काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारको हालको सुकुमबासी बस्ती हटाउने अभियानप्रति व्यंग्य गर्दै कडा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले विकल्प बिना गरिएको डोजर कारबाहीले समस्या समाधान नभई थप विवाद बढाएको संकेत गरेका हुन् ।
हालै रास्वपा सांसद केपी खनालको घरसम्बन्धी विवाद सार्वजनिक भइरहेका बेला बास्कोटाले सरकारको नीति चयनप्रति प्रश्न उठाउँदै सबै वर्गमा समान रूपमा कारबाही हुन्छ कि हुँदैन भन्ने विषय उठाएका छन्।
उनको टिप्पणीले सुकुमबासी व्यवस्थापन र अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानबारे राजनीतिक बहस थप चर्किएको देखिएको छ।




