२०८३ असार १०

बजारमा सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा ६०० रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ८७ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ भने सोही परिमाणको चाँदी ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार एक तोला सुन २ लाख ८६ हजार ७०० रुपैयाँमा र चाँदी ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १५५ अमेरिकी डलर र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Read More

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा सुरु हुँदै, शीर्ष नेताहरूको सहभागिता मिश्रित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहने भए पनि केही शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन्। महाधिवेशनको मुख्य कार्यक्रम भरतपुरमा सञ्चालन हुनेछ। बन्दसत्र असार ८ र ९ गते हुने र त्यस क्रममा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि तय गरिएको छ।

महाधिवेशनको प्रमुख जानकारी

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा आजदेखि सुरु हुँदैछ। उद्घाटन कार्यक्रम आज नै हुने तय गरिएको छ। बन्दसत्र असार ८ र ९ गते सञ्चालन हुनेछ भने सोही क्रममा पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिनेछ।

राजनीतिक नेताहरूको सहभागिता

दलनेतासहभागिता स्थिति
नेकपा एमालेकेपी शर्मा ओलीसहभागी नहुने
नेकपा (माओवादी केन्द्र)पुष्पकमल दाहालसहभागी नहुने
नेपाली कांग्रेसगगन थापासहभागी हुने
एमालेप्रदीप ज्ञवालीउद्घाटन सत्रमा सहभागी हुने
माओवादी केन्द्रवर्षमान पुनउद्घाटन सत्रमा सहभागी हुने
जनमत पार्टीसीके राउतचितवन पुगेर सहभागी हुने
जनता समाजवादी पार्टी (नेपाल)उपेन्द्र यादवसहभागी हुने
राष्ट्रिय प्रजातन्त्र पार्टीराजेन्द्र लिङ्देनसहभागी हुने
श्रम संस्कृति पार्टीसहभागी नहुने

महाधिवेशनको उद्घाटन आज औपचारिक रूपमा सुरु हुँदैछ भने राजनीतिक दलहरूको विविध सहभागिताले कार्यक्रमलाई थप व्यापक बनाउने अपेक्षा गरिएको छ।

Read More

बालेन शाह चितवन पुगे, रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ महानगरका प्रमुख बालेन शाह आज बिहान चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन त्यहाँ पुगेका हुन्।

महाधिवेशनको उद्घाटन कार्यक्रम आज दिउँसो २ बजे हुने तय भएको छ। उद्घाटनका क्रममा बालेन शाह र पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा घण्टी बजाएर कार्यक्रमको औपचारिक सुरुवात गर्ने तयारी गरिएको छ।

कार्यक्रम स्थललाई दुवै नेताका तस्बिरहरूले सजाइएको छ। महाधिवेशन असार ९ गतेसम्म सञ्चालन हुने बताइएको छ।

Read More

जेनेभामा अमेरिका–इरान उच्चस्तरीय वार्ता सुरु, हर्मुज जलमार्ग पुनः बन्दको घोषणा

काठमाडौँ । मध्यपूर्वमा जारी तनावबीच अमेरिका र इरानबीच नयाँ चरणको वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा सुरु हुँदैछ। आणविक कार्यक्रमदेखि क्षेत्रीय द्वन्द्वसम्मका संवेदनशील विषय समेटिने वार्तालाई कूटनीतिक रूपमा निर्णायक प्रयासका रूपमा हेरिएको छ।

इरानी प्रतिनिधिमण्डल शनिबार राति जेनेभा पुगेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स वार्तामा सहभागी हुन युरोप प्रस्थान गरेका छन्। युरोप उड्नु अघि भान्सले इरानको आणविक कार्यक्रम र लेबनानमा युद्धबिराम कायम गर्ने विषयमा केही प्रगति हुने अपेक्षा व्यक्त गरेका थिए।

यसैबीच, इरानले लेबनानमा इजरायली सैन्य कारबाही जारी रहेको भन्दै रणनीतिक रूपमा महत्वपूर्ण ‘स्टे«ट अफ हर्मुज’ जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ। विश्व तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने उक्त जलमार्गमा इरानले यसअघि पनि तनावको समयमा अवरोध गर्दै आएको थियो।

वार्ताको पूर्वसन्ध्यामा क्षेत्रीय अवस्था थप जटिल बनेको छ। गत शुक्रबार हुने भनिएको वार्ता इजरायलले लेबनानमा गरेको घातक आक्रमणपछि स्थगित गरिएको थियो। त्यसअघि इजरायली सैनिकको मृत्यु भएपछि कारबाही गरिएको बताइएको थियो।

अमेरिकाले लेबनानमा युद्धबिराम पुनः लागू भएको घोषणा गरे पनि त्यसको भोलिपल्टै इजरायली सेना र हिज्बुल्लाहबीच पुनः झडप भएको छ। दुवै पक्षले एकअर्कामाथि युद्धबिराम उल्लङ्घनको आरोप लगाएका छन्।

इरानको केन्द्रीय सैन्य कमाण्डले अमेरिकाले प्रारम्भिक सहमति पालना नगरेको तथा इजरायलले दक्षिणी लेबनानमा लगातार युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाउँदै हर्मुज जलमार्ग पुनः बन्द गरिने निर्णय गरेको जनाएको छ।

अमेरिकी केन्द्रीय कमाण्डले भने अन्तर्राष्ट्रिय जलमार्गमा आवागमन सुरक्षित रहेको दाबी गर्दै आफ्ना सेना उच्च सतर्कतामा रहेको जनाएको छ। यता, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताबाट ठोस सहमति ननिस्किए हर्मुज मार्गमा नयाँ शुल्क प्रणाली लागू गर्ने चेतावनी दिएका छन्।

इरानी प्रतिनिधिमण्डलमा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सहभागी छन्। विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएइले प्रारम्भिक सहमति कार्यान्वयन नभएसम्म प्रगति कठिन हुने बताउँदै अडान दोहोर्‍याएका छन्।

वार्तामा अमेरिकी पक्षबाट जारेड कुशनर र स्टिभ विटकफ प्राविधिक तहमा छलफलमा संलग्न रहेको जनाइएको छ। पाकिस्तानले मध्यस्थकर्ताको भूमिकामा रहेर उच्चस्तरीय कूटनीतिक संवादमा प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनीरको समेत सहभागिता रहेको जनाएको छ।

उता, दक्षिणी लेबनानमा इजरायल र हिज्बुल्लाहबीचको झडप जारी रहँदा स्थिति अझ तनावपूर्ण बनेको छ। इजरायली सेनाले आफ्ना एक सैनिकको मृत्यु भएको जनाएको छ भने हिज्बुल्लाहले इजरायली घुसपैठ प्रयासको प्रतिकार गरेको दाबी गरेको छ।

लेबनानी सरकारी स्रोतका अनुसार हालैका हवाई आक्रमणमा दर्जनौँ स्थान प्रभावित भएका छन् भने दर्जनौंको ज्यान गएको छ। युद्धबिराम घोषणाकै बीच हिंसा बढेसँगै विस्थापित नागरिकहरू अझै त्रासपूर्ण अवस्थामा रहेको बताइएको छ।

Read More

अख्तियारमाथि कार्यपालिका हस्तक्षेपको आरोपपछि विधिको शासनबारे गम्भीर प्रश्न

काठमाडौँ । प्रधानमन्त्री कार्यालयमा भएको भनिएको एक घटनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रतामाथि कार्यपालिकाबाट हस्तक्षेप भएको आरोप सार्वजनिक भएसँगै राजनीतिक तथा कानुनी वृत्तमा गम्भीर बहस सुरु भएको छ। यस प्रकरणले राज्यका तीन अंगबीचको शक्ति सन्तुलन र विधिको शासनको आधारभूत सिद्धान्तमाथि प्रश्न उठाएको छ।

इ–पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा अघि नबढाइएको विषयलाई लिएर असन्तुष्ट पक्षले अख्तियारमाथि दबाब दिएको आरोप छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन, सल्लाहकार असिम शाह र मुख्य स्वकीय सचिव सुवास शर्मासहितको समूहले आयोगका पदाधिकारी र अनुसन्धान टोलीमाथि प्रत्यक्ष दबाब सिर्जना गरेको दाबी गरिएको हो।

उक्त समूहले अख्तियार प्रमुख प्रेम राईसहित आयुक्तहरू तथा अनुसन्धान अधिकृतहरूलाई प्रधानमन्त्री निवासमै लामो समयसम्म रोकेर सोधपुछ गरिएको, निर्णय प्रक्रियामा दबाब दिइएको तथा पक्राउ पुर्जी तयार गर्न बाध्य पारिएको जस्ता गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। उनीहरूलाई करिब नौ घण्टासम्म नियन्त्रणमा राखिएको दाबीसमेत गरिएको छ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले ‘कारबाही अघि नबढाई र पक्राउ पुर्जी जारी नगरी बाहिर जान नदिने’ चेतावनी दिएको भनिएको विषयले कानुनी तथा राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया जन्माएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यसलाई संवैधानिक निकायको स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भन्दै आपत्ति जनाएका छन्। उनका अनुसार अनुसन्धान प्रक्रियामा राजनीतिक वा प्रशासनिक दबाब स्वीकार्य हुँदैन र निर्णय केवल प्रमाण तथा कानुनी आधारमै हुनुपर्छ।

उनले सार्वजनिक पदाधिकारीले संवैधानिक निकायको कार्यमा हस्तक्षेप गर्नु कानुनी रूपमा दण्डनीय हुन सक्ने उल्लेख गर्दै अनुसन्धान अधिकारीलाई धम्की दिने वा नियन्त्रणमा राख्ने कार्य गम्भीर फौजदारी अपराधको दायरामा पर्ने बताएका छन्।

त्रिपाठीका अनुसार यस्तो अवस्थामा अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै दबाब दिने पक्षमाथि समेत आवश्यक अनुसन्धान अघि बढाउनुपर्छ। यस्ता हस्तक्षेपलाई बेवास्ता गरिए राज्यमा विधिको शासन कमजोर हुने जोखिम रहने उनको चेतावनी छ।

यो प्रकरणलाई कानुनी र राजनीतिक वृत्तले राज्य संरचनाभित्र शक्ति प्रयोग र सीमाको महत्वपूर्ण परीक्षणका रूपमा लिएका छन्, जसको परिणामले विधिको शासनको विश्वसनीयतामा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ।

Read More

फिफा विश्वकप २०२६: समूह ‘एफ’ मा जापानको प्रभावशाली ४–० जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित हासिल गरेको छ। स्टाडियो मेन्टारीमा सम्पन्न खेलमा जापानले पहिलो हाफमा २–० को अग्रता बनाउँदै खेल आफ्नो पक्षमा मजबुत बनाएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गर्‍यो।

जापानको जितमा आयसे उएदाले दुई गोल गरे भने दाइची कामादा र जुन्या इटोले एक–एक गोल योगदान दिए। खेलको सुरुवातदेखि नै जापानले आक्रामक खेल प्रदर्शन गर्दै ट्युनिसियामाथि लगातार दबाब सिर्जना गरेको थियो।

खेलको चौथो मिनेटमै दाइची कामादाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। नाकामुराको बायाँतर्फबाट आएको पास अप्रत्याशित रूपमा कामादाको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो। त्यसपछि ३१ औं मिनेटमा आयसे उएदाले दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा पनि जापानले आफ्नो लय कायम राख्यो। ६९ औं मिनेटमा जुन्या इटोले डिफेन्डरलाई छक्याउँदै उत्कृष्ट फिनिसमार्फत तेस्रो गोल गरे। त्यसपछि ८३ औं मिनेटमा उएदाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जितलाई पूर्णता दिए।

यो खेल फिफा विश्वकप इतिहासको १ हजारौं खेल पनि भएको उल्लेखनीय क्षण रह्यो। प्रतियोगिता सन् १९३० देखि सुरु भएको हो। यस हारसँगै ट्युनिसियाको विश्वकप अभियान समाप्त भएको छ।

Read More

लेबनानमा युद्धविरामबीच इजरायली आक्रमण तीव्र, कूटनीतिक वार्ता संकटमा

काठमाडौं ।  लेबनानमा लागू भएको युद्धविरामबीच पनि इजरायली सेनाले जारी राखेको हवाई तथा ड्रोन आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। पछिल्ला घटनाक्रमले स्विट्जरल्याण्डमा हुने तय भएको अमेरिका–इरान कूटनीतिक वार्तामाथि समेत गम्भीर असर पर्ने संकेत देखिएको छ।

यसै सन्दर्भमा अघिल्लो हप्ता भएको समझदारीलाई थप मजबुत बनाउने उद्देश्यसहित आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टकमा अमेरिका र इरानबीच अर्को चरणको वार्ता हुँदैछ। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार यस वार्तामा अमेरिका र इरानका प्रतिनिधिसँगै मध्यस्थकर्ताका रूपमा पाकिस्तान र कतार पनि सहभागी हुनेछन्।

तर, शुक्रबारदेखि लागू युद्धविरामको उल्लङ्घन गर्दै इजरायलले दक्षिणी लेबनानमा निरन्तर बमबारी गरेपछि वार्ताको वातावरण तनावग्रस्त बनेको छ। इरानले लेबनानमा पूर्ण युद्धविरामलाई नै कूटनीतिक प्रक्रियाको मुख्य आधारका रूपमा लिएको बताइएको छ।

लेबनानको नागरिक सुरक्षा निकायका अनुसार शनिबार नाबातिए जिल्लामा भएको आक्रमणमा १६ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। टायर जिल्लाको बरिश गाउँमा एउटै परिवारका चार सदस्यको ज्यान गएको छ भने पश्चिमी बेकाको सोहमोरमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको छ। सिडोन जिल्लाको कनारितमा भएको आक्रमणमा सात जनाको मृत्यु र १३ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कफर रेमान क्षेत्रमा भएको अर्को आक्रमणमा एक लेबनानी सैनिकको मृत्यु भएको छ। लेबनानी सेनाले यसलाई देशको स्थिरता बिथोल्ने प्रयास भन्दै कडा निन्दा गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि हालसम्म इजरायली आक्रमणमा ४,०५७ जनाको मृत्यु र १२,१२१ जना घाइते भएका छन्।

यसैबीच, हिजबुल्लाहले नाबातिए क्षेत्रमा अघि बढ्न खोजेका इजरायली सेनालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। इजरायली सेनाले भने हिजबुल्लाहले ५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ। पछिल्ला घटनासँगै युद्धविराम सम्झौतापछि पाँचौँ इजरायली सैनिकको मृत्यु भएको दाबी गरिएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार इजरायल र लेबनानबीच आगामी जुन २३ र २५ मा वासिङ्टन डिसीमा नयाँ चरणको शान्ति वार्ता हुने तय भएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले लेबनानी राष्ट्रपति जोसेफ आउनसँगको छलफलमा उक्त वार्ता हिंसा अन्त्य र आर्थिक पुनरुत्थानका लागि निर्णायक हुने बताएका छन्।

तर, वार्तामा हिजबुल्लाहलाई समावेश नगरिनुले दीर्घकालीन शान्ति प्रक्रियामाथि प्रश्न उठाएको छ। हिजबुल्लाहका सांसद अली फैयादले इजरायली सेना लेबनानी भूमिमा रहुन्जेल कुनै पनि युद्धविराम स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

Read More

शहबाज सरिफ र सेना प्रमुख मुनिर स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिर इस्लामाबादबाट स्विट्जरल्याण्डका लागि प्रस्थान गरेका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार अमेरिका र इरानबीच चलिरहेको कूटनीतिक वार्तासम्बन्धी छलफलमा सहभागी हुन उनीहरू स्विट्जरल्याण्ड गएका हुन्। उक्त वार्ता त्यहीँ जारी रहने जनाइएको छ।

युद्धविराम घोषणा भएपछि पाकिस्तानले अमेरिका–इरान वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। पाकिस्तानको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षबीच भएका समझदारीको कार्यान्वयन र समर्थनका लागि पाकिस्तानले निरन्तर सहयोग जारी राख्ने उल्लेख गरिएको छ।

वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, जारेड कुश्नर तथा मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ सहभागी हुने बताइएको छ।

Read More

निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी, ७ प्रदेशमा विस्तार हुने

काठमाडौं । सरकारले देशभरका महिला तथा बालिकाहरूका लागि सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यसहित सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी अघि बढाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारको १०० दिने विशेष कार्ययोजना अन्तर्गत यस परियोजनालाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। प्रारम्भिक चरणमा आगामी १०० दिनभित्र देशभर कम्तीमा २५ वटा सुविधासम्पन्न ‘ब्लु बस’ सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

काठमाडौंमा साझा यातायातसँग सहकार्य

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा साझा यातायातसँगको प्राविधिक तथा व्यवस्थापकीय सहकार्यमा कम्तीमा सातवटा ‘ब्लु बस’ सञ्चालनमा ल्याइनेछ। उपत्यकाबाहिरका सातै प्रदेशमा भने स्थानीय यातायात व्यवसायी संघहरूसँग समन्वय गरी थप १८ वटा बस सञ्चालनको तयारी भइरहेको छ।

मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार सार्वजनिक यातायातमा महिला तथा बालिकामाथि हुने असुरक्षा र दुव्र्यवहार न्यूनीकरण गर्न यो सेवा महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।

सेवा विस्तारको योजना

प्रवक्ता पोखरेलका अनुसार प्रारम्भिक चरणमा २५ वटा बस सञ्चालन गरिए पनि आगामी आर्थिक वर्षको बजेटमार्फत यो सेवा सातै प्रदेशका प्रमुख सहरहरूमा विस्तार गर्ने योजना रहेको छ।

सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय तालिका, लागत अनुमान तथा सञ्चालन मोडालिटीसम्बन्धी प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। उक्त प्रस्तावको प्राविधिक तथा कानुनी अध्ययनपछि अन्तिम स्वीकृतिका लागि मन्त्रीस्तरीय निर्णयमा पेस गरिएको छ।

सुरक्षित सार्वजनिक यातायाततर्फ नयाँ मापदण्ड

मन्त्रालयले ‘ब्लु बस’ सेवा मात्र नभई अन्य सार्वजनिक यातायातलाई समेत प्रविधिमैत्री, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले नयाँ मापदण्डको मस्यौदा तयार गरी स्वीकृतिको प्रक्रियामा अघि बढाइएको जनाएको छ।

Read More

विश्वकप २०२६ : कुरासाओको पहिलो अंक, रुम हिरो बने

काठमाडौं । फिफा विश्वकप २०२६ मा विश्वकप डेब्यू गरिरहेको कुरासाओले गोलरहित बराबरी खेल्दै ऐतिहासिक पहिलो अंक जोडेको छ। खेलमा टोलीका गोलकिपर एलोए रुमको उत्कृष्ट प्रदर्शन निर्णायक बनेको हो।

कान्सास सिटी स्टेडियममा भएको खेलमा कुरासाओले इक्वेडरलाई ०–० को बराबरीमा रोकेको हो। खेलभर इक्वेडरले निरन्तर दबाब बनाए पनि रुमले करिब १५ उत्कृष्ट बचाव गर्दै टोलीलाई हारबाट जोगाए।

विश्वकप इतिहासमा सर्वाधिक सेभको कीर्तिमान २०१४ मा अमेरिकाका टिम हावार्डले बेल्जियमविरुद्ध गरेका १६ बचाव हुन्। रुमले आजको प्रदर्शनमार्फत सो सूचीमा दोस्रो स्थाननजिक पुग्ने उपलब्धि हासिल गरेका छन्।

३७ वर्षीय रुम अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामीबाट खेल्छन्।

इक्वेडरका गोलकिपर हर्नान गालिन्डेजले पनि केही महत्वपूर्ण बचाव गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। यस खेलसँगै इक्वेडर र कुरासाओ दुवै टोलीको नकआउट सम्भावना कायम रहेको छ।

यसअघि इक्वेडर पहिलो खेलमा आइभरी कोस्टसँग २–१ ले पराजित भएको थियो भने कुरासाओ जर्मनीसँग ७–१ ले पराजित भएको थियो।

Read More