२०८३ भाद्र १

रास्वपा महाधिवेशन: डिजिटल भोटिङ मेसिन तयारी, मतदान प्रक्रिया छिटो हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा मतदानलाई प्रविधिमैत्री र छिटोछरितो बनाउन डिजिटल भोटिङ प्रणाली प्रयोग गरिने भएको छ।

यसपटक भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम इन्ट्री गर्ने समय करिब ६ घण्टामा सीमित गरिएको प्राविधिक टोलीले जनाएको छ। विगतमा यो प्रक्रिया १५ घण्टासम्म लाग्ने गरेको थियो।

हाल प्राविधिक टोली निर्वाचन समितिबाट अन्तिम नामावलीको प्रतीक्षामा छ। नामावली प्राप्त भएपछि डाटा इन्ट्री सुरु गरिनेछ। महाधिवेशन स्थलमा ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएका छन्।

पार्टीको ९९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि देशभरबाट ४०० भन्दा बढी आकांक्षीले उम्मेदवारी दिएका छन्। प्रारम्भिक नामावली सार्वजनिक भएपछि दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम नामावली तयार गरिनेछ।

अन्तिम नामावली मेसिनमा इन्ट्री भएपछि डिजिटल मतदान सुरु हुने र परिणाम छिटो आउने रास्वपाले जनाएको छ।

Read More

काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि नयाँ कार्यतालिका सार्वजनिक गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी कार्यतालिकाअनुसार सदस्यता सम्बन्धी विभिन्न कामहरू आगामी असार २० गतेभित्र सम्पन्न गरिनेछ।

कार्यतालिकामा जेठ २८ गतेपछि छुटेका सदस्यहरूले स्वयं आफ्नो सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनमा स्थगित सदस्यतासम्बन्धी काम पनि सोही मितिभित्र टुंग्याइने कांग्रेसले जनाएको छ।

त्यसैगरी, जनसम्पर्क समितिका सदस्यता अद्यावधिक, नयाँ वितरण तथा पार्टी प्रवेश गरेका सदस्यहरूको व्यवस्थापन पनि असार २० गतेभित्र सम्पन्न गरिनेछ।

अद्यावधिक भएका सदस्यहरूको विवरण रुजु गर्ने प्रक्रिया भने असार महिनाभर जारी रहने पार्टीले जनाएको छ।

Read More

नेपाल प्रहरीलाई अब १५–१५ दिनमा तलब, नयाँ प्रणाली लागू हुने

काठमाडौं । सरकारले नेपाल प्रहरीलाई अब मासिक रूपमा होइन, १५–१५ दिनको अन्तरालमा अर्धमासिक रूपमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ।

प्रहरी प्रधान कार्यालयले सोमबार सबै बजेट सञ्चालन गर्ने प्रहरी कार्यालयहरूलाई पत्राचार गर्दै नयाँ प्रणालीबारे जानकारी गराएको हो।

प्रशासन विभागका डीआईजी हिमालयकुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा अर्थमन्त्रीस्तरको ४ वैशाखको निर्णय र महालेखा नियन्त्रक कार्यालयको २१ वैशाखको पत्रअनुसार आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई हरेक महिनाको १५ दिन पूरा भएपछि अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने प्रणाली लागू हुने उल्लेख छ।

सोही अनुसार आवश्यक प्रणालीगत व्यवस्था मिलाइसकिएको र कार्यान्वयन गर्न निर्देशन दिइएको प्रहरीले जनाएको छ।

Read More

तेहरानस्थित भारतीय दूतावासद्वारा इरान यात्रा नगर्न सुरक्षा चेतावनी

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र सुरक्षा जोखिमका कारण इरानस्थित भारतीय दूतावासले भारतीय नागरिकहरूलाई तत्काल इरान यात्रा नगर्न चेतावनी दिएको छ।

दूतावासले बुधबार जारी गरेको सुरक्षा सूचनामा तेहरानसहित इरानको समग्र सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। हाल केही सकारात्मक कूटनीतिक प्रगति भए पनि जोखिम कायमै रहेकाले अर्को सूचना नभएसम्म यात्रा नगर्न आग्रह गरिएको हो।

दूतावासका अनुसार इरानमा रहेका भारतीय नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, स्थानीय अधिकारीका निर्देशन पालना गर्न र विश्वसनीय सूचना स्रोतमार्फत घटनाक्रमबारे अद्यावधिक रहन भनिएको छ।

साथै, इरानमा रहेका सबै भारतीय नागरिक र हालै प्रवेश गरेका व्यक्तिहरूलाई दूतावासमा आफ्नो विवरण दर्ता गर्न र आपतकालीन सम्पर्कका लागि उपलब्ध हेल्पलाइन तथा इमेल प्रयोग गर्न निर्देशन दिइएको छ।

यसैबीच, अमेरिका–इरानबीच युद्ध अन्त्यका लागि भएको एमओयूपछि प्राविधिक वार्ताको प्रारम्भिक चरण सम्पन्न भएको र ६० दिनभित्र अन्तिम सम्झौताका लागि मार्गदर्शन तय गर्ने सहमति भएको जनाइएको छ। तर होर्मुज जलडमरूमध्य प्रशासन र इरानी वित्तीय भण्डारसम्बन्धी विषयमा भने अझै मतभेद कायम रहेको बताइएको छ।

Read More

रास्वपा सभापति रवि लामिछाने आरोप: राज्यका तीनै अंग प्रयोग गरी राजनीतिक प्रतिशोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध राज्यका तीनै अंगको दुरुपयोग गरी राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणलाई आधार बनाएर आफू र पार्टीमाथि योजनाबद्ध राजनीतिक आक्रमण गरिएको दाबी गरे। नेपाली कांग्रेस नेतृत्वको सरकार बनेपछि रास्वपाविरुद्ध खुला प्रतिशोध सुरु भएको उनको भनाइ थियो।

लामिछानेका अनुसार संसदीय छानबिन समितिको निष्कर्ष विपरीत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता आरोप लगाइएका छन्। उनले मुद्दा थपिँदै जानु, अभियोजन विस्तार हुनु र रातारात जेल स्थानान्तरण गर्नुजस्ता घटनालाई राजनीतिक प्रतिशोधको प्रमाणका रूपमा प्रस्तुत गरे।

उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासमेत प्रयोग गरेर आफूलाई लक्षित गरिएको आरोप लगाउँदै यो संगठित राजनीतिक अपराध भएको टिप्पणी गरे। साथै, यस घटनामा संलग्न धेरै राजनीतिक पात्रहरू अहिले संसदमा नरहेको दाबी पनि गरे।

Read More

रास्वपाको प्रदेशसभा खारेजी प्रस्तावप्रति जनमत पार्टीको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रदेशसभा खारेजी र स्थानीय तह एकतिहाइ कटौतीसहित संघीय संरचनामा व्यापक परिवर्तनको प्रस्ताव राखेपछि जनमत पार्टीले आपत्ति जनाएको छ।

सिके राउत नेतृत्वको जनमत पार्टीले रास्वपाको महाधिवेशन बन्दसत्रमा प्रस्तुत अर्थ–राजनीतिक प्रतिवेदनमा समेटिएको प्रदेशसभा खारेजी प्रस्तावको विरोध गरेको हो।

जनमत पार्टीका अध्यक्ष सिके राउतले सबै दललाई आफ्नै राजनीतिक एजेण्डा राख्ने स्वतन्त्रता भए पनि संविधान संशोधन बिना प्रदेशसभा खारेज हुन नसक्ने बताएका छन्। उनले तत्काल आत्तिनुपर्ने अवस्था नभएको टिप्पणी पनि गरेका छन्।

यसैबीच, रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले चुनावअघि जनकपुरको सभामा प्रदेशलाई बलियो बनाउने धारणा राखेका थिए।

Read More

गरुडा नगरपालिकामा १ करोडभन्दा बढी अनियमितता, महालेखाले चरम आर्थिक अनियमितता औँल्यायो

काठमाडौं । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले गरुडा नगरपालिकामा १ करोड १ लाख ६० हजार ५४१ रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको देखाएको छ।

प्रतिवेदनअनुसार आवश्यक कागजात, प्रमाण तथा कानुनी प्रक्रिया पूरा नगरी, मेयर कन्थमणी जयसबाल र उनका छोराहरूको मौखिक आदेशमा समेत भुक्तानी गरिएको पाइएको छ। केही खर्चमा बिल–भर्पाई, दररेट, कार्यसम्पन्न प्रतिवेदन र प्राविधिक पुष्टि नै नभएको महालेखाले जनाएको छ।

नगरपालिकाले सार्वजनिक खरिद ऐन र वित्तीय अनुशासन उल्लङ्घन गर्दै स्वीकृति बिना खर्च तथा कमजोर लेखा व्यवस्थापन गरेको प्रतिवेदनमा उल्लेख छ। केही योजनाहरू सम्पन्न भएको दाबी गरिए पनि आवश्यक प्रमाण नपाइएको र मूल्याङ्कन स्पष्ट नभए पनि भुक्तानी भएको देखिएको छ।

महालेखाले आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्न, सार्वजनिक खरिद प्रक्रिया पारदर्शी बनाउन र नियमित लेखा परीक्षण प्रभावकारी गर्न सुझाव दिएको छ।

स्थानीयवासीले भने हरेक वर्ष यस्ता प्रतिवेदन आए पनि सुधार नदेखिएको भन्दै विकास बजेटको दुरुपयोग र पारदर्शिताको अभावप्रति चिन्ता व्यक्त गरेका छन्।

Read More

होर्मुज जलमार्ग संकटपछि ११ हजारभन्दा बढी नाविक उद्धार सुरु

काठमाडौं । संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले अमेरिका–इरानबीच युद्ध अन्त्यसम्बन्धी समझदारी (एमओयु) पछि होर्मुज जलडमरूमध्यमा फसेका ११ हजारभन्दा बढी नाविकहरूको उद्धार सुरु गरेको छ।

आईएमओका महासचिव आर्सेनियो डोमिन्गेजका अनुसार उद्धार कार्य इरान, ओमान, अन्य तटीय देशहरू, अमेरिका र समुद्री उद्योगसँगको समन्वयमा सुरक्षित रूपमा अघि बढाइँदैछ। उनका अनुसार सुरक्षा ग्यारेन्टी सुनिश्चित भइसकेको छ र सुरक्षित नेभिगेसनका अवस्था जाँचिएपछि उद्धार सम्भव भएको हो।

फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इरान युद्धका कारण इरानले जलमार्ग आंशिक रूपमा बन्द गरेपछि जहाजहरू फसेका थिए। पछिल्लो सम्झौतापछि यातायात पुनः बढेको छ भने सोमबार मात्र ३६ व्यापारिक जहाजले जलमार्ग पार गरेका छन्, जुन युद्धयताकै उच्च संख्या हो।

ओमानको रक्षा मन्त्रालयका अनुसार उद्धार प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइनेछ, किनभने उच्च जोखिमका कारण जहाज टकरावको सम्भावना अझै रहेको छ।

यसैबीच, डेनमार्कले फ्रान्स र बेलायतको नेतृत्वमा बनेको अन्तर्राष्ट्रिय समुद्री मिसनमा सहभागी हुने घोषणा गरेको छ। ओमान र इरानले व्यापार पुनः सुरु गर्ने संयन्त्रबारे छलफल भइरहेको पनि जनाइएको छ।

तर जलमार्ग पूर्ण रूपमा कहिले खुल्ने भन्ने अझै स्पष्ट छैन, र दुवै तर्फ सयौँ जहाजहरू फसेका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै पनि सम्झौतामा इरानले जलमार्गमा शुल्क लिन नपाउने स्पष्ट पारेका छन्। इरानले भने युद्धपूर्व अवस्थामै फर्कन नदिने बताएको छ।

Read More

परराष्ट्र मन्त्रालयद्वारा जेठ महिनाको ४९ बुँदे कामको विवरण सार्वजनिक

काठमाडौं । परराष्ट्र मन्त्रालयले गत जेठ महिनामा सम्पादन गरिएका कामहरूको ४९ बुँदे सूची सार्वजनिक गरेको छ, जसमा उच्चस्तरीय भ्रमणदेखि कूटनीतिक समन्वय र कन्सुलर सेवासम्मका गतिविधिहरू समेटिएका छन्।

मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीनको औपचारिक भ्रमण गरेका थिए। भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भएको भारत भ्रमणका क्रममा विकास सहकार्य, व्यापार, ऊर्जा तथा जनस्तरको सम्बन्ध विस्तारबारे द्विपक्षीय छलफल भएको थियो।

त्यस्तै, चिनियाँ विदेशमन्त्रीको निमन्त्रणामा जेठ ३१ देखि असार ३ गतेसम्म चारदिने चीन भ्रमण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ।

सूचीमा जेठ १२ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग काठमाडौँस्थित युरोपेली संघ तथा विभिन्न देशका राजदूत र नियोग प्रमुखहरूको संयुक्त शिष्टाचार भेट भएको विवरण पनि समावेश छ। उक्त भेटको तयारी, समन्वय र सहजीकरण परराष्ट्र मन्त्रालयले गरेको थियो।

त्यसैगरी संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिद्वारा आयोजित अन्तरक्रियामा परराष्ट्रमन्त्री र परराष्ट्र सचिव सहभागी भएका थिए। सो अवसरमा मन्त्रालयका प्राथमिकता, चालु कार्यक्रम तथा कूटनीतिक गतिविधिबारे प्रस्तुति गरिएको थियो।

मन्त्रालयका अनुसार भारत–नेपाल सीमापार रेलमार्ग परियोजनाको प्रगति समीक्षा तथा रेल क्षेत्रमा द्विपक्षीय सहकार्यलाई सुदृढ बनाउने विषयमा पनि काम भएको छ।

_Monthly Report Jestha 2083 Final _r15zyhq

Read More

ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा विशेष अदालतमा बयान जारी

काठमाडौँ । राहदानी विभागको ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा दोस्रो दिन पनि बयान जारी रहेको छ ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अदालतमा उपस्थित गराइएका प्रतिवादीहरूको बयान चलिरहेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक अर्याल, निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखाधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) राजाराम दाहाल र जर्मनी कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ललाई अदालतमा उपस्थित गराएको थियो।

बयान प्रक्रिया पूरा भएपछि थुनछेक बहस अघि बढ्ने बताइएको छ।

Read More