२०८३ असार ११

सरकारी कर्मचारी संगठन संरचनामा ठूलो परिवर्तन, दलीय र आधिकारिक ट्रेड युनियन खारेज

काठमाडौं। सरकारले कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाउने निर्णय गरेको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ मार्फत यो व्यवस्था खारेज गरिएको हो।

नयाँ कानुनी परिवर्तनसँगै अब सरकारी कर्मचारीबीच दलीय आधारमा हुने ट्रेड युनियन संरचना रहने छैन। सरकारले लामो समयदेखि प्रशासनिक सुधार र निष्पक्ष सेवाप्रवाहका लागि यस्तो कदम आवश्यक रहेको बताउँदै आएको थियो।

यसअघि संघीय निजामती सेवा विधेयकमा पनि ट्रेड युनियन हटाउने तयारी भइरहेको थियो। अध्यादेश जारी भएसँगै उक्त व्यवस्था औपचारिक रूपमा लागू हुने भएको छ।