२०८३ जेष्ठ २७

संसदको गतिरोध खुलाउन हर्क साम्पाङको मध्यमार्गी प्रस्ताव

काठमाडौं । संसदको गतिरोध खुलाउन श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मध्यमार्गी प्रस्ताव अगाडी सारेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद साम्पाङले संकल्प प्रस्ताव पेश गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभाको रेकर्डबाट हटाउने र प्रधानमन्त्रीको लिखत वक्तव्य समेत समावेश गरी आगामी दिनहरुमा यस्ता नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री र प्रतिनिधिसभाका सांसदहरु कोही कसैले यस्ता राष्ट्रघाती र तथ्यहिन अभिव्यक्ति कहिकतै नदिने, दिन नपाउने, राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता प्रतिपक्ष नभनि देशको पक्षमा एकतावद्ध बन्नु पर्ने संकल्प प्रस्ताव अघि सारेका हुन् । 

उनले सभामुखलाई संकल्प प्रस्ताव पेस गर्दै यसलाई पारित गर्दै संसदमा परेको गाँठो फुकाउनु पर्ने प्रस्ताव गरेका थिए ।

विपक्षीको लगातारको अवरोधपछि आजको बैठक पनि स्थगित भएको छ ।

Read More

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।  

मंगलबार प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले प्रधानमन्त्रीको सीमा बारेको अभिव्यक्ति सच्याउन माग गर्दै अवरोध जारी राखेपछि सभामुख डिपी अर्यालले भोली सम्मका लागि बैठक स्थगित गरेका हुन् ।

बैठकमा एमालेका सांसद क्षितिज थेवेले प्रधानमन्त्रीले अभिव्यक्ति नसच्य्याएसम्म अवरोध जारी हुने जानकारी दिदै आर्थिक विधेयकमा भएको हेरफेरप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । त्यस्तै नेकपाका सांसद महेन्द्रबहादुर शाहीले विपक्षी दलहरुले गलत माग नराखेको स्पष्ट गर्दै गम्भीर विषय भएकाले प्रधानमन्त्रीले आफ्नो प्रतिक्रिया दिनैपर्ने बताएका छन् । सांसद शाहीले  बजेटका विषयमा अनेकौ विषय बाहिर आएको बताउदै करका दर चुहावट भएको विषयमा जनता र प्रतिपक्षी दलहरुले जवाफ खोजेको बताए । उनले सभामुखलाई पेलेर संसद नचलाउन सुझाव दिदै छलफल गरेर अगाडी बढ्न समेत सुझाव दिए ।

त्यस्तै आज काँग्रेसको आग्रहमा संसदमा विपाक्षी दलहरुले पाँच मिनेटसम्म मौन धारण समेत गरेका थिए । काँग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सीमा जोगाउन ज्यान दिने शहिदहरुको अपमान भएको भन्दै उनीहरुको सम्झनामा मौन धारण गर्न आग्रह गरेका थिए ।

Read More

प्रधानमन्त्री नेपालले भारतको सीमा अतिक्रमण गरेको प्रमाणित गर्न लागिरहेको काँग्रेस सांसद राईको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाह नेपालले भारतको सीमा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लागिरहेको आरोप लगाएका छन् ।

 प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री शाह नेपालले भारतको सीमा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लागिरहेको र प्रधानमन्त्रीका शुभचिन्तकहरुले समेत नेपाल सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागिपरेको आरोप लगाएका हुन् ।

उनले आफू इलामको भारतीय सीमावर्ती गाउँमा जन्मे हुर्केको बताउँदै नेपालले भारतको कुनै पनि ठाउँमा सीमा नमिचेको र नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश नभएको बताएका छन् । उनले विश्वको नजरमा नेपाल सीमा अतिक्रमणकारी देश होइन र बन्न नसक्ने समेत बताए । साथै राईले यो तहको राष्ट्रघात गर्न किन मन लागेको भन्ने प्रश्न गरेका छन् ।

Read More

राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं । राप्रपाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ ।

राप्रपाकी सांसद खुस्बु ओलीले विद्युतीय गाडीका करका दर चुहावटको विषयको अनुसन्धान हुन्जेल पद छोडन आग्रह गरेकी हुन् । उनले अर्थमन्त्री वाग्लेले अघिल्लो संसदमा बोलेको प्रसंग उल्लेख गर्दै आफ्नो शब्दबाट पछि हटेको हो भन्ने प्रश्न गर्दै पदबाट हटेर छानबिनमा सहयोग गर्न आग्रह गरेकी छन् ।

७७४ बीवाईडी विद्युतीय गाडी बजेट अघि नै भन्सार पास गरेर ल्याउदै गरेको अवस्थमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यो विषय बाहिर आएको थियो । यस प्रकरणमा सरकारले छानबिनका लागि समिति गठन गरेको छ भने भन्सार र मन्त्रालयका केहि कर्मचारीलाई कारवाही गरेको छ । 

Read More

संसदमा विपक्षी दलहरुको पाँच मिनेट मौन धारण, सभामुखले भने संसदको अपमान भयो

काठमाडौं । प्रतिनिधि सभामा नेपाली काँग्रेसको आव्हानमा विपक्षी सांसदहरुले आफ्नो ज्यानको आहुति दिएर देशको सीमा रक्षा गर्ने शहिदहरुको सम्मानमा गर्दै पाँच मौन धारण गरिएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सीमा रक्षा गर्दा शहिद भएकाहरुको आत्मसम्मानमा ठेस पुगेको भन्दै काँग्रेसका सचेतक निश्कल राईले मौन धारण गर्न आग्रह गरेपछि विपक्षी सांसदहरुले साथ दिएका थिए । सो अवसरमा सत्ता पक्षका सांसदहरु भने बसिरहेका थिए ।   सचेतक राईले प्रधानमन्त्री बालेन्द्र शाह नेपालले भारतको सीमा मिचेको प्रमाणित गर्न लागिपरेको आरोप लगाउदै सत्ता पक्षका सांसदहरुले समेत नेपालले भारतको सीमा मिचेको प्रमाणित गर्न लागेको आरोप लगाएका थिए ।

सभामुख डिपी अर्यालले भने विपक्षी दलहरुले मौन धारण गरेको भन्दै यसले संसदको अपमान भएको टिप्पणी गर्दै सचेत गराएका छन् ।

Read More

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तत्काल असुल गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विशेष सुविधा लिएर विद्युत उपभोग गरेका उद्योगहरूले तिर्न बाँकी रहेको प्रिमियम महसुल तत्काल कानूनबमोजिम असुल गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

घिसिङले आम नागरिक दैनिक १८ घण्टासम्मको लोडसेडिङको मारमा परेका बेला विशेष सुविधा प्राप्त औद्योगिक ग्राहकहरूले उपभोग गरेको विद्युतको प्रिमियम महसुल भुक्तानी गर्नु कानूनी मात्र नभई नैतिक दायित्वसमेत भएको बताएका छन् ।

उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा कार्यरत रहँदा बक्यौता असुली प्रक्रिया अघि बढाउँदा तत्कालीन राजनीतिक नेतृत्वबाट हस्तक्षेप भएको र त्यसका कारण आफू कारबाहीमा परेको विषय सबैलाई जानकारी रहेको उल्लेख गरेका छन् । यद्यपि राज्यको हित र कानून कार्यान्वयनप्रतिको आफ्नो प्रतिबद्धता कहिल्यै कमजोर नभएको उनको भनाइ छ ।

घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेपछि डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता असुलीलाई गति दिने निर्णयलाई प्राथमिकतामा राखेको स्मरण गरेका छन् । उनका अनुसार नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिबाट निर्णय गराई व्यवस्थापनलाई कानूनअनुसार कडाइका साथ असुली प्रक्रिया अघि बढाउन निर्देशन दिइएको थियो ।

उनले त्यसको परिणामस्वरूप अधिकांश उद्योगहरूले पहिलो किस्ता बुझाएको भए पनि पछिल्ला चरणमा असुली प्रक्रिया प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको बताएका छन् । किस्ताबन्दीमार्फत भुक्तानी सुरु गरेका उद्योगहरूले समेत रकम तिर्न रोक्दा राज्यकोषमा आउनुपर्ने रकम दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ ।

घिसिङले कानून सबैका लागि समान हुनुपर्ने भन्दै प्रभाव, पहुँच वा दबाबका आधारमा कसैले पनि आफ्नो दायित्वबाट छुट पाउन नहुने बताएका छन् । विगतमा राजनीतिक हस्तक्षेपका कारण विवादित बनेको विषयलाई अब थप बहानाबाजी गरेर अल्झाइराख्न नहुने उनको धारणा छ ।

उनले राज्यकोषमा आउनुपर्ने रकम असुल गर्नु सरकार र सम्बन्धित निकायको संवैधानिक तथा कानूनी दायित्व भएको उल्लेख गर्दै डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल बक्यौता तत्काल असुली प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । साथै सम्बन्धित उद्योगहरूलाई उपलब्ध किस्ताबन्दी सुविधाको उपयोग गर्दै आफ्नो दायित्व पूरा गर्न पनि उनले आह्वान गरेका छन् ।

घिसिङले जनताले अन्धकारको पीडा भोगेका बेला विशेष सुविधा लिएका उद्योगहरू आज आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भन्दै कानूनको शासन र राज्यको हितभन्दा माथि कोही पनि हुन नसक्ने बताएका छन् ।

Read More

नेपालद्वारा फिलिपिन्सको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति दुख व्यक्त

काठमाडौं । नेपाल सरकारले फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै फिलिपिन्स सरकार र त्यहाँका नागरिकप्रति सहानुभूति व्यक्त गरेको छ । साथै अझै बेपत्ता रहेका व्यक्तिहरूको शीघ्र उद्धार तथा घाइतेहरूको चाँडो स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

नेपाल सरकार र नेपाली जनता यस कठिन घडीमा फिलिपिन्स सरकार र जनताको साथमा रहेको तथा ऐक्यबद्धता व्यक्त गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

Read More

करका दरमा हेरफेर नभएको सरकारका प्रवक्ताको दावी

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले करका दरमा हेरफेर नभएको दाबी गरेका छन् । 

मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक गर्दै प्रवक्ता पोखरेलले अर्थमन्त्रीको बचाउ गर्दै बजेट र करको दरमा हेरफेर नभएको दावी गरेका हुन् ।

उनले भने- ‘कुनै चलखेल भएको छैन, अर्थमन्त्रीले एकदम मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनु भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’

७७४ बीवाईडी विद्युतीय गाडी बजेट अघि नै भन्सार पास गरेर ल्याउदै गरेको अवस्थमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यो विषय बाहिर आएको थियो । यस प्रकरणमा सरकारले छानबिनका लागि समिति गठन गरेको छ भने भन्सार र मन्त्रालयका केहि कर्मचारीलाई कारवाही गरेको छ । 

Read More

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १४५ घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी, बागमती, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ भने काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १४५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना, कोशी प्रदेशमा ४६ जना घाइते भएका छन् भने काठमाडौँमा २२ जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा ५ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा २१ जना घाइते भएका छन् भने कर्णालीमा ४ जना र लुम्बिनीमा १८ जना घाइते भएका छन् ।

Read More

महावीर पुन मन्त्री बन्दै

काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्तिका लागि सिफारिस गरेका हुन् । 

स्रोतका अनुसार पुनको शपथ आजै हुदैछ । उनी सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री रहेका पुनले राजीनामा दिएर स्वतन्त्र चुनाव लडेका थिए ।  

त्यस्तै गृहमन्त्रीमा सुदन गुरुङको कमब्याक हुने भएको छ ।

Read More