२०८३ असार १३

चलचित्र ‘महाराजधिराज’ को शुभमुहूर्त, छायांकन २५ गतेबाट

काठमाडौं । चलचित्र ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित बिहान ‘महाराजधिराज’ को शुभमुहूर्त गरिएको हो ।

बिहान ८ बजेबाट सुरु भएको शुभमुहूर्तको पूजा बिहान ११ः११ बजेसम्म चलेको थियो । पूजामा चलचित्रका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिक्देललगायत सहभागी भएका थिए ।  

शुभमुहूर्तमा सिनेमाका निर्देशकसहित अन्य  कलाकारहरुको उपस्थिति रहेको थियो । निर्देशक परिच्छेद सेनको यो ड्रिम प्रोजेक्ट हो । चलचित्र यही २५ गते सुनसरीबाट सुरु हुनेछ । सुनसरीको श्रीलंका टापुबाट सुरु हुने चलचित्रको छायांकन सुनसरीमा एक हप्ता हुनेछ । बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा ७० दिन हुनेछ । यो सिनेमा नबराज थापाले खिच्नेछन् ।

लामो समय स्क्रिप्टमा मेहनत गरेका उनले ‘महाराजधिराज’ सोसल पिरयड ड्रामा रहेको भएको बताएका छन् । परिच्छेद सेनको निर्देशन रहेको चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डिसी, सुशील सिटौला छन् ।

ठूलो संख्यामा कलाकार रहेको यो चलचित्रमा हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटाको पनि अभिनय रहनेछन् ।

८० जना कलाकार रहने यो सिनेमामा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको अभिनय छ ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले कलाकारको बलियो लाइनअप अनुसार नै सिनेमा पनि राम्रो बनाउने बताएका छन् ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । ‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।

Read More

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधामन्त्री बालेन शाहले दिउसो ३ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

Read More

रुस र युक्रेनबीच दुई दिनको युद्धविराम घोषणा

काठमाडौँ । रुस र युक्रेनले ‘विजय दिवस’ अघि फरक–फरक समयमा युद्धविराम घोषणा गरेका छन् ।

रुसले शुक्रबार र शनिबारका लागि युद्धविराम घोषणा गरेको छ भने युक्रेनले बुधबार राति १२ बजेदेखि युद्ध रोक्ने जनाएको छ ।

रुसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको हारको ८१औँ वार्षिकोत्सवका अवसरमा यस्तो निर्णय गरेको जनाएको छ । तर समारोहमा कुनै अवरोध भए किभमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरिने चेतावनी पनि दिइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार रातिदेखि युद्धविराम पालन गर्ने तर रुसबाट हुने हरेक गतिविधिको जवाफ दिइने बताएका छन् । उनले युद्धविरामको अवधि भने खुलाएका छैनन् ।

यस वर्ष मस्कोको रेड स्क्वायरमा हुने विजय दिवस परेड फरक ढंगले आयोजना गरिने भएको छ । सम्भावित ड्रोन आक्रमणको जोखिमका कारण ट्यांक र ठूला हतियारहरू परेडमा समावेश गरिने छैनन् ।

रुसले किभमा रहेका सर्वसाधारण र विदेशी दूतावासहरूलाई शहर छाड्न समेत चेतावनी दिएको छ । यसअघि पनि पटक–पटक युद्धविराम प्रयास भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको थिएन ।

करिब दुई दशकपछि पहिलोपटक मस्कोको परेड भारी हतियार बिना आयोजना हुन लागेको हो । सुरक्षा कारणले अन्य धेरै शहरहरूमा पनि परेड सीमित वा रद्द गरिएको छ ।

रुसका लागि ‘विजय दिवस’ अत्यन्त महत्वपूर्ण दिन मानिन्छ । यसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले देशको शक्ति र देशभक्तिसँग जोडेर हेर्ने गरेका छन् ।

Read More

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

काठमाडौँ । नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको सिरिजको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुदै २५६ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ९४ रन बनाएका थिए भने अर्जुन कुमालले ४८ रन बनाएका थिए । त्यस्तै आरिस सेखले २४ बलमा आक्रामक ४३ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३३ र गुलशन झाले १७ रनको योगदान दिएका थिए ।

त्यसैगरी ओमानका बलर नदीम खानले ३ विकेट लिए भने शकील अहमद र हसनैन शाहले २-२ तथा जितेन रामानान्दी र आर्यन विस्टले एक एक विकेट लिएका थिए ।

Read More

राष्ट्रपति पौडेलले अन्तत: जारी गरे संबैधानिक परिषदसम्बन्धि अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको संबैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलले यसअघि पुनर्विचारका लागि फिर्ता गरेको सो अध्यादेश पुन: जारी गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संबैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेका हुन् । 

यसअघि आइतबार राष्ट्रपति पौडेलले यसअघि पनि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गरेकै कारण देखाएर पुनर्विचार गर्न सरकारलाई फिर्ता गरेका थिए ।

सरकारले अध्यादेश जारी गर्नुको कारण बारे राष्ट्रपतिलाई पत्र लेख्दै पुन: जारी गर्न सिफारिस गरेको थियो ।

सरकारले संबैधानिक परिषदमा प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा निर्णय गर्नसक्ने व्यवस्था गरेर अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

Read More

इरानका सात साना डुंगा डुबाइदिएको ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सात साना डुंगा डुबाइएको दाबी गरेका छन् ।

ट्रम्पका अनुसार ती डुंगाहरूले होर्मुज क्षेत्र हुँदै आवतजावत गर्ने व्यापारिक जहाजहरूमा आक्रमण गरिरहेका थिए । तर यस विषयमा इरानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

ट्रम्पले इरानसामु अब दुई विकल्प मात्र रहेको बताएका छन् । उनले इमान्दारीपूर्वक सम्झौता गर्न वा पुनः आक्रमण सामना गर्न तयार रहन चेतावनी दिएका छन् । साथै अमेरिकी जहाजलाई निशाना बनाए कडा जवाफ दिइने र गम्भीर परिणाम भोग्नुपर्ने उनले बताएका छन् ।

यसैबीच अमेरिकाले सोमबारदेखि होर्मुज क्षेत्र आसपास ‘प्रोजेक्ट फ्रिडम’ नामक सुरक्षा अभियान सुरु गरेको जनाएको छ । यस अन्तर्गत त्यहाँबाट गुज्रिने व्यापारिक जहाजहरूको सुरक्षा गरिँदै आएको छ । यही क्रममा दुवै देशबीच तनाव बढेको बताइएको छ ।

इरानले भने होर्मुज क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै अनुमति बिना कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने अडान दोहोर्‍याएको छ ।

अर्कोतर्फ इरानका विदेशमन्त्री अब्बास अराघचीले वर्तमान अवस्थाले सैन्य उपायबाट समाधान सम्भव नभएको स्पष्ट पारेका छन् । उनले पाकिस्तानको मध्यस्थतामा वार्ता अघि बढिरहेको र समस्याको समाधान संवादबाटै निस्कने बताएका छन् ।

साथै उनले अमेरिका र संयुक्त अरब अमीरातलाई अरूको उक्साहटमा नपरी परिस्थितिलाई थप जटिल नबनाउन चेतावनी दिएका छन् ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सात साना डुंगा डुबाइएको दाबी गरेका छन् ।

ट्रम्पका अनुसार ती डुंगाहरूले होर्मुज क्षेत्र हुँदै आवतजावत गर्ने व्यापारिक जहाजहरूमा आक्रमण गरिरहेका थिए । तर यस विषयमा इरानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

ट्रम्पले इरानसामु अब दुई विकल्प मात्र रहेको बताएका छन् । उनले इमान्दारीपूर्वक सम्झौता गर्न वा पुनः आक्रमण सामना गर्न तयार रहन चेतावनी दिएका छन् । साथै अमेरिकी जहाजलाई निशाना बनाए कडा जवाफ दिइने र गम्भीर परिणाम भोग्नुपर्ने उनले बताएका छन् ।

यसैबीच अमेरिकाले सोमबारदेखि होर्मुज क्षेत्र आसपास ‘प्रोजेक्ट फ्रिडम’ नामक सुरक्षा अभियान सुरु गरेको जनाएको छ । यस अन्तर्गत त्यहाँबाट गुज्रिने व्यापारिक जहाजहरूको सुरक्षा गरिँदै आएको छ । यही क्रममा दुवै देशबीच तनाव बढेको बताइएको छ ।

इरानले भने होर्मुज क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै अनुमति बिना कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने अडान दोहोर्‍याएको छ ।

अर्कोतर्फ इरानका विदेशमन्त्री अब्बास अराघचीले वर्तमान अवस्थाले सैन्य उपायबाट समाधान सम्भव नभएको स्पष्ट पारेका छन् । उनले पाकिस्तानको मध्यस्थतामा वार्ता अघि बढिरहेको र समस्याको समाधान संवादबाटै निस्कने बताएका छन् ।

साथै उनले अमेरिका र संयुक्त अरब अमीरातलाई अरूको उक्साहटमा नपरी परिस्थितिलाई थप जटिल नबनाउन चेतावनी दिएका छन् ।

Read More

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

काँग्रेसको संसदीय दलको बैठक बैशाख २३ गते बुधबार दिनको १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जानकारी दिइएको छ ।

Read More

नागरिक जहाजमा अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु भएको इरानको दाबि

काठमाडौँ । इरानले अमेरिकामाथि नागरिक जहाजमा आक्रमण गरेको आरोप लगाएको छ ।

इरानी समाचार एजेन्सी तस्नीमका अनुसार अमेरिकी सेनाले होर्मुज क्षेत्रमा सैन्य डुङ्गाको सट्टा दुई साना नागरिक मालवाहक जहाजलाई निशाना बनाएको दाबी गरिएको छ । ती जहाज ओमानबाट इरानतर्फ जाँदै थिए र सामान्य नागरिकका सामान बोकेका थिए । उक्त आक्रमणमा पाँच जना नागरिकको मृत्यु भएको एजेन्सीले जनाएको छ ।

यसअघि भने अमेरिकी केन्द्रीय कमाण्डले व्यापारिक जहाजका लागि खतरा बनेका इरानी डुङ्गालाई मात्र निशाना बनाएको दाबी गरेको थियो  ।

अर्कोतर्फ इरानले सोमबार अमेरिकी युद्धपोतलाई लक्षित गरी कारबाही गरेको दाबी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी पक्षले आफ्ना कुनै पनि जहाजमाथि आक्रमण नभएको र सबै सैन्य गतिविधि सामान्य रूपमा जारी रहेको जनाएको छ ।

साथै अमेरिकी सुरक्षामा रहेका दुई अमेरिकी झण्डा भएका व्यापारिक जहाज यस मार्गबाट सुरक्षित रूपमा पार गरिसकेको पनि जानकारी दिइएको छ ।

Read More

बक्स अफिस रिपोर्ट: परालको आगोको शानदार कमाई, अन्यको कस्तो छ ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख १९ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्य, परालको आगो र पहाडले बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।

जस अनुसार राम नाम सत्यले अहिलेसम्म ३ करोड ३९ लाख ७३ हजार ४६६ कमाई गरेको छ । राम नाम सत्यको अहिलेसम्म कुल एक लाख २० हजार ९२६ टिकट विक्री भएको छ ।  राम नाम सत्य चैत्र २७ गतेदेखि प्रदर्शनमा आएको थियो ।

त्यस्तै बैशाख १ गतेदेखि प्रदर्शनमा आएको तुलसी घिमिरेको फिल्म पहाडले आशा गरे अनुसारको कमाई गर्न सकेन । फिल्मले अहिलेसम्म ६३ लाख ९३ हजार १५२ कमाई गरेको छ । पहाडको कुल २० हजार २६५ टिकट बिक्री भएको छ ।

त्यस्तै बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले भने बक्स अफिसमा दर्शकलाई आकर्षित गरेको देखिएको छ । यस फिल्मले अहिलेसम्म ३ करोड १२ लाख १७ हजार ९२ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख १० हजार ४४२ तिक्त बिक्रि भएका छन् ।

Read More

संसद नचलेपछि हर्क साम्पाङको छटपटी, जवाफदेही बन्न सरकारलाई चेतावनी

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले संसद अधिवेशन नबोलाएपछि जवाफदेही बन्न चेतावनी दिएका छन् ।

पत्र लेख्दै साम्पाङले लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने मार्ग सञ्चालन गरिरहँदा सरकार निष्क्रिय बनेको आरोप लगाउदै दार्चुलाको दुम्लिङसम्म सडक पुर्‍याउन नसकेको र महाकाली नदी किनार मिचेर बनाइएको बाटोसमेत रोक्न नसकेको आरोप लगाएका छन् ।

उनले कूटनीतिक नोट पठाएर मात्र दायित्व पूरा नहुने भन्दै चीन, भारत, नेपाल र संयुक्त राष्ट्रसंघलाई सहभागी गराएर चारपक्षीय वार्ता टोली गठन गरी समस्या समाधानतर्फ जानुपर्ने बताएका छन् । साथै सीमामा सेना खटाउनुपर्ने बताउदै उनले सेनालाई व्यक्तिगत सेवामा होइन, राष्ट्रको सीमाको सुरक्षामा केन्द्रित गर्नुपर्ने उल्लेख गरेका छन् । उनले भनेका चाहन- ‘सेनालाई सिमानामा खटाउनु ! मंत्रीको गाडीको ढोका खोल्ने काममा होइन, व्यक्तिगत पाले बनाएर राख्ने होइन सिमा रक्षकको रुपमा सेनालाई खटाउनु पर्दैन ? सुकुमबासी बस्ती भत्काउन जाँदा लाने होइन त्यता ! सिमानामा पठाउनु ! सिमानामा सेना नभएकै कारण सिमाना मिचिएकोछ !’

साम्पाङले विपद् व्यवस्थापनमा पनि सरकार कमजोर देखिएको उल्लेख गर्दै बाढीपहिरोले क्षति पुर्‍याएका सडक खुलाउन र राहत व्यवस्थापनमा ध्यान दिनुपर्नेमा अन्यत्र स्रोत प्रयोग भइरहेको भन्दै आलोचना गरेका छन् । 

उनले विदेशी ऋण लिएर अर्थतन्त्र कमजोर बनाइएको आरोप लगाउँदै आर्थिक सुधार गर्न नसक्नेले शासन सञ्चालन गर्न नसक्ने बताउदै राज्य सञ्चालन गर्न नसक्ने अवस्था भए पदबाट राजीनामा दिनसमेत सुझाव दिएका छन् ।

सुकुम्बासी बस्ती हटाउने कार्यप्रति आपत्ति जनाउँदै सबै पक्षलाई समेटेर समाधान खोज्नुपर्ने उनको भनाइ छ । साथै बजेट निर्माण गर्दा सबै दलका सांसदमार्फत जनताका आवश्यकता सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष साम्पाङले सरकार पारदर्शी बन्नुपर्ने, पत्रकारमार्फत जनतालाई जानकारी दिनुपर्ने र उठाइएका प्रश्नहरूको जवाफ सार्वजनिक रूपमा दिनुपर्ने माग गरेका छन् ।

Read More