२०८३ असार ११

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-४ बस्ने ६३ वर्षीय मक्क बहादुर रोकायालाई भरूवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान र बारूद ९० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

कम्युनिस्ट एकताबाट समाजवादतर्फ अघि बढ्ने प्रचण्डको घोषणा

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट शक्तिहरूलाई एकजुट गर्दै समाजवादको नयाँ यात्रा सुरु गर्ने बताएका छन्। मुसिकोटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले क्रान्तिको सपना अझै पूरा नभएको उल्लेख गर्दै अब सबै कम्युनिस्टहरूलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताए।

उनले समाजवादतर्फ अघि बढ्न विभिन्न समूहबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै यसै उद्देश्यले नयाँ ढाँचामा पार्टी निर्माण गरिएको जानकारी दिए। बाँकी रहेका कम्युनिस्ट शक्तिलाई पनि समेट्दै अघि बढ्ने उनको योजना छ।

प्रचण्डले शान्ति प्रक्रिया र संविधानसभाबाट प्राप्त उपलब्धिलाई जोगाउँदै अझ व्यवस्थित बनाउनेतर्फ सबै राजनीतिक दलबीच सहमति आवश्यक रहेको बताए।

Read More

सुकुमबासी बस्ती हटाइएपछि विप्लव समूह सडकमा

काठमाडौँ । उपत्यकामा सुकुमबासी बस्ती हटाउने सरकारी कदमको विरोध गर्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरूले भूमिहीन र सुकुमबासीमाथि अन्याय भएको भन्दै सरकारको कडा आलोचना गरेका थिए। उनीहरूले जनताको बसोबासको अधिकार सुनिश्चित गर्न र क्रान्तिकारी भूमिसुधार लागू गर्न माग राख्दै नाराबाजी गरेका थिए।

विप्लव नेतृत्वको पार्टीले बस्ती हटाउने कार्यलाई अमानवीय कदमको संज्ञा दिँदै यसले कमजोर वर्गमाथि थप दबाब सिर्जना गरेको आरोप लगाएको छ।

पछिल्लो समय सरकारले उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्ती हटाउने अभियान अघि बढाइरहेको छ। यसै विषयलाई लिएर विभिन्न समूहले असन्तुष्टि जनाउँदै आएका छन्।

Read More

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न लामिछानेको आग्रह, ‘नेताको ढोका धाउनुपर्दैन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यवसायीहरूलाई ढुक्क भएर काम गर्न आग्रह गर्दै अब व्यवसाय सञ्चालनका लागि नेताको ढोका चहार्नुपर्ने अवस्था अन्त्य गर्ने बताएका छन्। उद्योगी–व्यवसायीसँगको छलफलमा उनले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधार मान्दै सरकारको सोच परिवर्तन आवश्यक रहेको उल्लेख गरे।

उनले राजनीतिले बजारलाई चलायमान बनाउँदै रोजगारी सिर्जना र लगानी भित्र्याउन नसके त्यसको कुनै अर्थ नहुने बताए। साथै, व्यवसायीलाई कुनै दलको सदस्य बन्न वा चन्दा दिनुपर्ने बाध्यता हटाइने भन्दै राज्यको नीतिले नै व्यवसायको सुरक्षा गर्ने स्पष्ट पारे।

पछिल्लो समय देखिएको व्यवसायीमाथिको त्रासबारे बोल्दै उनले इमानदार व्यवसायी नआत्तिन आग्रह गरे। आर्थिक गल्तीहरूलाई फौजदारी मुद्दा बनाउनेभन्दा जरिवाना र कानुनी प्रक्रियाबाट समाधान गर्ने नीति लिइने उनले बताए।

त्यसैगरी, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले यसले रोजगारी सिर्जना र व्यापार घाटा घटाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

Read More

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकम बरामद

विराटनगर । मोरङको विराटनगर विमानस्थलमा चेकजाँचका क्रममा स्रोत नखुलेको ठूलो रकमसहित दुई जना यात्रु पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बुद्ध एयरको उडानबाट विराटनगरबाट काठमाडौँ जान लागेका सुनसरी धरान उपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय दिलीप तामाङको झोलामा स्रोत नखुलेको ११ लाख फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, शनिबार श्री एयरको उडानबाट काठमाडौँ जान लागेका भारतको माल्दा जिल्ला बस्ने ३६ वर्षीय मोहिदिल अलीको झोलाबाट १५ लाख ९८ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

प्रधानमन्त्रीले भेट नदिएपछि दलित समुदाय सडकमा, न्याय देऊ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । सिन्धुलीमा श्रीकृष्ण विश्वकर्माको शंकास्पद मृत्युको घटनालाई लिएर दलित समुदायले राजधानीमा आन्दोलन सुरु गरेका छन्। आइतबार माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले न्यायको माग गर्दै सरकार र प्रधानमन्त्री बालेन्द्र शाहप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
पीडित परिवारले प्रधानमन्त्रीसँग भेट्न खोज्दा समय नपाएको गुनासो गर्दै उनीहरू सडकमा उत्रिएको बताएका छन्। संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले घटनालाई गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन गर्न सरकारलाई दबाब दिएको छ।

समितिका संयोजक दलजित श्रीपालिले प्रहरी चौकीमै घटना भएको दाबी गर्दै सरकारी छानबिन प्रक्रियामाथि नै शंका व्यक्त गरेका छन्। उनले पीडित परिवारलाई न्याय दिलाउन स्वतन्त्र अनुसन्धान आवश्यक रहेको बताएका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले दलितमाथि हुने हिंसा अन्त्य गर्न माग गर्दै कडा नाराबाजी गरेका थिए। सरकार जिम्मेवार नबने आन्दोलन अझै सशक्त बनाउने चेतावनी समेत दिइएको छ।

Read More

इरानको जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीको स्वास्थ्य अवस्था बिग्रियो

काठमाडौँ । इरानमा जेलमा बन्द मानवअधिकार अभियन्ता नरगिस मोहम्मदीको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेपछि उनलाई राम्रो उपचार सुविधा भएको स्थानमा सार्न माग गरिएको छ । उनका परिवारजन तथा नोबेल शान्ति पुरस्कार समिति दुवैले यस्तो माग गरेका हुन् ।

शुक्रबार उनका परिवारले ५४ वर्षीया मोहम्मदीलाई उत्तर–पश्चिमी इरानको जेलबाट स्थानीय अस्पतालमा लगिएको जानकारी दिएका छन्। परिवारले यो कदम ढिलो गरी अन्तिम समयमा चालिएको प्रयास भएको टिप्पणी गरेको छ ।

नर्वेमा रहेका उनका दाजुले बीबीसीसँग कुरा गर्दै मोहम्मदीको रक्तचाप निकै तीव्र रूपमा घटेको र स्थिर बनाउन कठिन भइरहेको बताएका छन् ।

मोहम्मदी सन् २०२३ की नोबेल शान्ति पुरस्कार विजेता हुन् । उनलाई गत डिसेम्बरमा सरकारी अधिकारीहरूको आलोचना गरेको आरोपमा पक्राउ गरिएको थियो । गत महिना उनका दाजु हामिदरेजा मोहम्मदीले उत्तर-पश्चिमी इरानको जञ्जान जेलमा उनी अचेत अवस्थामा भेटिएको र सम्भवतः हृदयघात भएको बताएका थिए । उनले पुरानो मुटु, फोक्सो र रक्तचापसम्बन्धी समस्या हुँदाहुँदै पनि जेल प्रशासनले अस्पताल लैजान अस्वीकार गरेको आरोप लगाएका छन् ।

नरगिस मोहम्मदी फाउन्डेसनले उनको स्वास्थ्य अत्यन्त गम्भीर बनेपछि जञ्जान प्रान्तको अस्पतालमा सारिएको जनाएको छ । उक्त संस्थाका अनुसार उनलाई १४० दिनसम्म मनपरी हिरासतमा राख्दै विशेष स्वास्थ्य सेवा नदिइएको थियो ।

फाउन्डेसनका अनुसार मोहम्मदीलाई अहिलेसम्म विभिन्न समयमा १३ पटक पक्राउ गरिएको छ भने उनलाई कुल ३१ वर्षको जेल सजाय र १५४ कोडाको सजाय सुनाइएको छ ।

Read More

दयाहाङ राईको टिप्पणी- गरिबी पो लुकाउन सकिदोरहेनछ

काठमाडौँ । अभिनेता दयाहाङ राईले सरकारप्रति व्यंग्य गर्दै गरिवी लुकाउन नसकिने टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै अभिनेता राईले सम्पत्ति लुकाउन सकिने भएपनि गरिवी लुकाउन सकिदोरहेनछ भनेका हुन् । उनले भनेका छन्- ‘जस्तो कि…यहाँ, सम्पति त लुकाउन सकिने रहेछ, गरिबी पो लुकाउन सकिदोरहेनछ !!!’

सरकार पूर्व तयारी बिना सुकुम्बासी बस्ति भत्काएको प्रति अभिनेता राईले व्यंग्य गरेका हुन् । 

Read More

इराकले शुरु गर्यो सिरियाको अल-यारुबियाह सीमा नाका हुँदै पुनः तेल निर्यात

काठमाडौँ । इराकले सिरियाको अल-यारुबियाह सीमा नाका हुँदै पुनः तेल निर्यात सुरु गरेको छ । ७० ट्यांकरको एक काफिला सो मार्ग हुँदै सिरियामा प्रवेश गरेको छ, जुन पछिल्लो १४ वर्षमा यस मार्गबाट गरिएको पहिलो आपूर्ति हो ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाका अनुसार उक्त काफिला भूमध्यसागर तटस्थित बनियास रिफाइनरीतर्फ गएको छ ।

अल-यारुबियाह नाकामा खटिएका सिरियाली अधिकारीहरूले १४ वर्षपछि नाका पुनः सञ्चालनमा आउनु इराक र सिरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्ने रणनीतिक पहल भएको बताएका छन् । यसबाट व्यापार र ऊर्जा आपूर्ति थप प्रभावकारी बन्ने र दुवै देशबीच दीर्घकालीन साझेदारी विकास हुने विश्वास व्यक्त गरिएको छ ।

यो कदम यस्तो समयमा चालिएको हो, जब इराकले तेल निर्यातका लागि वैकल्पिक मार्ग खोजिरहेको छ । होर्मुज जलडमरू बन्द रहँदा अमेरिका-इजरायल र इरानबीचको तनावका कारण उक्त मार्ग प्रभावित भएको बताइएको छ ।

उक्त सीमा नाका, जसलाई इराकमा राबिया नामले चिनिन्छ, सन् २०११ मा सिरियाली गृहयुद्ध सुरु भएपछि बन्द गरिएको थियो । पछि सन् २०१४ मा इस्लामिक स्टेट समूहले नियन्त्रणमा लिए पनि त्यसलाई इराकी कुर्द बलहरूले पुनः आफ्नो नियन्त्रणमा लिएका थिए ।

यसैबीच सिरिया पेट्रोलियम कम्पनीले सामाजिक सञ्जालमार्फत सञ्चालन क्षमता बढाइएको जनाएको छ । आपूर्ति तीव्र बनाउन आवश्यक कदम चालिएको र बनियास रिफाइनरीमा प्राविधिक तथा इन्जिनियरिङ कार्यपछि दैनिक करिब ५०० इराकी ट्यांकर अनलोड गर्ने क्षमता विकास भएको बताइएको छ। यी सुधारपछि रिफाइनरीको सञ्चालन क्षमता करिब ३० प्रतिशतले वृद्धि भएको जनाइएको छ।

Read More

रास्वपाबाट स्थानीय तहमा उम्मेदवार हुन क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीबाट उतिर्ण हुनुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीबाट उतिर्ण हुनुपर्ने नियम बनाएको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि योग्य र क्षमतावान उम्मेदवार तयार पार्ने सैद्धान्तिक र नीतिगत आधार तयार पारेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रास्वपाको यसअघिको बैठकले क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीलगायत उम्मेदवार छनोटको रूपरेखा तयार पार्न पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाएको थियो । सो कार्यदलले आइतबार सचिवालय बैठकअघि पार्टी सभापतिलाई रूपरेखाको मस्यौदा हस्तान्तरण गरेको थियो ।

Read More