काठमाडौं । सुकुमबासी बस्ती तथा सार्वजनिक जग्गा खाली गराउने सरकारी अभियान निरन्तर जारी रहेको छ। यसै क्रममा आज बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनको साततले क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका संरचनाहरू हटाउने कार्य अघि बढाइएको छ।
नदी–खोला तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा र स्थायी संरचना हटाउने पूर्वतयारीअनुसार आज बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर परिचालन गरिएको हो।
सरकारी अधिकारीहरूका अनुसार कपन क्षेत्रमा वर्षायाममा हुने डुबानको समस्या न्यूनीकरण गर्नुका साथै खोलाको प्राकृतिक बहाव पुनःस्थापित गर्ने उद्देश्यले उक्त कदम चालिएको हो।




