२०८३ असार ११

सुकुम्बासीका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्न प्याब्सन र एनप्याब्सनलाई महानगरको आग्रह

काठमाडौँ । राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ् सेन्टरमा भएका बालबालिकाहरुलाई संस्थागत विद्यालयहरुमा आवासीय सुविधासहित निःशुल्क नियमित अध्ययनको व्यवस्थाका लागि महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, निजी तथा संस्थागत विद्यालयका संघसंगठनका पदाधिकारीहरुसँग छलफल गरेकी छन् ।

राष्ट्रिय सभा गृहमा भएको छलफलमा प्याब्सन र एनप्यासनका केन्द्रीय, जिल्ला र महानगर स्तरीय समितिका पदाधिकारी सहभागी थिए । डंगोलले भनिन्- ‘नदी किनाराका अव्यवस्थित बस्ती खाली गर्ने क्रममा अहिले कीर्तिपुर स्थित राधास्वामी सत्संग आश्रममा रहेका बालबालिकाहरुलाई आवास सुविधा सहित निःशुल्क अध्ययन गराउन हामीले यस्तो सुविधा भएका निजी तथा संस्थागत विद्यालयहरुबाट सहयोगको अपेक्षा गरेका छौँ । मलाई थाहा छ । तपाईँहरुले यावत प्रश्न छन् । हामीसँग ती प्रश्नहरुको जवाफ खोजीरहनु भएको छ । हामी ती प्रश्नको जवाफ दिन्छौँ । तर, अहिले प्रश्नभन्दा माथि उठेर काम गर्नु पर्ने बेला हो । अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकाहरुको शिक्षाका लागि हामी सबैले मिलेर काम गरौँ । उनीहरुलाई नियमित विद्यालय जाने अवसर प्रदान गरौँ । हामी मिलौँ र बालबालिकाको सर्वोत्तम हितमा काम गरौँ ।’

संस्थागत सामाजिक उत्तरदायित्व र मानवताका दृष्टिले सहकार्य अगाडि बढाउन कार्यवाहक प्रमुखको अनुरोध थियो । उनको प्रस्तावमा प्याव्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने, प्याव्सनका महासचिव आ. वि. कटुवाल, एनप्याब्सनका महासचिव प्रकाश खड्काले वर्तमान अवस्थामा महानगरपालिकाले बालबालिकाको शिक्षाका लागि सहकार्यका लागि अघि सारेको तत्परताले आफूहरुलाई पनि जिम्मेवार बोध गराएको उल्लेख गरे । 

छलफलमा काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्ट, उपाध्यक्ष सूर्य भण्डारी, काठमाडौँका जिल्ला अध्यक्ष अमृत खड्का, काठमाडौँ महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, एनप्याब्सन महानगर समितिका अध्यक्ष नवराज पाण्डे सहभागी थिए । 

कार्यवाहक प्रमुखको प्रस्तावका विषयमा प्याब्सन र एनप्याब्सनको बैठक बसेर आफूहरुले पूरा गर्नु पर्ने दायित्वका विषयमा महानगरपालिकालाई खवर गर्ने अधिकारीहरुले जनाएका छन् ।

Read More

काठमाडौँमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

काठमाडौँ । सरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्म १८ सय १६ परिवार सरकारको सम्पर्कमा आएका छन् ।

आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १८ सय १६ परिवारका ७ हजार ७८९ जना सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै होल्डिङ सेन्टरमा सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ भने स्वेच्छिक व्यवस्थापनअन्तर्गत दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन् ।

सरकारले हाल कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रलाई होल्डिङ सेन्टरको रुपमा प्रयोग गरेको छ । 

Read More

नयाँ अध्यादेशपछि सम्पत्ति शुद्धीकरण विभाग बलियो, दीपक भट्ट प्रकरणमा कारबाहीको बाटो खुला

काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधन गरेसँगै अनुसन्धान विभागलाई पहिलेभन्दा धेरै अधिकार दिएको छ।

नयाँ अध्यादेश लागू भएपछि अब विभागले मनी लाउन्डरिङसँग जोडिएका अन्य आर्थिक कसुरमा पनि स्वतन्त्र रूपमा अनुसन्धान र मुद्दा अघि बढाउन सक्ने भएको छ।

यसअघि यस्ता कसुरमा विभिन्न निकायले छुट्टाछुट्टै अनुसन्धान गर्नुपर्ने व्यवस्था थियो। तर अब सम्बन्धित निकायले कारबाही नगरेको अवस्थामा विभाग आफैंले सबै विषय समेटेर मुद्दा अघि बढाउन सक्नेछ।

नयाँ व्यवस्थाले बैंकिङ, कर, भन्सार, सेयर बजारजस्ता क्षेत्रमा हुने आर्थिक अनियमिततामाथि कडा निगरानी गर्ने बाटो खोलेको छ। यससँगै विभागले अनुसन्धान गरिरहेको केही प्रकरणमा, विशेष गरी दीपक भट्टसँग जोडिएको मुद्दामा पनि अब कानुनी प्रक्रिया अघि बढाउने सम्भावना बढेको छ।

सरकारले यो कदमलाई आर्थिक अपराध नियन्त्रण र पारदर्शिता बढाउने प्रयासका रूपमा प्रस्तुत गरेको छ।

Read More

विश्वकप डिभिजन लिग- २ मा ओमानमाथि युएई ५४ रनले विजयी

काठमाडौं ।  युएईले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको सिरिजमा ओमानलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा युएईले ओमानलाई ५४ रनको फराकिलो अन्तर्गतले पराजित गरेको हो ।

युएईले दिएको ३०९ रनको लक्ष्य पछाएको ओमानले निर्धारित ४७ ओभरमा अल आउट हुदै २५४ रन बनाएको थियो ।

ओमानका लागि जितेन रामानन्दीले अविजित ९१ रन बनाए भने हमाद मिर्जाले ८३ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको युएईले ४७ ओभरमा ८ विकेट गुमाएर ३०८ रन बनाएको थियो । युएईका लागि हरर्प्रित सिंहले ७७, मुहमद शहदादले ७४, अडीब उस्मानीले ७२ र अर्यांश शर्माले ५० रन बनाएका थिए ।

यो जितपछि युएईको २४ खेलमा १४ अंक भएको छ र अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै ओमानको २७ खेलमा ३१ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।

अब सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल मंगलबार हुदैछ ।

Read More

होल्डिङ सेन्टरको बसाइ र मनमा त्रास: सुकुमबासीको प्रश्न- अब के हुन्छ, कहिलेसम्म यसरी बस्ने?

काठमाडौँ । नदी किनारका बस्ती हटाइएपछि विस्थापित भएका सुकुमबासीहरू अहिले कीर्तिपुरको सुन्दरीघाटस्थित एक आश्रयस्थलमा बसिरहेका छन्। थापाथली र गैरीगाउँबाट हटाइएका उनीहरूलाई अस्थायी रूपमा राखिएको भए पनि भविष्यको अन्योलले उनीहरू चिन्तित छन्।

अहिले झण्डै दुई सयजति मानिस एउटै स्थानमा आश्रित छन्। खानपान र स्वास्थ्य जाँचको व्यवस्था भए पनि स्थायी बसोबासको टुंगो नलाग्दा उनीहरूमा असुरक्षा बढ्दै गएको देखिन्छ। विशेषगरी बालबालिकाहरू विद्यालय र साथीभाइबाट टाढा हुँदा मानसिक रूपमा प्रभावित भएका छन्।

आश्रयस्थलमा भेटिएका महिलाहरू भन्छन्, “अहिले खान–बस्न पाइरहेका छौँ, तर कहिलेसम्म अर्काको भरमा बस्ने?” यही प्रश्नले उनीहरूको दैनिक जीवनमा चिन्ता थपिरहेको छ।

सरकार र सम्बन्धित निकायले दीर्घकालीन समाधान नदिएसम्म यस्ता अस्थायी व्यवस्थाले मात्र समस्या समाधान नहुने उनीहरूको गुनासो छ।

Read More

रास्वपाको प्राधिकरण गठन गरेर अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । 

पार्टी कार्यालयमा आइतबार बसेको रास्वपाको सचिवालय बैठकले उक्त सुझाव दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार उक्त प्राधिकरणले अव्यवस्थित र सुकुम्बासीहरूको पहिचान गर्ने, लगत संकलन गर्ने र आगामी चैत मसान्तसम्म कम्तीमा ७५ प्रतिशतको व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ।

रास्वपाले आफ्नो निर्णयमा भनेको छ: 
मुलुकभर विद्यमान अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सरकारले चाँडै नै यस सम्बन्धी अधिकार सम्पन्न प्राधिकरण गठन गरी वास्तविक भूमिहीनहरूको समस्या समाधान गर्न जोड दिएको हुनाले विभिन्न त्रासको शंकामा नपर्न अनुरोध गर्दै असुरक्षित रूपमा बस्न बाध्यहरुलाई सुरक्षित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्राथमिकता रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रको बुँदा नम्बर ८२ मा नै यसलाई व्यवस्थित गर्ने कुरा उल्लेख भएकाले असुरक्षित रूपमा बसोबास गर्दै आउनुभएका भूमिहीन सुकुम्बासी नागरिकहरूको हकमा बाहेक अन्यहरूमा प्राधिकरणको प्रतिवेदन पूर्व कुनै पनि कारबाही अगाडि नबढ्ने कुराको जानकारी गराउँदै सरकारलाई सोही अनुरुप गर्न सुझाव दिने । साथै स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकारको प्रयोग गरी संरचनाहरू भत्काइरहेको सन्दर्भलाई समेत ध्यानमा राखी स्थानीय सरकारलाई पनि यही मर्म अनुरुप व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अनुरोध गर्ने । 

Read More

राष्ट्रपति पौडेलबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्  । 

आइतबार राष्ट्रपति पौडेलले यसअघि पनि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गरेकै कारण देखाएर अहिले पनि फिर्ता गरेको बताइएको छ ।

सरकारले संबैधानिक परिषदमा प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा निर्णय गर्नसक्ने व्यवस्था गरेर अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

Read More

रास्वपाले अनुमोदन गर्‍यो तीन वटा मस्यौदा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचना र आगामी चुनाव लक्षित तीन महत्वपूर्ण मस्यौदा अनुमोदन गरेको छ।

आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनलाई स्वीकृति दिएको हो।

पार्टीका अनुसार अब आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने सदस्यहरूले ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’बाट अनिवार्य रूपमा प्रशिक्षण पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। यसलाई योग्य र सक्षम नेतृत्व छनोट गर्ने प्रयासका रूपमा हेरिएको छ।

त्यसैगरी, महाधिवेशन र संसदीय दलसम्बन्धी कार्यविधिमा पनि केही सुधार गरिएको जनाइएको छ। रास्वपाले संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित यी निर्णयहरू अघि सारेको बताएको छ।

Read More

राष्ट्रपति पौडेलद्वारा थप एक अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् ।

नेपालको संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Read More

नेपाल-चीन जोड्ने ‘लाइफलाइन’ सडक स्तरोन्नतिमा तीव्रता

काठमाडौँ । नेपाल र चीनलाई जोड्ने महत्वपूर्ण स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डको स्तरोन्नति काम तीव्र रूपमा अघि बढिरहेको छ। गल्छी–त्रिशूली–मैलुङ हुँदै रसुवागढी जोड्ने यो मार्गलाई दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सहकार्यको मुख्य आधारका रूपमा हेरिएको छ।

हिमाली भूगोलका चुनौतीका बाबजुद सडकलाई आधुनिक र सुरक्षित बनाउन नयाँ कटिङ, पक्की पुल, नाली व्यवस्थापन तथा कालोपत्रे जस्ता काम भइरहेको आयोजना पक्षले जनाएको छ। केही खण्डमा ठेकेदारको ढिलासुस्तीका कारण काम प्रभावित भए पनि पुनः ठेक्का प्रक्रिया अघि बढाइएको छ।

यस सडकले सीमावर्ती क्षेत्रको जनजीवनमा उल्लेखनीय परिवर्तन ल्याउन थालेको छ। पहिले दुर्गम मानिने बस्तीहरू अहिले व्यापारिक गतिविधिले चलायमान बन्दै गएका छन् भने रोजगारीका अवसर पनि बढेका छन्। रसुवागढी नाकाबाट हुने व्यापारले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेको छ।

सडक पूर्ण रूपमा सम्पन्न भएपछि काठमाडौँदेखि रसुवागढी पुग्ने समय छोटिने मात्र होइन, नेपाल–चीनबीचको व्यापार अझ सहज र सस्तो हुने अपेक्षा गरिएको छ। स्थानीयवासी र सरोकारवालाहरूले यो मार्गलाई विकास र समृद्धिको महत्वपूर्ण सेतुका रूपमा हेरेका छन्।

Read More