडियोहरूले उनलाई अश्लील हास्यको बटको रूपमा चित्रण गरको, जुन उनको कडा परिश्रम र प्रतिष्ठामा आक्रमण भएको उल्लेख गरेका छन् ।

सानुले अदालतलाई तेस्रो पक्षलाई आफ्नो नाम, आवाज वा छविको अनधिकृत व्यावसायिक प्रयोगबाट रोक्न र उनको नैतिक अधिकार उल्लङ्घन गर्ने कुनै पनि सामग्री तुरुन्तै हटाउन आदेश दिन माग गरेका छन् । साथै उनले प्रतिलिपि अधिकार ऐन अन्तर्गत, एक कलाकारको आफ्नो प्रदर्शनमाथि नैतिक अधिकार हुन्छ, र जब उनको कामलाई गलत वा अनुपयुक्त तरिकाले चित्रण गरिन्छ तब यी अधिकारहरू उल्लङ्घन हुन्छन् । सानुको निवेदनको सुनुवाई अक्टोबर १३ मा हुने बताइएको छ ।

Read More

शिल्पा र उनका पति राजले विदेश यात्रा गर्न चाहेमा ६० करोड जम्मा गर्नुपर्ने

काठमाडौँ । बलिवुड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रालाई विदेश यात्रा गर्न चाहेमा ६० करोड भारतीय रुपैयाँ जम्मा गर्नुपर्ने आदेश जारी भएको छ ।

भारतको लाइभ लको रिपोर्टका अनुसार, बम्बई उच्च अदालतले लुकआउट सर्कुलर रद्द गर्न माग गरिएको निवेदनको जवाफमा बुधबार यो आदेश दिएको हो । अदालतले अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रालाई लस एन्जलस वा अन्य देशहरूमा यात्रा गर्न चाहेमा ६० करोड भारु जम्मा गर्न निर्देशन दिएको छ ।

कथित ६० करोड ठगी मुद्दा बारे जारी गरिएको लुकआउट सर्कुलर रद्द गर्न दम्पतीले उच्च अदालतमा निवेदन दिएपछि अदालतको यो निर्देशन आएको हो ।

लुकआउट सर्कुलर भनेको सरकारले अपराधको आरोप लागेका व्यक्तिहरूको आवागमन नियन्त्रण र प्रतिबन्ध गर्न प्रयोग गर्ने कानुनी उपकरण हो । यो उनीहरू देशबाट भाग्न नपाउन भन्ने सुनिश्चित गर्ने एक कानुनी तरिका हो । केही अवस्थामा, यो विशेष परिस्थितिहरूमा साक्षीहरूको लागि पनि प्रयोग गरिन्छ ।

शिल्पा र राजले मुम्बईका व्यापारी दीपक कोठारीको ६० करोड ठगीको आरोप लागेको छ । एक कम्पनीमा लगानीको सिलसिलामा दीपक कोठारीको सो रकम दुवैले हड्पेको आरोप रहेको छ ।

Read More

फिल्म ‘मैझारो’ को गीत ‘साकेला नाचौँ’ सार्वजनिक

काठमाडौँ । कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा बनेको फिल्म ‘मैझारो’ को गीत ‘साकेला नाचौँ’ सार्वजनिक गरिएको छ । 

दशैंको पूर्णिमाको अवसर पारेर सोमबार सार्वजनिक गरिएको यस गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ भने पदम साधना कुलुङको शब्द रचना तथा तोरेम्पाहाङ राईको संगीत छ । 

गीतको भिडियोमा फिल्मका कलाकारहरु दयाहाङ राई, दीया पुन, धीरज मगर, मिरुना मगर, विल्सन विक्रम राई, रजनी गुरुङ लगायतले साकेला नाच प्रस्तुत गरेका छन् । यो नाच किराँत समुदायको प्रमुख सांस्कृतिक नृत्य हो । किराँतहरूले उधौली र उभौली पर्वको समयमा साकेला नाच्ने गरेका छन् । 

लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धको कथामा आधारित ‘मैझारो’मा बुद्धि तामाङ,सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा लगायतको पनि अभिनय रहेको छ । निर्देशक राई स्वयंको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन तथा मित्र डि. गुरुङको सम्पादन छ । 

तक्मे प्रोडक्सन र हाइल्यान्डर क्रूको सहकार्यमा निर्माण भएको ‘मैझारो’का गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले सगीत भरेका छन् भने ब्याकग्राउन्ड स्कोर रोहित शाक्यले गरेका छन् । यो फिल्म भाइटीकाको अवसर पारेर आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

गीतको लिंक-  https://www.youtube.com/watch?v=W1-jB2t4BIw

Read More