२०८३ श्रावण १८

अर्थमन्त्री वाग्लेको दाबि- आर्थिक विधेयकमा त्रुटी सच्याइएको हो, करको सुचना चुहावट भएको छैन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा देखिएका त्रुटी सच्याइएको स्पष्ट गरेका छन् ।

बुधबार अर्थसमितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयकमा ५-६ वटा कुरा सच्याएको र सांसद्लाई विधेयकसँगै जानकारी गराइएको स्पष्ट गरेका हुन् ।

उनले अर्थमन्त्रीलाई बदनाम गराउन संगठित गिरोह लागेको दाबी गर्दै सवारी साधन नियमित प्रक्रियामा आएकाले कर छलेको भनेर बीवाईडी भनेर गलत प्रचार भइरहेको गुनासो गरे । 

आर्थिक विधेयक सच्याइएको विषय सांसदलाई नै दिएको बताउँदै आफू र आफ्नो टिमबाट सूचना चुहावट नभएको दाबि गरेका छन् । उनले आफूमाथि लागेको आरोप प्रथम दृष्टिमै खण्डित रहेको बताउदै आर्थिक विधेयक र करमा विषयमा प्रकाशन भएका विषयप्रति अर्थमन्त्री डा. वाग्ले सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छन् । 

अर्थमन्त्री वाग्लेआफुले उत्कृष्ट बजेट ल्याएको दाबि गर्दै बदनाम गर्न सकिन्छकी भनेर प्रयास गरिरहेको धारणा राखेका थिए ।

Read More

पोखरा, भरतपुर र लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा सहकार्य गर्ने समझदारी

काठमाडौँ ।  पर्यटन राजधानी पोखरा, भरतपुर र लुम्बिनीबिच पर्यटन प्रवर्द्धन तथा विकासका लागि ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा सहकार्य गर्ने समझदारी भएको छ ।

संयुक्त रूपमा पर्यटन प्रवर्द्धन, एकीकृत पर्यटन प्याकेज विकास, वार्षिक ट्राभल मार्ट आयोजना तथा अन्तरप्रदेशीय पर्यटन कनेक्टिभिटी विस्तारमा सहकार्य गर्ने समझदारी भएको हो ।  पोखरा महानगरपालिकाद्धारा सञ्चालित पोखरा भ्रमण वर्षको संयोजनमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले हस्ताक्षर गरेका हुन् । 

समझदारीअनुसार तीनै पक्षले वार्षिक नीति, योजना तथा बजेटमा ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई समावेश गर्नेछन् । सहकार्यको नेतृत्व तथा समन्वय प्रत्येक वर्ष पालैपालो रूपमा तीनै स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ । समझदारी पत्रमा प्रत्येक वर्ष पालैपालो रूपमा ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला ट्राभल मार्ट’ आयोजना गर्ने, आवश्यकता अनुसार व्यवसायदेखि–व्यवसाय बीटूबी तथा जीटूजी बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने उल्लेख छ ।

नगर प्रमुख आचार्यका अनुसार पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर एकीकृत पर्यटन प्याकेज विकास गरिनेछ । तीनै गन्तव्यको प्रचारका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गरिने छ । प्रत्येक सहरमा अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने डिजिटल सूचना बोर्ड स्थापना समेत गरिने आचार्यले बताए ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारीले उक्त सहकार्यलाई दीर्घकालीन पर्यटन विकास, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण कदमका रूपमा लिएको बताए । सिल्भर ट्रयाङ्गललाई जोड्न संयुक्त लोगो, क्यालेन्डर र यातायात सञ्चालनका लागि व्यवसायीसँग सहकार्य गर्ने बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख हरिजनले तीन वटै गन्तव्य स्थललाई जोड्ने गरी आगामी नीति कार्यक्रममा प्राथमिकता दिने समझदारी ऐतिहासिक भएको बताइन् । 

पर्यटन व्यवसायी, होटेल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबिच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग संयुक्त समन्वय गर्ने विषय पनि समझदारी पत्रमा समावेश गरिएको छ । 

Read More

जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्र बारे अध्ययन गर्न गठित समितिले के के दियो सुझाव ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रको अवस्था, प्रगति र प्रभावकारिताबारे अध्ययन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ ।

मन्त्री श्रेष्ठले प्रतिवेदन ग्रहण गर्दै समितिले जिम्मेवारी अनुसार गहिरो अध्ययनसहित काम सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी तथा प्राविधिक पक्षको मूल्याङ्कन गरी तत्काल कार्यान्वयन प्रक्रिया अघि बढाइने बताए ।

समितिले अनुमतिपत्र प्रणालीमा व्यापक नीतिगत, कानूनी तथा संरचनागत सुधार आवश्यक रहेको निष्कर्षसहित प्रतिवेदन पेश गरेको हो ।  समितिले हालसम्म जारी भएका अनुमतिपत्रहरूको विस्तृत अध्ययन गर्दै नीतिगत, प्राविधिक, आर्थिक र कानूनी कमजोरीहरू पहिचान गरेको छ । साथै सुधारका लागि विभिन्न सुझावसहित प्रतिवेदन मन्त्रालयमा बुझाएको हो । प्रतिवेदनमा विद्युत् खरिद सम्झौता भइसकेपछि पनि लामो समयसम्म निर्माण कार्य सुरु नगर्ने प्रवद्र्धकहरूको अनुमतिपत्र विद्युत् ऐन अनुसार खारेजी प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ । यसैगरी अनुमतिपत्र वितरण प्रणालीलाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन आवश्यक सुधार गर्नुपर्ने उल्लेख गरिएको छ ।

समितिले विद्युत् ऐन, नियमावली, जलविद्युत् विकास नीति र निर्देशिकाबीच देखिएका बाझिने तथा अस्पष्ट प्रावधानहरू पुनरावलोकन गरी एकरूपता कायम गर्न सुझाव दिएको छ । साथै लगानी बोर्ड, उद्योग मन्त्रालय र ऊर्जा मन्त्रालयबीच दोहोरो जिम्मेवारी हटाई स्पष्ट कार्यक्षेत्र तोक्नुपर्ने पनि भनिएको छ ।

अनुमतिपत्र संशोधन, आयोजना बैंक व्यवस्थापन तथा बिक्री वा हस्तान्तरणजस्ता विषयलाई निर्देशिकाभन्दा माथिल्लो कानूनी तहमा समेटी नियमावलीमै व्यवस्था गर्नुपर्ने सुझावसमेत दिइएको छ । उत्पादन अनुमतिपत्र समाप्तिपछि स्वामित्व हस्तान्तरण, सञ्चालन व्यवस्थापन र राजस्व सम्बन्धी अस्पष्टता हटाउन पनि जोड दिइएको छ ।

हालको पहिलो आउनेले पाउने प्रणालीलाई प्रतिस्पर्धात्मक बोलपत्र प्रणालीमा रूपान्तरण गर्नुपर्ने सुझाव दिँदै समितिले नयाँ विद्युत् ऐन आवश्यक रहेको औँल्याएको छ । संघ, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट हुने गरी विद्युत् व्यापारसम्बन्धी व्यवस्था गर्नुपर्ने पनि सिफारिस गरिएको छ । त्यसैगरी राष्ट्रिय विद्युत् विकास योजना, प्रसारण लाइन योजना र माग व्यवस्थापन योजना तयार गर्नुपर्ने सुझाव दिइएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया १२ महिनाभित्र सम्पन्न हुने कानूनी व्यवस्था गर्नुपर्ने, साथै वन, निकुञ्ज र संरक्षण क्षेत्रसँग सम्बन्धित स्वीकृति प्रक्रिया सरल बनाउनुपर्ने उल्लेख छ ।

जग्गा प्राप्ति, वन उपयोग, विस्फोटक पदार्थ आपूर्ति लगायतका प्रक्रियामा देखिएका अवरोध हटाउन एकद्वार प्रणाली लागू गर्ने तथा सबै अनुमति ‘सन सेट’ कानुनमार्फत समयसीमाभित्र टुंग्याउने व्यवस्था गर्न पनि समितिले सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को शासकीय सुधार कार्य योजनाअन्तर्गत विद्युत् विकास विभागबाट जारी अनुमतिपत्रहरूको समीक्षा गर्न चैत १९ गते सहसचिव मोहन शाक्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिमा डा. दिवस बहादुर बस्न्यात, निकुन्ज भण्डारी, शालिकराम भण्डारी र जीवन राना मगर सदस्य रहेका थिए ।

Read More

काठमाडौँ महानगरको नगर सभाको १९औँ अधिवेशन जेठ ३१ गते आव्हान

काठमाडौँ । काठमाडौँ महानगरले नगर सभाको १९औँ अधिवेशन जेठ ३१ गते आइतबार विहान ११ बजेका लागि आव्हान गरेको छ ।कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ५०औँ कार्यपालिका बैठकले नगर सभाको बैठक मिति तय गरेको हो । 

वैठकले नेपाल भाषाको बालविकास तथा पूर्व प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको संयोजकत्वमा गठन भएको नेपाल भाषाको पाठ्यक्रम तथा स्थानीय पाठ्यपुस्तकहरूमा समसामयिक संशोधन तथा परिमार्जन गरिएको हो । जेठ ४ गते बसेको समितिको वैठकले शिक्षा तथा स्वास्थ्य समिति संशोधन पेश गरेको थियो । शिक्षा तथा स्वास्थ्य समितिले जेठ २५ गते बैठक बसेर नेपाल भाषाको स्थानीय विषय नेपालभाषा, बालविकास तथा पूर्व प्राथमिक तहको पाठक्रम स्वीकृतको लागि कार्यपालिका समक्ष प्रस्ताव पेश गर्ने निर्णय भएको थियो । 

सुकुम्बासीको व्यवस्थापनका विषयमा र यस अघिका समस्या समाधानका विषयमा नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले अध्ययनको काम गरिरहेको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, टोलीलाई दिइएको १५ कार्य दिनको अवधिपछि प्राप्त हुने प्रतिवेदनले धेरै समस्याको समाधानको बाटो दिने बताए ।

Read More

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ । 

आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।  त्यस्तै अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी अर्थमन्त्री डा. वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै उनले आजै नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै आजको बैठकमा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पति भएको ‘चलचित्र विधेयक २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै आजको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको नाम मनोनयन गरेको जाकारी गराउने कार्यसूची छ भने सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभाबाट अवधि भित्र फिर्ता नभएको जानकारी गराउने कार्यसूची रहेको छ ।

विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै संसदमा अवरोध गरिरहेकाले संसदका नियमित कार्यसूची प्रभावित बनेका छन् ।

Read More

आज अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका दुई समिति अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।

बिहान ८ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक बर्ष २०८२-८३ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य-मुख्य व्यवस्थाका सम्बन्धमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ भने समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै बिहान ८ बजे नै बस्ने सार्बजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्‍नउपर छलफलको कार्यसूची रहेको छ ।

Read More

अत्यावश्यक सेवामा हडताल निषेध, सरकारले २५ क्षेत्रको सूची राजपत्रमा प्रकाशित

काठमाडौँ । सरकारले अत्यावश्यक सेवा सञ्चालनलाई निर्बाध बनाउन हडताल गर्न निषेध गरिएका २५ वटा क्षेत्रको सूची नेपाल राजपत्रमा प्रकाशित गरेको छ।

सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उक्त सूचना जारी गरेको जनाएको छ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार डाँक, तार तथा टेलिफोन सेवा, जल, स्थल र हवाई यातायातमार्फत यात्रु तथा मालसामान ओसारपसार सेवा, सरकारी तथा सुरक्षा मुद्रण सेवा, सञ्चार सेवा, खानेपानी आपूर्ति, पेट्रोलियम पदार्थको उत्पादन, भण्डारण र वितरण, अस्पताल तथा स्वास्थ्य सेवा, औषधि उत्पादन तथा वितरण, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय सेवा, बीमा सेवा, विद्युत् उत्पादन तथा वितरण, दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा राहदानी सेवा लगायतका क्षेत्रमा हडताल गर्न निषेध गरिएको छ।

सरकारका अनुसार नागरिकको दैनिक जीवन, सूचना प्रवाह, सार्वजनिक सेवा प्रवाह तथा विपद् व्यवस्थापनसँग प्रत्यक्ष रूपमा सम्बन्धित सेवाहरूको नियमित सञ्चालन सुनिश्चित गर्न ती क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा समावेश गरिएको हो।

सरकारले सार्वजनिक हित र सेवा प्रवाहमा अवरोध नआओस् भन्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।

Read More

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।  

मंगलबार प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले प्रधानमन्त्रीको सीमा बारेको अभिव्यक्ति सच्याउन माग गर्दै अवरोध जारी राखेपछि सभामुख डिपी अर्यालले भोली सम्मका लागि बैठक स्थगित गरेका हुन् ।

बैठकमा एमालेका सांसद क्षितिज थेवेले प्रधानमन्त्रीले अभिव्यक्ति नसच्य्याएसम्म अवरोध जारी हुने जानकारी दिदै आर्थिक विधेयकमा भएको हेरफेरप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । त्यस्तै नेकपाका सांसद महेन्द्रबहादुर शाहीले विपक्षी दलहरुले गलत माग नराखेको स्पष्ट गर्दै गम्भीर विषय भएकाले प्रधानमन्त्रीले आफ्नो प्रतिक्रिया दिनैपर्ने बताएका छन् । सांसद शाहीले  बजेटका विषयमा अनेकौ विषय बाहिर आएको बताउदै करका दर चुहावट भएको विषयमा जनता र प्रतिपक्षी दलहरुले जवाफ खोजेको बताए । उनले सभामुखलाई पेलेर संसद नचलाउन सुझाव दिदै छलफल गरेर अगाडी बढ्न समेत सुझाव दिए ।

त्यस्तै आज काँग्रेसको आग्रहमा संसदमा विपाक्षी दलहरुले पाँच मिनेटसम्म मौन धारण समेत गरेका थिए । काँग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सीमा जोगाउन ज्यान दिने शहिदहरुको अपमान भएको भन्दै उनीहरुको सम्झनामा मौन धारण गर्न आग्रह गरेका थिए ।

Read More

नेपालद्वारा फिलिपिन्सको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति दुख व्यक्त

काठमाडौं । नेपाल सरकारले फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै फिलिपिन्स सरकार र त्यहाँका नागरिकप्रति सहानुभूति व्यक्त गरेको छ । साथै अझै बेपत्ता रहेका व्यक्तिहरूको शीघ्र उद्धार तथा घाइतेहरूको चाँडो स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

नेपाल सरकार र नेपाली जनता यस कठिन घडीमा फिलिपिन्स सरकार र जनताको साथमा रहेको तथा ऐक्यबद्धता व्यक्त गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

Read More

करका दरमा हेरफेर नभएको सरकारका प्रवक्ताको दावी

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले करका दरमा हेरफेर नभएको दाबी गरेका छन् । 

मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक गर्दै प्रवक्ता पोखरेलले अर्थमन्त्रीको बचाउ गर्दै बजेट र करको दरमा हेरफेर नभएको दावी गरेका हुन् ।

उनले भने- ‘कुनै चलखेल भएको छैन, अर्थमन्त्रीले एकदम मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनु भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’

७७४ बीवाईडी विद्युतीय गाडी बजेट अघि नै भन्सार पास गरेर ल्याउदै गरेको अवस्थमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यो विषय बाहिर आएको थियो । यस प्रकरणमा सरकारले छानबिनका लागि समिति गठन गरेको छ भने भन्सार र मन्त्रालयका केहि कर्मचारीलाई कारवाही गरेको छ । 

Read More