२०८३ असार ५

प्रधानमन्त्रीलाई संसदमै उपस्थित भई अभिव्यक्ति सच्याउन सांसद हर्क साम्पाङको कडा माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको भनिएको अभिव्यक्ति आपत्तिजनक भएकाले त्यसलाई सदनमै उपस्थित भएर सच्याउनुपर्ने माग गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफूहरूले लगातार आपत्ति जनाउँदै आए पनि अझै स्पष्टता नआएको बताए। उनले उक्त विषयमा जवाफ दिन ढिलाइ भइरहेको भन्दै तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे।

उनले देश र राष्ट्रियताको विषय सबैका लागि साझा भएको उल्लेख गर्दै भुटानी शरणार्थी समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताए। शरणार्थीहरूको सुरक्षित फिर्ता वा परिवारसँग पुनर्मिलनको व्यवस्था गर्नुपर्ने विषयमा उनले विशेष ध्यान दिन आग्रह गरे।

सांसद राईले नेपाल सानो भए पनि आफ्नो देश भएको भन्दै शरणार्थी जीवन बिताइरहेका व्यक्तिहरूको समस्या समाधानतर्फ सरकारले प्राथमिकता दिनुपर्ने धारणा राखे।