२०८३ असार ११

सार्वजनिक जग्गा संरक्षण अभियान तीव्र, कपनमा अतिक्रमित संरचना हटाइँदै

काठमाडौं । सुकुमबासी बस्ती तथा सार्वजनिक जग्गा खाली गराउने सरकारी अभियान निरन्तर जारी रहेको छ। यसै क्रममा आज बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनको साततले क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका संरचनाहरू हटाउने कार्य अघि बढाइएको छ।

नदी–खोला तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा र स्थायी संरचना हटाउने पूर्वतयारीअनुसार आज बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर परिचालन गरिएको हो।

सरकारी अधिकारीहरूका अनुसार कपन क्षेत्रमा वर्षायाममा हुने डुबानको समस्या न्यूनीकरण गर्नुका साथै खोलाको प्राकृतिक बहाव पुनःस्थापित गर्ने उद्देश्यले उक्त कदम चालिएको हो।

Read More

संसदीय समन्वयका लागि सभामुख अर्यालको सर्वदलीय छलफल आज

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी) ले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन्।

सभामुखको सचिवालयका अनुसार बैठक आज दिउँसो १२ बजे सिंहदरबारमा बस्ने तय गरिएको छ।

प्रतिनिधिसभामा रहेका छवटा दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का प्रमुख सचेतक, मुख्य सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाइएको हो।

छलफलमा संसद्को कार्यसूची, विधेयक अघि बढाउने विषय तथा समसामयिक राजनीतिक विषयमा परामर्श हुने अपेक्षा गरिएको छ।

Read More

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सोमबार गृहमन्त्रायमा आयोजित एक समारोहमा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्  । 

तत्कालिन महानिरीक्षक राजु अर्याल अवकाशमा गएपछि सरकारले पौडेललाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।

Read More

सुनको मुल्य सामान्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ३ सयले घटेर तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९५ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ५०२० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५०१० मा कारोबार भएको थियो ।

Read More

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । 

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठक आज बिहान साढे १० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकमा सरकारले संघीय मन्त्रालयको संख्या घटाएर १७ मा सीमित गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। स्रोतका अनुसार चार मन्त्रालय खारेज र छ मन्त्रालयको नाम परिवर्तन गर्न सक्ने बताइएको छ ।

Read More

बालेन सरकारको आलोचना गर्दै सिके राउतले भने- लोकतन्त्रमा जवाफदेहिता अनिवार्य

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले लोकतन्त्रमा जवाफदेहिता अनिवार्य हुने भन्दै सरकार र प्रधानमन्त्रीको भूमिकामाथि कडा प्रश्न उठाएका छन्।

उनले लोकतन्त्रमा जनतालाई जानकारी दिनु, प्रश्नको जवाफ दिनु र असामान्य घटनाबारे स्पष्ट पार्नु नेतृत्वको कर्तव्य भएको बताएका छन्। निजी संस्था वा व्यवसाय सञ्चालन गर्दा पनि जिम्मेवार व्यक्तिले हिसाब दिनुपर्ने उदाहरण दिँदै उनले देश सञ्चालन झन् गम्भीर विषय भएकाले प्रधानमन्त्रीले जनताप्रति जवाफदेही हुनैपर्ने धारणा राखेका छन्।

राउतले प्रधानमन्त्रीले जनतालाई सम्बोधन नगर्ने, प्रतिनिधिसभामा उपस्थित भएर जवाफ नदिने, देशको अवस्थाबारे जानकारी नदिने र सार्वजनिक कार्यक्रममा अनुपस्थित रहने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्। साथै उनले सुरक्षा संयन्त्रलाई छलेर सन्देहास्पद व्यक्तिहरूसँग भेटघाट गर्ने जस्ता गतिविधि पनि स्वीकार्य नभएको बताएका छन्।

उनले अन्तर्राष्ट्रिय उदाहरण दिँदै साना त्रुटिमा पनि विभिन्न देशका प्रधानमन्त्रीहरूले राजीनामा दिएको उल्लेख गरेका छन्। उनका अनुसार अन्य देशमा सानो गल्तीमा पनि नैतिक जिम्मेवारी लिने परम्परा रहेको छ । उनले भनेका छन्- ‘बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सरकारी निवासमा अनौपचारिक पार्टी गर्दा होस् कि, गृहमन्त्री प्रिति पटेलले सानो कूटनीतिक प्रोटोकल उल्लंघन गर्न पुग्दा होस् कि गृहमन्त्री एम्बर रुडले संसदलाई गलत जानकारी दिन पुग्दा राजीनामा नै दिएका थिए। त्यस्तै जापानी प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड व्यवस्थापनमा सानो कमजोरी हुँदा, प्रधानमन्त्री नाओतो कानले फुकुशिमा आणविक दुर्घटनाको व्यवस्थापनामा सानो चुक गर्दा वा प्रधानमन्त्री यूकियो हातोयामाले वाचा गरे अनुसार अमेरिकी सैन्य अखाडा सार्न नसक्दा राजीनामा दिएका थिए ।’

नेपालको सन्दर्भमा भने उनले सरकारमाथि गम्भीर आरोप लगाएका छन्। राउतले नागरिकमाथि बल प्रयोग, डोजर प्रयोग गरेर बस्ती हटाउने, सुरक्षा निकायको दुरुपयोग, सीमा क्षेत्रमा तस्करी हुन दिने, गलत सूचना प्रवाह गर्ने, स्थानीय तह र प्रदेशको अधिकार हस्तक्षेप गर्ने, संसद् अवरुद्ध गरेर अध्यादेशमार्फत शासन चलाउने र विरोध गर्ने नागरिकमाथि पक्राउ तथा दुर्व्यवहार गर्ने जस्ता काम भएको आरोप लगाएका छन्।

उनले लाखौँ नागरिक सरकारविरुद्ध सडकमा उत्रिसक्दा पनि त्यसलाई सम्बोधन नगर्नु गम्भीर विषय भएको उल्लेख गर्दै यस्ता परिस्थितिमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने प्रश्नसमेत उठाएका छन्।

Read More

राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठक स्थगित

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समिति आज बस्ने भनिएको बैठक स्थगित भएको छ । 

समितिको आज बिहान ११ बजेको लागि निर्धारित बैठक विशेष कारणवश स्थगित भएको समितिले जानकारी दिएको छ ।

आजको बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यसूची बारे छलफल हुने कार्यसूची रहेको थियो । समितिको सभापतिमा रास्वपा सांसद हरि ढकाल रहेका छन् ।

Read More

इरानको तेस्रो प्रस्ताव पनि ट्रम्पबाट अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्तुत गरेको युद्ध रोक्ने सम्बन्धी तेस्रो प्रस्तावसमेत अस्वीकार गरेका छन् ।

उनले १४ बुँदे उक्त प्रस्ताव स्वीकार गर्न योग्य नभएको बताएका हुन् । उक्त प्रस्तावमा ३० दिनभित्र युद्ध रोक्ने र हर्मुज क्षेत्र खोल्ने उल्लेख गरिएको थियो । त्यसपछि मात्रै अमेरिका र इरानबीच परमाणु कार्यक्रमबारे वार्ता सुरु गर्ने प्रस्ताव इरानले गरेको थियो । प्रस्तावमा इरानले १५ वर्षसम्म युरेनियम समृद्धि रोक्ने र त्यसपछि सीमित रूपमा पुनः सुरु गर्ने उल्लेख पनि गरिएको थियो ।

इरानले यो प्रस्ताव गत बिहीबार अमेरिकालाई पाकिस्तानमार्फत दिएको थियो । यो अप्रिलमा लागू भएको युद्धविरामपछि दुई देशबीच जारी वार्ताको एक हिस्सा थियो । यसअघि पनि ट्रम्पले कम्तीमा दुई प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

यसैबीच ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ नामक नयाँ पहल घोषणा गरेका छन् । यो योजना केही समयमै सुरु हुने बताइएको छ । यसअन्तर्गत हर्मुज क्षेत्रमा अड्किएका विदेशी जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिका सहयोग गर्नेछ। ट्रम्पका अनुसार धेरै देशहरूले सहयोग मागेका छन् र ती जहाजहरू निष्पक्ष तथा निर्दोष भएकाले द्वन्द्वमा फसेका हुन् । उनले केही जहाजमा खाद्यान्न र अत्यावश्यक सामग्रीको अभाव हुन थालेको पनि बताएका छन्। यस मानवीय अभियानमा कुनै अवरोध भए अमेरिका कडा रूपमा प्रतिक्रिया दिने चेतावनी पनि उनले दिएका छन् ।

यता इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले पनि कडा प्रतिक्रिया दिएको छ । उसले ट्रम्पले ‘असम्भव अभियान वा कमजोर सम्झौता’मध्ये एक रोज्नुपर्ने बताएको छ। साथै इरानले चीन, रूस र युरोपको धारणा अब अमेरिकाविरुद्ध बदलिँदै गएको दाबी गरेको छ ।

Read More

उपल्लो मुस्ताङमा दुर्लभ ‘क्याङ’को ठूलो बथान, १ सयभन्दा बढी एकैपटक देखिए जङ्गली गधा

काठमाडौं। नेपाल–चीन सीमावर्ती क्षेत्र उपल्लो मुस्ताङमा दुर्लभ जङ्गली गधा (क्याङ) को उल्लेखनीय उपस्थिति देखिएको छ। लोमान्थाङ आसपासका उच्च लेक क्षेत्रमा एकैपटक १ सय १६ वटा क्याङ देखिएपछि संरक्षणकर्मीहरू उत्साहित भएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत अध्ययनमा संलग्न टोलीले करिब ५ हजार मिटर उचाइमा रहेका ढालुङ र सेतारा लेकमा यी जनावर चरिरहेको अवस्थामा फेला पारेको हो। ढालुङमा १०२ र सेतारामा १४ वटा क्याङ देखिएको जानकारी दिइएको छ।

ट्रान्स–हिमालयन क्षेत्रका यी जङ्गली गधा सामान्यतः तिब्बती पठारमा बसोबास गर्छन् र गर्मी याम सुरु भएसँगै हरियो घाँसको खोजीमा मुस्ताङतर्फ आउने गर्छन्। यसअघि सन् २००४ मा गरिएको अध्ययनमा जम्मा ३७ वटा मात्र क्याङ फेला परेका थिए।

विशेषज्ञका अनुसार प्रत्यक्ष रूपमा यति ठूलो सङ्ख्यामा क्याङ देखिनु सकारात्मक संकेत भए पनि जलवायु परिवर्तन र मानवीय गतिविधिले उनीहरूको बासस्थानमा दबाब बढाइरहेको छ।

Read More

सशस्त्र प्रहरीमा नयाँ कमान्ड: आईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं। सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजी) नारायणदत्त पौडेललाई सोमबार औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह सचिव राजकुमार श्रेष्ठले उनलाई उक्त चिन्ह लगाइदिएसँगै पौडेलले औपचारिक रूपमा नेतृत्व सम्हालेका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार वैशाख १९ गतेदेखि लागू हुने गरी पौडेललाई आईजीमा नियुक्त गरिएको हो। यसअघि नेतृत्वमा रहेका आईजी राजु अर्याल चार वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा गएपछि पौडेलले कमान्ड सम्हालेका हुन्।

अर्याल र पौडेल एउटै ब्याचका अधिकृत हुन्। सशस्त्र प्रहरीमा आईजीको पदावधि चार वर्ष हुने कानुनी व्यवस्था छ। नयाँ नेतृत्वसँगै संगठनमा थप गतिशीलता आउने अपेक्षा गरिएको छ।

Read More