२०८३ असार ५

रास्वपाको प्रथम महाधिवेशनमा प्रमुख दलका शीर्ष नेताहरूलाई निमन्त्रणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि प्रमुख दुई राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ।

पार्टीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा सहभागी हुन औपचारिक निमन्त्रणा पठाएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार दुवै नेतासम्म निमन्त्रणापत्र पुगिसकेको भए पनि उनीहरूको सहभागिताबारे अहिलेसम्म कुनै औपचारिक निर्णय सार्वजनिक भएको छैन।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने कार्यक्रम तय गरिएको छ।