२०८३ आश्विन १

बढ्दो ट्राफिक र प्रदूषण नियन्त्रण गर्न सार्वजनिक सवारीको नयाँ दर्तामा रोक

काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनहरूको नयाँ दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण तथा सडकमा बढ्दो चापलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म नयाँ दर्ता रोक्ने निर्णय गरेको जनाएको हो।

विभागका निर्देशक मणिराम भुसालद्वारा जेठ ७ गते जारी परिपत्र सातवटै प्रदेशका सम्बन्धित मन्त्रालयहरू भौतिक पूर्वाधार तथा श्रम, रोजगार एवं यातायात व्यवस्था मन्त्रालय सहित देशभरका सबै स्थानीय तहमा पठाइएको छ।

विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याइएको स्पष्ट पारेको छ।