२०८३ असार ११

कसैलाई अन्याय हुँदैन, बस्ती व्यवस्थापनमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौं। काठमाडौँ उपत्यकामा नदी किनार र सरकारी जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने विषयले त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन्।

उनले सरकारको उद्देश्य कसैलाई घरबारविहीन बनाउने नभई व्यवस्थित र सुरक्षित बसोबास सुनिश्चित गर्नु रहेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत उनले गलत सूचना र नियोजित भ्रम फैलाइएको उल्लेख गर्दै त्यसमा नपर्न आग्रह गरेका छन्। सरकारका पछिल्ला कदम भूमिहीनलाई सडकमा ल्याउने नभई उनीहरूको आवास अधिकार सुरक्षित गर्ने दिशामा केन्द्रित रहेको उनको भनाइ छ।

समस्याको दीर्घकालीन समाधानका लागि कानुनी अड्चन हटाइएको र अब वास्तविक भूमिहीनको पहिचान गर्न डिजिटल लगत संकलन सुरु गरिएको उनले जानकारी दिएका छन्। जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने र अन्यको हकमा तथ्यांकका आधारमा निर्णय गरिने उनले बताएका छन्।

सरकारले बस्ती व्यवस्थापनको नाममा कसैलाई अन्याय नगर्ने र प्रत्येक नागरिकलाई सम्मानजनक आवास उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याउँदै प्रधानमन्त्रीले अनावश्यक रूपमा नआत्तिन सबैलाई अनुरोध गरेका छन्।

Read More

उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा आज, निर्वाचन भोली

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आजदेखि शुरु हुदै छ । आज साधारणसभाको उद्घाटन सत्र हुनेछ भने निर्वाचन वैशाख २२ गते अर्थात भोली नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचन समितिले जानकारी दिएको छ । 

महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी दिएका छन् । जिल्ला-नगर, वस्तुगत र एशोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ ।

जिल्ला-नगर उपाध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा छ भने वस्तुगत र एशोसिएट उपाध्यक्षमा दुई-दुई जनाको उम्मेदवारी परेको छ । 

वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकाल, रामचन्द्र संघई र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुदैछ । निर्वाचनपछि महासंघ वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा अघि बढ्नेछ । यस निर्वाचनमा वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठको समुहले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

Read More

ओपेक प्लस देशको तेल उत्पादनको कोटा बढाउने निर्णय

काठमाडौँ । साउदी अरेबिया, रुस र ओपेक प्लस समूहका अन्य पाँच सदस्य देशहरूले तेल उत्पादनको कोटा बढाउने निर्णय गरेका छन् ।

यो निर्णय संयुक्त अरब इमिरेट्स (युएई) ले अचानक ओपेकबाट बाहिरिने घोषणा गरेपछि गठबन्धनको निरन्तरता र स्थायित्व कायम राख्ने उद्देश्यले लिइएको बताइएको छ ।

रिपोर्टका अनुसार सात प्रमुख तेल उत्पादक देशहरूले आगामी जुन महिनादेखि दैनिक १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउने घोषणा गरेका छन् ।

ओपेक प्लसले जारी गरेको वक्तव्यमा मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्यमा दबाब परेको अवस्थामा बजार स्थिरता कायम राख्न सामूहिक प्रतिबद्धताअन्तर्गत यो कदम चालिएको उल्लेख गरिएको छ ।

अल्जेरिया, इराक, काजाखस्तान, कुवेत, ओमान, रुस र साउदी अरेबियाबीच भएको अनलाइन बैठकपछि जारी वक्तव्यमा संयुक्त अरब इमिरेट्सको उल्लेख गरिएको छैन ।

तेल बजारका विश्लेषकहरूले यसअघि नै उत्पादन बढ्ने अनुमान गरेका थिए। यो वृद्धि मार्च र अप्रिलमा घोषणा गरिएको दैनिक २ लाख ६ हजार ब्यारेल उत्पादन वृद्धिसँग करिब बराबर मानिएको छ ।

अमेरिका र इजरायलसँग इरानको युद्धका कारण विश्व इन्धन बजारमा अनिश्चितता बढिरहेका बेला संयुक्त अरब इमिरेट्सले मे १ देखि ओपेकबाट बाहिरिने घोषणा गरेको थियो ।

यससँगै सन् २०१६ मा गठन भएको ओपेक प्लस गठबन्धनबाट पनि उक्त देश अलग भएको छ । ओपेक प्लसमा ओपेकका सदस्य राष्ट्रहरूसँगै अन्य १० देश सहभागी थिए ।

संयुक्त अरब इमिरेट्स बाहिरिनुअघि ओपेक १२ सदस्य राष्ट्रहरूको समूह थियो, जसले प्रमुख तेल उत्पादक देशहरूको संगठनका रूपमा काम गर्दै सदस्य देशका लागि उत्पादन कोटा निर्धारण गर्दै आएको छ ।

Read More

अल कादसियासँग अल नासर पराजित

काठमाडौँ । अल नासर जारी साउदी प्रो लिगमा अल कादसियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल कादसियासँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

अल कादसियाको जितमा मोहमद वहीब, मुसाब फाहिद र जुलियन क्युनोनेजले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि एक गोल जोआओ फेलिक्सले गरेका थिए ।

लिग जित्ने तयारीमा रहेको अल नासरका लागि यो हार धक्काको रुपमा हेरिएको छ । यो हारपछि अल नासरको ३१ खेलमा ७९ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अल हिलालको ३० खेलमा ७४ अंक रहेको छ । अब अल नासरले लिगमा ३ खेल खेल्न बाँकी रहेको छ ।

त्यसैगरी अल कादसियाको भने ३१ खेलमा ६८ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।

Read More

भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज

काठमाडौँ । भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा सम्पन्न प्रदेशसभा निर्वाचनको मतगणना आज सुरु हुँदैछ । पश्चिम बंगाल, तमिलनाडु, असम, केरल र पुडुचेरीका नतिजा आज सार्बजनिक हुन लागेको हो ।

भारतको निर्वाचन आयोगका अनुसार मतगणनाका सबै तयारी पूरा भइसकेका छन् र कडा सुरक्षा व्यवस्थाबीच बिहान ८ बजेदेखि मतगणना सुरु हुनेछ । सुरुमा हुलाकमार्फत आएका मतपत्र गणना गरिनेछ भने त्यसपछि विद्युतीय मतदान मेसिनका मत गनिनेछन् । प्रारम्भिक नतिजा दिउँसोसम्म आउने अनुमान गरिएको छ ।

निर्वाचन सम्पन्न भएसँगै सबै राजनीतिक दलहरूले आ–आफ्नो जितको दाबी गरेका छन्। तर वास्तविक अवस्था मतगणनापछि मात्र स्पष्ट हुनेछ । दलहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । मतगणनाको एक दिनअघि दलहरूले सम्भावित राजनीतिक अवस्था समीक्षा गर्दै आन्तरिक बैठकसमेत गरेका थिए ।

पश्चिम बंगालमा सबैभन्दा कडा प्रतिस्पर्धा देखिएको छ । त्यहाँ अन्तिम समयसम्म चुनावी गतिविधि तीव्र बनेको थियो । 

तमिलनाडुमा द्रमुक नेतृत्वको गठबन्धन बलियो अवस्थामा रहेको अनुमान गरिएको छ । उच्च मतदान र प्रारम्भिक सर्वेक्षणहरूले यसलाई समर्थन गरेका छन् । विदुथलै चिरुथैगल कच्चीका प्रमुख थोल तिरुमावलवनले द्रमुक गठबन्धनले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् । यहाँ तीन तहको सुरक्षा व्यवस्थासहित मतगणनाको तयारी पूरा गरिएको छ ।

असममा भारतीय जनता पार्टीले आफ्नो कार्यकालका उपलब्धिका आधारमा पुनः सत्ता कायम गर्ने अपेक्षा राखेको छ । केन्द्रीय मन्त्री पियुष गोयलले असम र पुडुचेरीमा भाजपा विजयी हुने विश्वास व्यक्त गरेका छन् । विपक्षी दलहरूले भने भ्रष्टाचारका मुद्दा उठाउँदै कांग्रेसको पुनरागमन हुने दाबी गरेका छन् । असममा महिलाको मतदान प्रतिशत पुरुषभन्दा बढी रहेको छ, जसले नतिजामा प्रभाव पार्न सक्ने बताइएको छ ।

केरलमा सत्तारुढ वामपन्थी लोकतान्त्रिक मोर्चा लगातार दोस्रो कार्यकालका लागि प्रयासरत छ । तर प्रारम्भिक सर्वेक्षणहरू विभाजित देखिएका छन् र कांग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चाले सत्ता फर्काउने आशा राखेको छ । कांग्रेस नेता इमरान प्रतापगढीले पाँचै क्षेत्रमा भाजपा सरकार बनाउन नसक्ने दाबी गरेका छन् । उच्च मतदान र महिलाको सक्रिय सहभागिताले केरलको राजनीतिक वातावरण थप चासोपूर्ण बनेको छ ।

पुडुचेरीमा पनि कडा प्रतिस्पर्धा देखिएको छ । भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन आफ्नो स्थिति मजबुत बनाउन प्रयासरत छ भने कांग्रेस–द्रमुक गठबन्धन पुनरागमनको लक्ष्यमा छ । यहाँ पनि उल्लेखनीय रूपमा उच्च मतदान भएको छ।

यस निर्वाचनमा उच्च मतदान, कडा सुरक्षा व्यवस्था र प्रत्यक्ष प्रसारणजस्ता प्रविधिको प्रयोगले निर्वाचन प्रक्रिया थप विकसित भएको संकेत दिएको छ । 

Read More

भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पेनियोललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पोनियोललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले दुवै गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडको ३४ खेलमा ७७ अंक भएको छ र शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ११ अंकले पछाडी रहदै दोस्रो स्थानमा रहेको छ ।

बार्सिलोनाले भने लिगको उपाधि जित्ने नजिक रहेको छ । अब लिगका तीन खेल बाँकी रहदा बार्सिलोना भने लिगको उपाधि जित्न एक जित टाढा रहेको छ ।

त्यसैगरी इस्पोनियोलको भने ३४ खेलमा ३९ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

Read More

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ ।  नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । 

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्न लागेको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति हुने बताइएको छ ।

Read More

नेपाललाई भारतको जवाफ- एकतर्फी सीमा क्षेत्र विस्तार स्वीकार्य छैन, विवादमा संवाद गर्न तयार छौं

काठमाडौँ । भारतले लिपुलेक बारे नेपालले पठाएको कुतिनितिक पत्रको जवाफ दिएको छ ।

भारतको विदेश मन्त्रालयले गएराती विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्राको सन्दर्भमा सीमा विवादबारे नेपाल सरकारको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणा सम्बन्धी सञ्चारमाध्यमका जिज्ञासामा भारतले आफ्नो आधिकारिक प्रतिक्रिया दिएको जनाएको हो ।

भारतले यस विषयमा भारतको धारणा पहिलेदेखि नै स्पष्ट र निरन्तर रहेको बताउदै लिपुलेक क्षेत्र सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको र यस मार्गबाट यात्रा दशकौँदेखि निरन्तर सञ्चालनमा रहेको उल्लेख गरेको छ । त्यसैले यसलाई नयाँ विषयका रूपमा लिन नमिल्ने भारतले बताएको छ ।

सीमासम्बन्धी दाबीका विषयमा भारतले यस्ता दाबीहरू न त उचित रहेको न त ऐतिहासिक तथ्य र प्रमाणमा आधारित रहेको बताएको छ । एकतर्फी रूपमा सीमाक्षेत्र विस्तार गर्ने प्रयास स्वीकार्य नहुने बताउदै भारतले नेपालसँग द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक संवाद गर्न तयार रहेको जनाएको छ । विशेष गरी बाँकी रहेका सीमा सम्बन्धी विषयहरूलाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न भारत इच्छुक रहेको विज्ञप्तिमा स्पष्ट गरेको छ ।

यसअघि नेपालको परराष्ट्र मन्त्रालयले आइतबार नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको विषयमा भारत र चीनलाई विरोध पत्र पठाएको जनाएको थियो । मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको बताएको थियो ।

Read More

आइपिएलमा पञ्जावमाथि गुजरात टाइटन्स ४ विकेटले विजयी

काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले पञ्जाव लाई ४ विकेटले पराजित गरेको हो । 

पञ्जावले दिएको १६४ रनको लक्ष्य पछाएको गुजरातले १९.५ ओभर ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

गुजरातका लागि साई सुदर्शनले ५७ र वाशिंटन सुन्दरले अविजित ४० रन बनाएका थिए भने जोस बटलरले २६ र निशान्त सिन्धुले १५ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको पञ्जावले सुर्यांश शेडगेको ५७, मार्कस स्टोइनिसको ४०, मार्को जानसेनको २० र कप्तान श्रेयस अय्यरको १९ रनको मद्धतले २० ओभरमा ९ विकेट गुमाएर १६३ रन बनाएको थियो । त्यस्तै गुजरातका बलर जासन गोल्डरले सर्बाधिक ४ विकेट लिएका थिए भने मोहमद सिराज र कागीसो रबाडाले २-२ विकेट लिएका थिए ।

यो जितपछि गुजरात टाइटन्सको १० खेलमा १२ अंक भएको छ र हाल पाँचौं स्थानमा रहेको छ । आइपिएलको अंक तालिकामा चार टिमको १२ अंक रहेको छ । त्यस्तै पञ्जावको भने यस सिजनमा यो दोस्रो हार हो । ९ खेलमा १३ अंक रहेको पञ्जाव शिर्ष स्थानमा कायम रहेको छ ।

जारी आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र लखनउ सुपरजाइन्टबीच खेल हुदैछ ।     

Read More

प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।

आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको हो । समितिको बैठकमा समितिको कार्यक्षेत्रका बारे र समितिको आगामी कामकारबाहीको विषयमा छलफल हुने जानकारी दिइएको छ ।

त्यस्तै आज  विहान ११ बजे समितिको सभाकक्षमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको कार्य क्षेत्र र समितिले विगतमा सम्पादन गरेका कामकारवाहीको अनुभव आदान-प्रदान गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै आज समितिको सभाकक्षमा बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र काम कारवाही र आगामी कार्यदिशा बारे छलफल हुने जानकारी दिइएको छ ।

Read More