२०८३ श्रावण ११

साउने संक्रान्तिमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं : कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सूचनाअनुसार उक्त दिन कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहनेछन्।

कार्यालयका अनुसार प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गते बसेको बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै निकाय र सर्वसाधारणलाई जानकारी गराइएको हो।

Read More

विश्व जनमतमा चीनको छवि सुधारिँदै, अमेरिकाप्रतिको धारणा कमजोर : प्यु रिसर्च

काठमाडौं विश्वका धेरै देशमा अमेरिकाभन्दा चीनप्रति सकारात्मक धारणा बढेको प्यु रिसर्च सेन्टरको नयाँ अध्ययनले देखाएको छ। संस्थाले विश्वव्यापी महाशक्ति राष्ट्रहरूप्रतिको जनमत अध्ययन गर्न थालेयता यस्तो अवस्था पहिलो पटक देखिएको जनाएको छ।

अमेरिकामा आधारित गैर-दलीय अनुसन्धान संस्थाको प्रतिवेदनअनुसार पछिल्लो समय धेरै देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण उच्च बिन्दुमा पुगेको छ भने अमेरिकाप्रतिको धारणा भने केही कमजोर बनेको छ।

प्यु रिसर्चले फेब्रुअरीदेखि मेसम्म ३६ देशका ४२ हजारभन्दा बढी मानिससँग सर्वेक्षण गरेको थियो। सहभागीहरूलाई अमेरिका र चीनप्रति उनीहरूको धारणा सकारात्मक वा नकारात्मकमध्ये कुन स्तरको छ भनेर प्रश्न गरिएको थियो।

सर्वेक्षणमा सहभागी ३६ देशमध्ये २५ देशका बहुसङ्ख्यक नागरिकले अमेरिकाको तुलनामा चीनप्रति बढी सकारात्मक धारणा राखेको पाइएको छ। प्यु रिसर्चका अनुसन्धानकर्ता जोनाथन शुलम्यानका अनुसार सन् २००२ देखि यस्तो अध्ययन सुरु भएयता यति धेरै देशमा चीनले अमेरिकाभन्दा राम्रो धारणा पाएको यो पहिलो पटक हो।

सर्वेक्षणमा सहभागी देशमध्ये छ वटा राष्ट्रमा मात्र अमेरिकाप्रतिको सकारात्मक धारणा चीनभन्दा बलियो देखिएको छ। तीमध्ये पोल्याण्ड, फिलिपिन्स, दक्षिण कोरिया, भारत, जापान र इजरायल रहेका छन्।

यस वर्ष स्पेन, इन्डोनेसिया, इटाली, ग्रीस र क्यानडालगायत देशमा चीनप्रतिको धारणामा उल्लेखनीय सुधार देखिएको अध्ययनले जनाएको छ।

ट्रम्प र सीप्रति भरोसा कमजोर

सर्वेक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङप्रति विश्वव्यापी भरोसाबारे पनि प्रश्न गरिएको थियो। दुवै नेताप्रतिको भरोसा समग्रमा ५० प्रतिशतभन्दा कम रहे पनि धेरै देशमा ट्रम्पको तुलनामा सीप्रति केही बढी भरोसा व्यक्त गरिएको छ।

सीप्रति सबैभन्दा बढी सकारात्मक प्रतिक्रिया पाकिस्तानबाट आएको छ, जहाँ ८३ प्रतिशत सहभागीले भरोसा व्यक्त गरेका छन्। यता जापानमा भने सीप्रतिको भरोसा ७ प्रतिशत मात्र रहेको छ।

ट्रम्पप्रति सबैभन्दा बढी सकारात्मक धारणा फिलिपिन्समा देखिएको छ, जहाँ ६८ प्रतिशतले भरोसा व्यक्त गरेका छन् भने वेस्ट बैंक र पूर्वी जेरुसेलममा यो दर ४ प्रतिशत रहेको छ।

स्वतन्त्रता र विदेश नीतिमा फरक धारणा

व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्ने विषयमा भने सहभागीहरूले अमेरिकालाई चीनभन्दा अगाडि राखेका छन्। तर अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने विषयमा अमेरिकाप्रति आलोचनात्मक धारणा बढी देखिएको छ।

मध्यम आय भएका देशहरूमा गरिएको थप सर्वेक्षणमा औसत ७५ प्रतिशत सहभागीले अमेरिकाले अन्य देशका मामिलामा धेरै वा ठूलो मात्रामा हस्तक्षेप गर्ने गरेको बताएका छन्। चीनका हकमा यस्तो धारणा राख्नेको औसत ४५ प्रतिशत रहेको छ।

आयस्तरअनुसार चीनप्रतिको धारणा फरक

अध्ययनले मध्यम आय भएका देशहरूमा चीनप्रति सकारात्मक धारणा बढी देखाएको छ भने धनी देशहरूमा चीनप्रति नकारात्मक धारणा तुलनात्मक रूपमा बढी रहेको जनाएको छ।

एसिया–प्रशान्त क्षेत्रमा चीनप्रतिको धारणा सबैभन्दा धेरै फरक देखिएको छ। पाकिस्तानमा करिब ९० प्रतिशत मानिस चीनप्रति सकारात्मक देखिएका छन् भने जापानमा यो संख्या ११ प्रतिशत मात्र रहेको छ।

अन्य अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि पछिल्ला वर्षमा चीनको विश्वव्यापी छविमा सुधार आएको संकेत गरेका छन्। ग्यालपको अध्ययनले पनि चीनको विश्वव्यापी अनुमोदन दरमा वृद्धि देखाएको थियो।

यद्यपि, एसिया सोसाइटीको वार्षिक प्रतिवेदनले भने कोभिड–१९ महामारीका बेला कमजोर बनेको चीनको छविमा सुधार भए पनि त्यो सीमित रहेको उल्लेख गरेको छ।

Read More

चितवनमा ३५ हजारभन्दा बढी बोरा युरिया बिक्री, मलको पर्याप्त मौज्दात रहेको दाबी

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय चितवनले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र ४ हजार ९४३ बोरा पोटास मल बिक्री वितरण गरिएको जनाएको छ।

कार्यालयका अनुसार हाल ९ हजार २०० बोरा युरिया र १ हजार बोरा डीएपी बिक्री भइरहेको छ। थप बिक्रीका लागि कार्यालयमा ७ हजार ८०२ बोरा युरिया, २ हजार ८६६ बोरा डीएपी र १२ हजार ४२५ बोरा पोटास मौज्दात रहेको छ।

हाल ५० केजी युरियाको मूल्य ८४७ रुपैयाँ, डीएपीको मूल्य २ हजार २९७ रुपैयाँ र पोटासको मूल्य १ हजार ६९७ रुपैयाँ कायम गरिएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय चितवनका प्रमुख बुद्धि विनोद दाहालका अनुसार जिल्लाका सूचीकृत बिक्रेतामार्फत सरकारले तोकेको अनुदानित मूल्यमा रासायनिक मल बिक्री भइरहेको छ।

उनले रोपाइँको मुख्य समयमा कृषकलाई मलको अभाव हुन नदिन सरकारको जिम्मेवारीअनुसार समयमै अनुदानित मल उपलब्ध गराउँदै आएको बताए। स्थानीय तहको सिफारिसका आधारमा मल बिक्री वितरण भइरहेको उनको भनाइ छ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष चितवनमा ४२ हजार २०१ बोरा युरिया, २१ हजार ५८४ बोरा डीएपी र १ हजार ८४२ बोरा पोटास मल बिक्री वितरण भएको थियो।

Read More

जोर्डनले खसाल्यो इरानबाट प्रक्षेपित आठ मिसाइल, खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं । जोर्डनको वायु प्रतिरक्षा प्रणालीले इरानबाट प्रक्षेपण गरिएका आठ वटा मिसाइल खसालेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। जोर्डनका सशस्त्र बलका अनुसार ती मिसाइलहरू देशतर्फ आइरहेका थिए।

मिसाइल अवरोध गरेपछि त्यसका अवशेष विभिन्न स्थानमा खसे पनि मानवीय क्षति वा भौतिक नोक्सानी नभएको सरकारी समाचार एजेन्सी पेट्राले जनाएको छ।

यता, इरानी सेनाले भने जोर्डनस्थित अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सी आईआरएनए र प्रेस टिभीका अनुसार इरानले अल–अजराक हवाई अड्डास्थित अमेरिकी सैन्य सञ्चार प्रणाली र इन्धन भण्डारण केन्द्रमा ड्रोन आक्रमण गरेको जनाएको छ।

तर अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानको उक्त दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

यसैबीच, खाडी क्षेत्रका अन्य देशहरूले पनि सुरक्षा सतर्कता बढाएका छन्। बहराइनको गृह मन्त्रालयले साइरन बजाइएको जानकारी दिँदै नागरिकलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको छ।

त्यस्तै, कुवेतको सेनाको जनरल स्टाफले आफ्नो वायु प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण ड्रोन आक्रमणको सामना गरिरहेको जनाएको छ। इरानको अर्धसरकारी तस्निम समाचार एजेन्सीका अनुसार कुवेतस्थित अमेरिकी सैन्य अड्डाका पूर्वाधारहरू पनि इरानको निशानामा परेका छन्।

Read More

त्रिविले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण कार्य बन्द गर्‍यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले लामो समयदेखि गर्दै आएको उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ।

केन्द्रले जारी गरेको सूचनाअनुसार ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन भएपछि यस्तो निर्णय गरिएको हो।

नयाँ कानुनी व्यवस्थाअनुसार अब उच्च शिक्षाका उपाधिको समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई दिइएको छ।

व्यवस्था कार्यान्वयनमा आएसँगै त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले २०८३ साल साउन १ गतेदेखि समकक्षताका लागि नयाँ आवेदन लिन बन्द गरेको जनाएको छ।

Read More

प्रहरी दमनविरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूविरुद्ध नेपाल प्रहरीले गरेको दमन र कुटपिटको घटनालाई लिएर कानुनी लडाइँ लड्ने बताएका छन्।

अस्पतालबाट डिस्चार्ज भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अन्सारीले आफूलाई गैरकानुनी रूपमा बन्दी बनाइएको र शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाएका छन्। कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न पुगेका बेला प्रहरीले आफू र आफ्ना साथीहरूमाथि कुटपिट गरेको उनको भनाइ छ।

अन्सारीका अनुसार कीर्तिपुरमा बाढीपीडितको सेवामा खटिएका बेला एक ‘गैर–निर्वाचित व्यक्तिको आदेश’ मा प्रहरीले उनीहरूलाई घेरा हालेर कुटपिट गरेको थियो। उनले क्यामेराको पहुँचभन्दा बाहिर लगेर १०–१२ जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको दाबी गरेका छन्।

उपचारका लागि सुरुमा कीर्तिपुर अस्पताल र त्यसपछि त्रिवि शिक्षण अस्पताल पुगेका अन्सारीले त्यहाँ पनि गृह मन्त्रालय र प्रहरीको निगरानीमा आफू अन्यायमा परेको बताएका छन्।

उनले करिब ३–४ दिनसम्म प्रहरी निगरानीमा राखेर मानसिक दबाब दिइएको र स्वतन्त्र रूपमा उपचार पाउने अधिकारबाट समेत वञ्चित गर्न खोजिएको आरोप लगाएका छन्।

“म स्वास्थ्य अवस्था सामान्य भएपछि सार्वजनिक रूपमा प्रस्तुत हुने नै छु। ममाथि भएको प्रहरीको नियोजित घेराबन्दी र चरम यातनाविरुद्ध कानुनी लडाइँ लड्ने नै छु,” अन्सारीले भनेका छन्।

Read More

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ४०० रुपैयाँले बढेर २ लाख ८५ हजार २०० रुपैयाँ पुगेको छ।

यता, चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँमा झरेको हो।

Read More

इलाम कारागारबाट ४८ लाखभन्दा बढी रकम बरामद, तीन जनामाथि अनुसन्धान सुरु

काठमाडौं। जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले इलाम कारागारबाट ४८ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ। स्रोत नखुलेको उक्त रकम कारागारका नाइके, चौकीदार र एक कैदी गरी तीन जनाबाट बरामद गरिएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) लक्ष्मण ढकालले जानकारी दिएका छन्।

सिडिओ ढकालका अनुसार रकमको स्रोत आधिकारिक पुष्टि भए सम्बन्धित व्यक्तिलाई फिर्ता गरिनेछ। “कारागारमा रहेका तीन व्यक्तिसँग यति ठूलो रकम कसरी जम्मा भयो भन्ने विषयमा अनुसन्धान हुन्छ,” उनले भने।

अवैध रकम रहेको सूचनाका आधारमा प्रहरीले बिहीबार दिउँसो कारागारमा छापा मारेको थियो। छापाका क्रममा कारागारको ७ नम्बर कोठाबाट बरामद गरिएको रकममध्ये २४ हजार रुपैयाँ बराबरको भारतीय रुपैयाँ (भारु) समेत रहेको छ।

Read More

प्रि–ओपनमै नेप्से उकालो, परिसूचक १४ अंकभन्दा बढी बढ्यो

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार प्रि–ओपन सेसनमै नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। कारोबार सुरु हुनुअघि नै नेप्से १४.९६ अंकले उकालो लाग्दै २६०५.२६ विन्दुमा पुगेको हो।

प्रि–ओपन सेसनमा ७४ वटा स्क्रिप्सको २४ हजार ७२४ कित्ता सेयर कारोबार भएको छ। यस अवधिमा कुल १ करोड १८ लाख ६८ हजार ५१९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

कारोबारमा आएका ७४ स्टकमध्ये ४० वटाको मूल्य बढेको छ भने २३ वटाको मूल्य घटेको छ। यस्तै, २ वटा स्टकको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन।

Read More

इरान–अमेरिका तनाव बढ्दै, वार्ता र सैन्य कारबाहीबीच आरोप–प्रत्यारोप

काठमाडौं। अमेरिका र इरानबीचको द्वन्द्व थप चर्किएको छ। बुधबार साँझ अमेरिकी सेनाले इरानका केही महत्वपूर्ण सैन्य संरचनामाथि हवाई हमला गरेको जनाएको छ। आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वलाई आफ्नो व्यवहार सुधार्न चेतावनी दिएका छन्।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार पछिल्लो कारबाहीमा इरानका सैन्य कमान्ड केन्द्र, हवाई सुरक्षा प्रणाली, क्षेप्यास्त्र तथा ड्रोनसम्बन्धी पूर्वाधार र तटीय निगरानी संयन्त्रलाई लक्ष्य बनाइएको थियो। अमेरिकी पक्षले हालका लागि उक्त सैन्य अभियान पूरा भएको जानकारी दिएको छ।

अमेरिकाले यो कारबाहीको उद्देश्य हर्मुज जलडमरूमध्य हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय व्यापारिक जहाज र तिनमा रहेका चालक दललाई जोखिम पुर्‍याउन सक्ने इरानी क्षमतामा नियन्त्रण गर्नु रहेको बताएको छ।

इरानी आक्रमणको दाबीपछि अमेरिकी प्रतिक्रिया, वार्तामाथि अन्योल

इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको दाबी गरेपछि वासिङ्टनले पछिल्लो सैन्य कदम चालेको हो। अर्कोतर्फ, इरानका प्रमुख वार्ताकार तथा संसदका सभामुख मोहम्मद बगेर गालिबाफले सरकारी सञ्चारमाध्यममार्फत कुनै सम्झौताबाट देशलाई लाभ नहुने अवस्था आए त्यसलाई निरन्तर स्वीकार गरिरहनुपर्ने कारण नरहेको बताएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई वार्तामा फर्कन दबाब दिँदै चेतावनी दिएका थिए। उनले इरानले आगामी सातासम्म वार्ताको बाटो नसमाते पुल तथा ऊर्जा पूर्वाधारजस्ता क्षेत्रमा समेत कारबाही हुन सक्ने बताएका थिए।

Read More