२०८३ कार्तिक ७

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच शुक्रबार भेटवार्ता भएको छ।

प्रधानसेनापति सिग्देल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए।

भेटका क्रममा समसामयिक विषयमा छलफल भएको बताइए पनि वार्ताको विस्तृत विषय भने सार्वजनिक गरिएको छैन।

Read More

बागमती प्रदेशसभा बैठक भदौ १ गते, मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने

काठमाडौं। बागमती प्रदेशसभाको बैठक भदौ १ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालय, हेटौँडाले शुक्रबार सूचना जारी गर्दै बैठक दिउँसो १ बजेका लागि आह्वान गरेको हो।

बैठकमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईँले जानकारी दिए।

प्रदेशसभाको जारी आठौँ अधिवेशनअन्तर्गत बस्ने बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लागेका हुन्।

Read More

पर्यटन विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आज आयोजित ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकार पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि सक्रिय रूपमा अघि बढिरहेको बताए।

पर्यटन क्षेत्रका नीतिगत तथा संरचनागत समस्या समाधान गर्न आफू क्रियाशील रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रसँगको साझेदारीमार्फत मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।

मन्त्री पौडेलले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले स्नातक र स्नातकोत्तर तहमा आरोग्य पर्यटनसम्बन्धी अध्यापन सुरु गर्ने तयारी गरिरहेको जानकारी दिए।

यसैगरी, उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने सरकारको योजना रहेको बताए।

Read More

देउवा कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा पार्टीका पूर्वसभापति शेरबहादुर देउवा सहभागी भएका छन्। काठमाडौंस्थित मिराकल पार्टी प्यालेसमा जारी भेलामा देउवा प्रमुख अतिथिका रूपमा उपस्थित भएका हुन्।

राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा भेला सुरु भएको हो। भेलालाई देउवाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

देउवा पाँच महिनापछि हिजो नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि उनी पहिलोपटक कांग्रेसको राष्ट्रिय भेलामा सहभागी भएका हुन्।

Read More

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।

नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री भट्टले शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शपथपछि शुक्रबार नै मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५१ सदस्य कायम छन्। नेकपाका २१, नेकपा एमालेका ११, नेपाली कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन्। नेकपा र एमालेका सांसदको संख्या जोड्दा ३२ पुग्छ, जुन सरकार गठनका लागि आवश्यक २६ सदस्यीय बहुमतभन्दा बढी हो।

नयाँ सत्ता समीकरणअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको बताइएको छ। एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको जनाइएको छ।

यसअघि नेपाली कांग्रेसका कमलबहादुर शाह सुदूरपश्चिमका मुख्यमन्त्री थिए। बजेटसम्बन्धी विवाद चर्किएपछि एमालेले असार ३१ गते शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन गुमेपछि शाहले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

शाहको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए। भट्ट मुख्यमन्त्री नियुक्त भएसँगै सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा पाँचौँ सरकार गठन भएको छ।

प्रदेशमा सरकार परिवर्तनको क्रमसँगै राजनीतिक स्थायित्व, बजेट कार्यान्वयन र विकास निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा नयाँ सरकारको भूमिकाप्रति चासो बढेको छ।

Read More

खोटाङमा काठले किच्दा ३५ वर्षीय युवकको मृत्यु

काठमाडौं । खोटाङमा ट्याक्टरमा गोलिया काठ लोड गर्ने क्रममा काठले किचेर धनकुटाका एक युवकको मृत्यु भएको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५, सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार उत्तिसको गोलिया काठ ट्याक्टरमा लोड गर्ने क्रममा धनकुटाको पाख्रिवास नगरपालिका–३ का ३५ वर्षीय लीला मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निराजन बस्नेतले जानकारी दिए।

घटनापछि प्रहरीले ट्याक्टर र चालक धनकुटाको महालक्ष्मी नगरपालिका–३, चानुवाका १९ वर्षीय सुनिल गुरुङलाई नियन्त्रणमा लिएको जनाएको छ।

Read More

मधेसमा सर्पदंशका घटना बढेपछि एन्टी स्नेक भेनमको आपूर्ति बढाइयो

काठमाडौं । गर्मी बढेसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि प्रदेशका सर्पदंश उपचार केन्द्र तथा अस्पतालमा एन्टी स्नेक भेनम (सर्पदंशविरुद्धको औषधि) पठाउन थालिएको छ।

मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. नागेन्द्र यादवका अनुसार प्रदेशमा सर्पदंशको उपचार हुने २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार औषधि पठाउन सुरु गरिएको हो।

सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र र वीरगञ्जस्थित नारायणी अस्पतालमा औषधिको अभाव देखिएपछि तत्कालका लागि क्रमशः ३० र १०० भायल एन्टी स्नेक भेनम पठाइएको उनले जानकारी दिए। अन्य उपचार केन्द्रमा पनि मागअनुसार औषधि आपूर्ति भइरहेको छ।

उनका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल ९०० भायल एन्टी स्नेक भेनम मौज्दात रहेको छ भने थप औषधि ल्याउने प्रक्रिया अघि बढाइएको छ। कुनै पनि उपचार केन्द्रमा औषधिको अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको उनले बताए।

पछिल्ला केही दिनयता अत्यधिक गर्मीका कारण रौतहट, बारा र पर्सालगायत जिल्लामा सर्पदंशका घटना बढेको पाइएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा दैनिक १० देखि १५ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्। ग्रामीण क्षेत्रमा खेतबारी तथा घरवरपर सर्पको गतिविधि बढेसँगै जोखिम थपिएको उनले बताए। केही दिनअघि एन्टी स्नेक भेनमको अभाव देखिए पनि हाल अस्पतालमा १०० भायल औषधि मौज्दात रहेको अस्पतालले जनाएको छ।

सर्पदंशबाट जोगिन राति सुत्दा झुल प्रयोग गर्न, घरवरपरका झाडी सफा राख्न तथा खेतबारीमा काम गर्दा बुटलगायत सुरक्षात्मक सामग्री प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्। सर्पले टोकेमा झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्नसमेत आग्रह गरिएको छ।

मधेस प्रदेश सरकारले सर्पदंशलाई मनसुन तथा गर्मीयाममा देखिने प्रमुख सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा आवश्यक औषधि, स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ।

Read More

बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री बानियाँले सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन संसद् सचिवालयमा पत्राचार गरेका छन्।

सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए। समर्थन फिर्तापछि संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

Read More

झापामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डीएपी वितरण

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले झापामा रासायनिक मलको आपूर्ति तथा वितरणलाई निरन्तरता दिएको छ। कम्पनीका अनुसार हालसम्म जिल्लामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डीएपी किसानलाई वितरण गरिएको छ।

त्यस्तै, ३७.०५० मेट्रिक टन अर्थात् ७४१ बोरा पोटाससमेत वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयका प्रमुख दीपककुमार राजवंशीले जानकारी दिए।

धान रोपाइँको मुख्य चरण लगभग सकिएसँगै अब किसानले आवश्यकताअनुसार मल प्रयोग गर्ने समय सुरु भएको उनले बताए। कार्यालयमा पर्याप्त मौज्दात रहेकाले किसानले मलको अभावबारे चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ। हाल कार्यालयमा १३० मेट्रिक टन युरिया र ५४ मेट्रिक टन डीएपी मौज्दात रहेको छ।

धान रोपाइँपछि बालीको वृद्धि तथा उत्पादनका लागि विशेषगरी युरियालगायतका मल आवश्यक पर्ने भएकाले केन्द्रबाट दोस्रो चरणअन्तर्गत आवश्यक परिमाणमा मल आपूर्ति गर्ने प्रक्रिया सुरु भइसकेको प्रमुख राजवंशीले बताए।

उनका अनुसार गत वर्षको यही अवधिमा भएको मलको खपतलाई आधार बनाएर यस वर्षको आवश्यकताको मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापन गरिनेछ। थप मल आउने भएकाले किसानले मलको अभाव व्यहोर्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे।

कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयले झापाका किसानसँगै पहाडी जिल्लामा समेत रासायनिक मल आपूर्ति तथा वितरण गर्दै आएको छ। कार्यालयबाट इलाम, पाँचथर र ताप्लेजुङका साथै तेह्रथुमको एक स्थानीय तहसम्म मल आपूर्ति हुँदै आएको छ।

Read More

बागमती प्रदेशको सहरी नीति २०८३ प्रभावकारी रूपमा कार्यान्वयन गरिने

काठमाडौं । बागमती प्रदेशअन्तर्गतका सहरहरूको व्यवस्थित विकासका लागि तयार गरिएको ‘बागमती प्रदेश सहरी नीति २०८३’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको छ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले नीति स्वीकृत गरेसँगै यसको कार्यान्वयनलाई प्राथमिकता दिइएको मन्त्रालयका प्रवक्ता मदनकुमार आलेमगरले जानकारी दिए।

उनका अनुसार बागमती प्रदेशअन्तर्गतका सहरमा दीगो, उत्थानशील, पर्यावरणमैत्री तथा सन्तुलित सहरी विकास सुनिश्चित गर्ने उद्देश्यले नीति तयार गरिएको हो।

नीतिअनुसार नुवाकोट, धादिङ र रसुवाका तीन स्थानमा व्यवस्थित सहरी बस्ती विकास गर्ने योजनासहित पाइलट प्रोजेक्टका रूपमा कामसमेत सुरु भइसकेको प्रवक्ता आलेमगरले बताए।

Read More