२०८३ आश्विन १६

भोटेकोशी बाढीको क्षति पुनःनिर्माण गर्न संघसँग एक अर्ब माग

काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त बागमती प्रदेशका भौतिक संरचना पुनःनिर्माणका लागि प्रदेश सरकारले नेपाल सरकारसँग रु एक अर्ब अनुदान माग गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रदेशभित्र क्षति पुगेका भौतिक पूर्वाधार पुनःनिर्माण गर्न संघीय सरकारसँग उक्त रकम माग गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले क्षतिग्रस्त पूर्वाधारको पुनःनिर्माणका लागि संघीय सरकारसँग रु एक अर्ब अनुदान माग गर्ने निर्णय भएको जानकारी दिए।

Read More

हिम्लुङ हिमपहिरोमा थप आठ शव भेटिए, मृतकको संख्या १५ पुग्यो

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ मा रहेको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका थप आठ आरोहीको शव आज फेला परेको छ। यससँगै असोज ११ गतेको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान चार तथा दिउँसो थप चार जनाको शव भेटिएको हो। यसअघि घटनामा सात जनाको मृत्यु भएको पुष्टि भइसकेको थियो। हिमपहिरोमा परेका एक जना भने अझै बेपत्ता छन्।

उद्धार गरिएका शवमध्ये दुई वटा सदरमुकाम चामे ल्याइएको छ भने थप छ शव फूगाउँसम्म ल्याइएको पौडेलले बताए। रात परिसकेकाले शुक्रबार मात्रै बाँकी शव चामे ल्याउने तयारी छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत आज शवहरू स्थानान्तरण गरिएको हो। हिमपहिरोपछि उद्धार तथा खोजीका लागि नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) ले ११ सदस्यीय दक्ष टोलीसमेत परिचालन गरेको छ।

यसैबीच नेपाली सेनाको टोलीले स्थानीय र अन्य सुरक्षा निकायसँगको समन्वयमा चामे गाउँपालिका–४ को ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव खुलाउने काम गरिरहेको छ। अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा ल्याउने प्रयास पनि जारी रहेको जनाइएको छ।

असोज ११ गते बिहान हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरो गएको थियो। त्यसपछि बेपत्ता आरोहीको खोजी तथा उद्धार अभियान सञ्चालन हुँदै आएको छ।

Read More

आजको राशिफल

२०८३ असोज १६ गते, शुक्रबार (२ अक्टोबर २०२६) आश्विन कृष्णपक्ष षष्ठी तिथि रहेको छ। दिउँसो १२:१८ बजेपछि सप्तमी लाग्नेछ। रोहिणी नक्षत्र बिहान ७:२६ बजेसम्म र त्यसपछि मृगशिरा नक्षत्र रहनेछ। चन्द्रमा वृष राशिमा रहेर साँझ ६:३८ बजेपछि मिथुन राशिमा प्रवेश गर्नेछ। आजको दिनलाई समेटेर विभिन्न राशिका लागि आर्थिक, पारिवारिक, व्यावसायिक तथा व्यक्तिगत पक्षका संकेत यसप्रकार छन्।

मेष — Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेहनत र सकारात्मक सोचले आज उपलब्धि हात पार्न सहयोग गर्नेछ। कामबाट आम्दानी र प्रतिष्ठा बढ्ने संकेत छ। नयाँ जिम्मेवारी वा अवसर प्राप्त हुन सक्छ। साँझपछि आर्थिक पक्ष थप सक्रिय रहनेछ।

वृष — Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

रचनात्मक काममा उत्साह बढ्नेछ। सहकर्मी तथा परिवारको साथ मिल्दा नयाँ काम अघि बढाउन सहज हुनेछ। भेटघाट र सहकार्यका अवसर आउनेछन्। साँझतिर आर्थिक लाभको सम्भावना छ।

मिथुन — Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

दिनको सुरुवातमा खर्च र आर्थिक दबाब बढ्न सक्छ। अरूको आश्वासनमा भर पर्दा सावधानी अपनाउनु राम्रो हुनेछ। कामका लागि दौडधुप भए पनि नयाँ अवसर मिल्नेछ। साँझपछि परिस्थिति अनुकूल बन्दै जानेछ।

कर्कट — Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आम्दानीका नयाँ बाटा खुल्न सक्छन्। पुराना कामबाट पनि लाभ मिल्ने संकेत छ। रोकिएको रकम प्राप्त हुन भने केही समय लाग्न सक्छ। साँझतिर खर्च बढ्ने र यात्राको सम्भावना रहनेछ।

सिंह — Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

काममा प्रभाव र प्रतिष्ठा बढ्ने दिन छ। व्यवसाय, भूमि, सवारी वा पैतृक सम्पत्तिबाट लाभ मिल्न सक्छ। पुराना समस्या समाधान भएपछि नयाँ अवसरको बाटो खुल्नेछ। साँझपछि आम्दानीका थप सम्भावना देखिन्छन्।

कन्या — Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

अरूले कमजोरीको फाइदा उठाउन सक्ने भएकाले निर्णयमा सतर्कता आवश्यक छ। अपरिचित व्यक्तिप्रति तत्काल विश्वास नगर्नु राम्रो हुनेछ। चुनौतीपूर्ण जिम्मेवारी आउन सक्छ। साँझपछि काममा सुधार र उपलब्धिको संकेत छ।

तुला — Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ्य र थकानका कारण काममा केही ढिलाइ हुन सक्छ। जिम्मेवारी बढे पनि अपेक्षाअनुसार उपलब्धि नहुन सक्छ। खानपान र दिनचर्यामा ध्यान दिनुहोस्। निरन्तर प्रयास गरे साँझपछि काम अघि बढ्नेछ।

वृश्चिक — Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

यात्रा, मनोरञ्जन र भेटघाटका लागि अनुकूल समय छ। प्रेम तथा मित्रतामा आत्मीयता बढ्नेछ र आर्थिक लाभको अवसर पनि मिल्न सक्छ। साँझपछि स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ। अपेक्षित नतिजा कमजोर भए पनि भविष्यका लागि उपयोगी काम हात पर्न सक्छ।

धनु — Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आत्मविश्वास र सक्रियताले प्रतिस्पर्धामा अघि बढ्न मद्दत गर्नेछ। स्वास्थ्य र कामप्रतिको उत्साह राम्रो रहनेछ। आर्थिक लाभ हुने नयाँ योजना सुरु गर्न सकिने समय छ। साँझतिर पारिवारिक भेटघाटले मन खुसी बनाउन सक्छ।

मकर — Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

दिनको सुरुवातमा काममा केही अन्योल रहन सक्छ। स्वास्थ्य वा ध्यानको कमीले अध्ययन तथा काम प्रभावित हुन सक्छ। दोहोर्याएर प्रयास गर्नुपर्ने अवस्था आउन सक्छ। साँझपछि नयाँ काम र आम्दानीका अवसर बढ्नेछन्।

कुम्भ — Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द

हतारमा निर्णय गर्दा समस्या आउन सक्छ, त्यसैले महत्वपूर्ण विषयमा सोचविचार आवश्यक छ। पुराना सम्झौता वा योजनामा परिवर्तन हुन सक्छ। मान्यजनको सहयोगले अन्योल हटाउन मद्दत गर्नेछ। साँझपछि व्यवसाय र पेसामा सुधारको संकेत छ।

मीन — Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

मेहनतको प्रतिफलस्वरूप नयाँ अवसर प्राप्त हुन सक्छ। रोकिएका काम अघि बढ्नेछन् र दीर्घकालीन योजनामा प्रगति हुने संकेत छ। व्यापार तथा पेसाबाट लाभ मिल्न सक्छ। साँझतिर पारिवारिक मतभेदले केही काम प्रभावित हुनसक्ने भएकाले संवादमा ध्यान दिनुहोस्।

Read More