२०८३ श्रावण १८

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउसो १: १५ बजेदेखि शुरु हुदैछ । 

आजको बैठकमा अर्थमन्त्री आर्थिक बर्ष २०८३-८४ को राजश्व र व्ययको बार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय समावेशी आयोगको आर्थिक बर्ष २०८१-८२ को सातौं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

Read More

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक बस्दैछ ।

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज सन्धीसम्बन्धी कार्य अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हाली रहेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नं. ८१’ तथा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ पेस गर्ने कार्यसूची रहेको छ ।

Read More

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका मान्यताअनुसार सुशासन र आर्थिक समृद्धिमा केन्द्रित भएर काम गरिरहेको बताएका छन् ।

विहिबार राष्ट्रिय सभामा बोल्दै मन्त्री खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता र नागरिक सुरक्षाको संरक्षणलाई प्राथमिकतामा राखिएको स्पष्ट गरे । मन्त्रालयले संसद र सम्बन्धित समितिहरूलाई नियमित रूपमा कामको विवरण दिँदै आएको पनि उनले बताए ।

भारत भ्रमणबारे जानकारी दिँदै मन्त्री खनालले जेठ २२ देखि २४ गतेसम्म नयाँ दिल्लीमा भारतीय विदेशमन्त्रीको निमन्त्रणामा औपचारिक भ्रमण भएको बताए । भ्रमणका क्रममा दुवै देशबीच व्यापार, ऊर्जा, कनेक्टिभिटी, जलस्रोत, सीमा व्यवस्थापन र जनस्तरको सम्बन्धबारे विस्तृत छलफल भएको उल्लेख गरे ।

भ्रमणका क्रममा तीन वटा संयुक्त सहमति भएको पनि जानकारी दिइयो । जसमा सीमापार डिजिटल भुक्तानी, भूकम्पपछि भारतको सहयोगमा बनेका स्वास्थ्य र सांस्कृतिक परियोजनाको हस्तान्तरण तथा डिजिटल भाषा अनुवाद प्रविधि विकास सम्बन्धी सहकार्य समावेश छन् ।

यसै क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटघाट तथा सीमा व्यवस्थापन र सुरक्षा विषयमा छलफल भएको पनि उनले बताए । भ्रमणलाई उनले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भनेका छन् ।

उनले प्रधानमन्त्रीले सीमा बारे दिएको अभिव्यक्तिको बारेमा स्पष्टीकरण दिदै भने- ‘ प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय खासगरी दशगजा क्षेत्र अतिक्रमण र “क्रस बोर्डर अकुपेसन” सँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले “क्रस बोर्डर अकुपेसन” भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ ।’

नेपाल–भारत सीमा सम्बन्धमा उनले सुगौली सन्धि आधार रहेको उल्लेख गर्दै लिपुलेक, कालापानी र सुस्ता क्षेत्रको विषय कूटनीतिक वार्ताबाट समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताए । दशगजा अतिक्रमण र सीमा क्षेत्रमा देखिएको समस्याबारे संयुक्त प्राविधिक टोलीले अध्ययन गरिरहेको जानकारी पनि दिए ।

उनका अनुसार सीमा समस्या द्विपक्षीय संवादबाट समाधान गर्ने नीति नेपालले निरन्तर अघि बढाइरहेको छ । साथै, सरकारको परराष्ट्र नीति राष्ट्रिय हित र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न केन्द्रित रहेको उनले दोहोर्याए ।

Read More

मन्त्रालयको काम शून्यबाट शुरु गर्दैछौं- महावीर पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको काम शून्य अवस्थाबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

उनका अनुसार मन्त्रालय अन्य मन्त्रालय जस्तो पूर्वतयारी अवस्थामा नभएकाले सबै संरचना र कार्य प्रणाली नयाँ ढंगले निर्माण गर्नुपर्ने अवस्था छ ।

मन्त्री पुनले पहिलो दिनमै विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन ल्याउन विधेयक तयार गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । साथै मन्त्रालय सञ्चालनका लागि आवश्यक कर्मचारी संख्या, दरबन्दी र कार्यक्षेत्र निर्धारण गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय पनि गरिएको उनले बताएका छन् ।

त्यसैगरी विभिन्न मन्त्रालय अन्तर्गत छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तन सम्बन्धी गतिविधिलाई एकीकृत र प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा तत्काल गहन छलफल सुरु गर्ने निर्णय गरिएको मन्त्री पुनले उल्लेख गरेका छन् ।

Read More

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउसो १: १५ बजेदेखि शुरु हुदैछ । 

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक बर्ष २०८३-८४ को राजश्व र व्ययको बार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेश गर्ने र आर्थिक बर्ष २०८३-८४ को राजश्व र व्ययको बार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

Read More

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ । 

आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने र भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । 

त्यस्तै अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी अर्थमन्त्री डा. वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै उनले आजै नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

Read More

अब संसदमा प्रधानमन्त्रीलाई खोज्दैनौं- भिष्मराज आङदेम्बे

काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बे आफुहरुले अब संसदमा प्रधानमन्त्रीलाई नखोज्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले प्रधानमन्त्रीलाई संसद नचाहिएपनि प्रतिपक्षलाई संसद चाहिने भन्दै अब आफुले संसदमा प्रधानमन्त्री नखोज्ने बताएका हुन् । उनले भने- ‘म प्रधानमन्त्रीलाई संसदमा अब खोज्दिन, प्रधानमन्त्री कुनै दिन छापामार शैलीमा आएर उदण्डता मच्याईदिनु होला भन्ने डर छ ।’ 

उनले प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएकै हो भन्दै यसमा जति रफ्फु लगाएपनि सत्य यहि भएको बताए ।

उनले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिदा पनि सत्ता पक्षका सांसदले टेबुल ठोकेर समर्थन गरेको उल्लेख गर्दै त्यो घटना आफ्नो जीवनकै पीडादायक क्षण भएको बताएका थिए ।

Read More

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संसदमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा बारेको अभिव्यक्ति बारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधि सभामा स्पष्टीकरण दिदै मन्त्री खनालले प्रधानमन्त्रीले बोलेको विषय क्रस बोर्डर र दश गाजा अतिक्रमणसँग सम्बन्धित रेहेको बताएका छन् । उनलेले नेपालले भारतको सीमा मिचेको आशयमा अभिव्यक्ति नदिएको स्पष्ट गरेका छन् ।

उनले नेपालले लिपुलेकको विषयमा भारतलाई पठाएको कुटनीतिक नोटका विषयमा भारतले पनि कुटनीतिक नोटमार्फत नै जवाफ दिएको बताउदै कुटनीतिक माध्यमबाट नै समाधान गर्न दुवै देश प्रतिबद्ध रहेको बताए ।

मन्त्री खनालले प्रधानमन्त्रीले बेलायतको प्रसंग उल्लेख गरेको विषय मध्यस्थताका लागि नभएर सुगौली सन्धि लगायतका विषयमा रेफेरेन्स आवश्यक परेमा बेलायतसँग रहेका ऐतिहासिक दस्ताबेज लिन सकिने प्रसंगमा उल्लेख गरेको उल्लेख गरेका छन् ।

उनले सरकारले नेपाल र भारतको सीमा विवादमा बेलायत या कुनै तेस्रो मुलुकलाई मध्यस्थता आफुहरुले नचाहेको स्पष्ट गरेका छन् ।

Read More

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिने, संसदको अवरोध हट्यो

काठमाडौँ । प्रतिनिधि सभामा परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा संसदमा स्पष्टीकरण दिने विषयमा सहमति भएपछि प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सवा ३ बजेदेखि मात्र शुरु भएको छ ।

संसदको अवरोध हटाउने विषयमा रास्वपा सभापति र सभामुख डिपी अर्यालले विपक्षी दलहरुसँग छलफल गरेका थिए ।

छलफलमा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्तप्रति स्पष्टीकरण दिने सहमति भएपछि संसदको अवरोध हटेको छ ।

Read More

प्रतिनिधि सभाको बैठकको समय परिवर्तन, २ बजेदेखि शुरु हुने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ । बिहान ११ बजेदेखि शुरु हुने भनिएको बैठक विपक्षी दलहरुले आफ्नो अडान कायम राखेपछि शुरु हुन सकेको छैन ।

छलफल जारी रहेकाले संघीय संसद सचिवालयले सुचना जारी गर्दै बैठक २ बजेदेखि शुरु हुने जानकारी गराएको हो । संसदको अवरोध खुलाउन रास्वपा सभापति रवि लामिछानेले विपक्षी दलहरुसँग छलफल गरिरहेका छन् ।

विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै संसद अवरोध गर्दै आएका छन् ।

Read More