२०८३ असार ५

रास्वपाको सचिवालय बैठक सुरु, महाधिवेशन तयारीमा छलफल केन्द्रित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु भएको छ।

बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशनसम्बन्धी कार्यविधिलगायत विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।

रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ। महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक निर्णयहरू यही सचिवालय बैठकमार्फत अघि बढाइने जनाइएको छ।