२०८३ श्रावण १०

‘सहकारी संस्थामा दलको आस्थाका आधारमा प्यानल बनाएर प्रतिस्पर्धा नगर्नू’

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संघ–संस्थाहरूको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलको आस्थाका आधारमा प्यानल बनाएर प्रतिस्पर्धा हुने गरेको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति सहकारी विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले जारी गरेको सूचनामा सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तविपरीत यस्ता गतिविधि हुनु दुःखद भएको उल्लेख गरिएको छ । यस्ता अभ्यासले सहकारी ऐन, २०७४ को उद्देश्य र कानुनी व्यवस्थामाथि प्रतिकूल असर पार्ने विभागको भनाइ छ ।

विभागका अनुसार यस्ता गतिविधिले सहकारी सदस्यहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढाउने मात्र होइन, सहकारी क्षेत्रमा सुशासन कायम गर्ने प्रयासलाई पनि कमजोर बनाउने खतरा रहेको छ ।

त्यसैले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्दै सहकारीको मूल मर्मअनुसार सञ्चालन गर्ने वातावरण बनाउन र सुशासन कायम गर्न सबै सरोकारवालालाई सहयोग गर्न विभागले आग्रह गरेको छ ।

Read More

हर्क साम्पाङको संसदमा विरोध जारी, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न माग

काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर विरोध गरेका छन् । 

विहिबारको प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफ देखि बनाउनुपर्ने माग राख्दै प्लेकार्ड देखाएका थिए । 

त्यसपछि उनले बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाफदेही नभएको आरोप लगाउदै मार्ग प्रशस्त गर्न माग गरेका छन् । 

उनले आफुले सीमा सम्बन्धमा, सुकुम्बासी सम्बन्धमा प्रधानमन्त्रीले नै सम्हालिरहेका गृह र रक्षा मन्त्रालय सम्हालेकाले संसदमा आएर जवाफ दिनुपर्ने बताए । 

साम्पाङ र श्रम संस्कृति पार्टीले पछिल्ला केहि दिनदेखि प्लेकार्ड देखाएर संसदमा सभामुखको ध्यानाकर्षण गराउदै आएको छ ।

Read More

पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ।

९७ वर्षको उमेरमा बुधबार प्रधानको निधन भएकाले आज सर्वोच्चको इजलास नबस्ने भएको छ । 

सर्वोच्चले सुचनामा भनेको छ- ‘ सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानज्यूको मिति २०८३।०२।०६ गते भएको असामहिक निधनमा शोक प्रकट गर्न आज मिति २०८३।०२।०७ गते बिहिबारका दिन यस अदालतका इजलास सञ्चालन नहुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Read More

भारतका प्रधानन्यायाधीशको अभिव्यक्तिपछि जन्मियो- ‘कक्रोच जनता पार्टी’

काठमाडौँ । भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र जनजीवनबारे दिएको टिप्पणीपछि सामाजिक सञ्जालमा एउटा व्यङ्ग्यात्मक अभियान तीव्र रूपमा फैलिएको छ । ‘कक्रोच जनता पार्टी’ नाम दिइएको यो अभियान अहिले अनलाइन बहसको केन्द्र बनेको छ ।

प्रधानन्यायाधीश सूर्यकान्तले दिएको भनिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा यसलाई लिएर व्यापक चर्चा सुरु भएको हो । तर पछि उनले आफ्नो टिप्पणीलाई केही सञ्चार माध्यमले गलत ढङ्गले प्रस्तुत गरेको भन्दै स्पष्टिकरण दिएका थिए ।

प्रधानन्यायाधीश सूर्य कान्तले शुक्रबार एक वकिलले वरिष्ठ अधिवक्ताको दर्जा पाउन दायर गरेको याचिकाको सुनुवाइ गरिरहेका थिए । र यसक्रममा उनले दिएको अभिव्यक्ति विवादमा आएको हो । 

स्पष्टीकरण दिएपनि प्रधानन्यायाधीश सूर्य कान्तसहितको इजलासले भनेको थियो- ‘समाजमा पहिले नै परजीवीहरू छन्, जसले प्रणालीमाथि आक्रमण गर्छन् । के तपाईं पनि उनीहरूसँग सामेल हुन चाहनुहुन्छ ? केही युवाहरू छन् जो रोजगारीको अभाव र आफ्नो पेशामा स्थान बनाउन नसक्दा साङ्ला (कक्रोच) जस्तै जताततै फैलिन्छन् । तिनीहरूमध्ये कोही मिडिया बन्छन्, कोही सामाजिक सञ्जालमा सक्रिय हुन्छन्, कोही आरटीआई कार्यकर्ता बन्छन्, कोही अन्य प्रकारका कार्यकर्ता बन्छन् र त्यसपछि सबैमाथि आक्रमण गर्न थाल्छन् ।’

त्यसपछि सुरु भएको ‘काक्रोच जनता पार्टी’ अभियान अहिले इन्टरनेटमा तीव्र रूपमा फैलिएको छ । यस नाममा वेबसाइट पनि तयार गरिएको छ भने सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा यसका ४० लाख भन्दा बढी फलोअर पुगेका छन् । साथै लाखौँ मानिसले वेबसाइटमार्फत सदस्यताका लागि दर्ता गरेको दाबी गरिएको छ ।

यस अभियानका संस्थापक तथा संयोजकका रूपमा अभिजीत दीपकेको नाम उल्लेख गरिएको छ । दीपकेले प्रधानन्यायाधीशको भनाइले युवालाई ‘कक्रोच’ र ‘परजीवी’सँग तुलना गरिएको जस्तो लागेपछि उनले यसलाई व्यङ्ग्यात्मक रूपमा जवाफ दिने सोच बनाए । उनका अनुसार यही असन्तोष र रिसबाट ‘कक्रोच जनता पार्टी’ नामको अनलाइन अभियानको विचार आएको हो ।

उनले सामाजिक सञ्जालमा युवाहरूको ठूलो संलग्नताका कारण अभियानले चाँडै गति लिएको बताए । छोटो समयमै ठूलो संख्यामा मानिसहरूले दर्ता गर्न थालेपछि वेबसाइट र घोषणापत्र तयार गरिएको उनको भनाइ छ ।

दीपकेले यो अभियानलाई केवल व्यङ्ग्य नभएर युवाको असन्तोष व्यक्त गर्ने माध्यम भएको दाबी गरेका छन् । उनका अनुसार केही चर्चित व्यक्तिहरूले समेत यसलाई समर्थन गरेका छन् ।

उनले आफ्नो व्यक्तिगत पृष्ठभूमिबारे बताउँदै महाराष्ट्रको छत्रपति संभाजीनगरबाट आफ्नो यात्रा सुरु भएको र पछि पुणेमा अध्ययन गरेको उल्लेख गरेका छन् । उनी केही समय राजनीतिक दलसँग पनि आबद्ध रहेको र पछि अध्ययनका लागि विदेश गएको बताएका छन् । उनका अनुसार यस अभियानको घोषणापत्रले वर्तमान राजनीतिक प्रणाली, न्यायपालिका र महिला प्रतिनिधित्वजस्ता विषय उठाएको छ । उनले भारतीय जेन–जी पुस्ता अन्य देशका आन्दोलनजस्तै हिंसात्मक नभई व्यङ्ग्य र डिजिटल माध्यमबाट आफ्ना असन्तोष व्यक्त गरिरहेको दाबी गरेका छन् । दीपकेका अनुसार यो अभियान अझै प्रारम्भिक चरणमा मात्र रहेको र आगामी दिनमा युवा आन्दोलनको नयाँ स्वरूप देखिन सक्ने उनले संकेत गरेका छन् ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १८ सयले बढेर तोलाको २ लाख ९३ हजार ८ मा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले बढेर ५०५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९६० मा कारोबार भएको थियो ।

Read More

डाबर नेपालको मह अखाद्य, बजारबाट फिर्ता लिन निर्देशन

काठमाडौं ।  डाबर नेपालले उत्पादन गरेको मह अखाद्य भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा ‘डाबर हनी’ गुणस्तरहीन पाइएको हो ।

विभागले सूचना जारी गर्दै बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको डाबर नेपाल प्रालिबाट उत्पादन गरेको मह खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम न्यूनस्तरको पाइएको जनाएको छ ।

प्रयोगशाला परीक्षणमा महले तोकिएको मापदण्ड पूरा नगरेको पुष्टि भएपछि विभागले ऐनको दफा ३८ (२) बमोजिम उक्त उत्पादनको मह बिक्री वितरण नगर्न र नगराउन, बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई आदेश दिएको छ । 

Single Image

Read More

सार्बजनिक सेवा प्रसारण संस्था र प्रेस काउन्सिलको अध्यक्ष तथा गोरखापत्रको महाप्रबन्धक पदमा दरखास्त आह्वान

काठमाडौं । सार्बजनिक सेवा प्रसारण संस्था र प्रेस काउन्सिलको अध्यक्ष र गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ ।

बिहीवार सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै सार्बजनिक सेवा प्रसारण संस्था र प्रेस काउन्सिलको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरी नियुक्त गर्न दरखास्त आह्वान गरेको जनाएको छ ।

प्रकाशित सूचनाअनुसार इच्छुक तथा योग्य व्यक्तिले यहि जेठ १८ गते सोमबार कार्यालय समयभित्र दरखास्त पेश गर्न सक्नेछन् । उम्मेदवारका लागि आवश्यक योग्यता, दरखास्त फाराम, संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत जानकारी मन्त्रालयको आधिकारिक वेबसाइट https://mocit.gov.np/ मा उपलब्ध रहेको जनाइएको छ ।

मन्त्रालयले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दिन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

Read More

पाकिस्तानका गृहमन्त्री इरानमा, अमेरिकी प्रस्ताव बारे छलफल

काठमाडौँ । इरानले आफ्नो नयाँ प्रस्तावबारे अमेरिकाबाट आएको प्रतिक्रियाको समीक्षा भइरहेको जनाएको छ । इरानी समाचार संस्था नूरका अनुसार वासिङ्टन र तेहरानबीच प्रस्तावित युद्धविरामसम्बन्धी दस्तावेजमा छलफल जारी रहेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएईले इरानले अघि सारेको १४ बुँदे प्रस्तावका आधारमा दुवै पक्षबीच पटक–पटक सन्देश आदानप्रदान भएको बताएका छन् । उनले अमेरिकी पक्षबाट प्राप्त धारणा अध्ययन भइरहेको जानकारी दिएका छन् ।

उनले उक्त प्रतिक्रिया पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीको इरान भ्रमणका क्रममा दिएका हुन् ।

पाकिस्तानी गृहमन्त्री नाक्वीले इरानका राष्ट्रपति मासोउद पेजेशकियानसँग तेहरानमा भेटवार्ता गरेका थिए । करिब ९० मिनेट चलेको भेटमा क्षेत्रीय सुरक्षा अवस्था, इरान–अमेरिका तनाव तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

इरानी र पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बैठकमा मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव तथा इरान–अमेरिका वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पनि कुराकानी भएको थियो ।

यसका साथै द्विपक्षीय सम्बन्ध, सीमा सुरक्षा तथा क्षेत्रीय शान्तिसम्बन्धी विषयमा समेत दुवै पक्षबीच छलफल भएको जनाइएको छ ।

Read More

पूर्णिमा श्रेष्ठले गरिन् छैठौँ पटक सगरमाथाको सफल आरोहण

काठमाडौँ । पूर्णिमा श्रेष्ठ आफ्नै रेकर्ड तोड्दै छैठौँ पटक सगरमाथाको सफल आरोहण गरेकी छन् । सतोरी एड्भेञ्चरको टिमसँगै श्रेष्ठले बुधबार सगरमाथाको छैटौं पटक सफल आरोहण गरेकी हुन् । 

यसअघि २०२४ मा उनले दुई हप्तामा तीनपटक सगरमाथा शिखरको आरोहण गरेपछि गिनिज बुक अफ वर्ड रेकर्ड समेत बनेको थियो ।

श्रेष्ठले सन् २०२४ मे महिनामा एकै सिजनमा तीन पटक सगरमाथाको  आरोहण गर्न सफल  भएकी थिइन् । पुरुषले यसरी रेकर्ड कायम गरिसके पनि पहिलो महिलाको रूपमा पूर्णिमाले यो कीर्तिमान कायम गरेकी थिइन् । उनले २०२४ मे १२, मे १९ र मे २५ मा सगरमाथा आरोहण गरेकी थिइन् ।

Read More

क्युबासँग तनाव बढ्दै जादा क्यारिबियन सागरमा पुग्यो अमेरिकी युद्धपोत ‘युएसएस निमिट्ज’

काठमाडौँ । अमेरिका र क्युबाबीच बढ्दो तनावका बीच सैन्य गतिविधि पनि तीव्र बनेको छ । अमेरिकी विमानवाहक युद्धपोत ‘युएसएस निमिट्ज’ आफ्नो आक्रमण समूहसहित क्यारिबियन सागर क्षेत्रमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो तैनाथी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाविरुद्ध कडा अभिव्यक्ति दिन थालेपछि भएको हो । अमेरिकी प्रशासनले क्षेत्रीय सैन्य उपस्थिति थप बलियो बनाउन युद्धपोत पठाइएको जनाएको छ ।

अमेरिकी नौसेनाको उक्त शक्तिशाली आक्रमण समूहमा लडाकु विमान, विद्युतीय युद्ध प्रणालीयुक्त विमान तथा सहयोगी हवाई साधनहरू समावेश रहेका छन् । साथै विनाशकारी युद्धपोत र इन्धन आपूर्ति जहाज पनि समूहसँगै रहेका छन् ।

अमेरिकी दक्षिणी कमान्डले ‘युएसएस निमिट्ज’ ले ताइवान जलडमरूमध्यदेखि अरब सागर क्षेत्रसम्म विभिन्न अभियानमा आफ्नो युद्ध क्षमता प्रदर्शन गरिसकेको जनाएको छ ।

सन् १९७५ मा सेवामा आएको यो विमानवाहक युद्धपोतले हालै ब्राजिलको रियो दि जेनेरियो तटमा ब्राजिली नौसेनासँग संयुक्त अभ्यास समेत गरेको थियो ।

यसबीच ट्रम्प प्रशासनले क्युबामाथि थप दबाब बढाएको छ । अमेरिकी न्याय विभागले क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध सन् १९९६ मा अन्तर्राष्ट्रिय जलक्षेत्रमा दुई नागरिक विमान खसालिएको घटनासम्बन्धी हत्या तथा अन्य अपराधका औपचारिक आरोप लगाएको छ । उक्त घटनामा चार जनाको मृत्यु भएको थियो ।

राष्ट्रपति ट्रम्पले यसलाई क्युबा–अमेरिकी समुदायका लागि महत्वपूर्ण क्षण भएको बताएका छन् । उनले क्युबाबाट अमेरिका पुगेका र आफ्ना परिवारसँग भेट्न पुनः क्युबा जान चाहने नागरिकका लागि पनि यो ठूलो विषय भएको बताएका छन् ।

यता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्पेनी भाषामा क्युबाली जनताका नाममा सन्देश जारी गर्दै क्युबाको कम्युनिष्ट सरकारलाई विद्युत् संकट र आर्थिक समस्याका लागि जिम्मेवार ठहर गरेका छन् । उनले अमेरिकाको इन्धन नाकाबन्दी नीतिको समेत समर्थन गरेका छन् ।

अमेरिकी गुप्तचर संस्था सिआइएका निर्देशक जोन राटक्लिफले हालै क्युबाली अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उनले वार्ताको ढोका सधैँ खुला नरहने चेतावनी दिएपछि कूटनीतिक क्षेत्रमा थप तनाव बढेको बताइएको छ ।

Read More