काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले बुधबार सूचना जारी गर्दै योग्य तथा इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो।
समितिका अनुसार सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। इच्छुक उम्मेदवारहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत उपलब्ध गराइएको अनलाइन लिंक प्रयोग गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन केयू उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ अनुसार प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।




