काठमाडौं । चितवन को भरतपुर महानगरपालिकाले २९ वटा विषयगत सहकारी संस्था खारेज गरेको छ।
महानगरले निष्क्रिय अवस्थामा रहेका कृषि, दुग्ध तथा मौरी पालनसम्बन्धी सहकारी संस्थाहरू खारेज गरेको हो।
महानगरपालिकाको सहकारी तथा रोजगार प्रवर्द्धन शाखा प्रमुख रोजी केसी का अनुसार सहकारी विभागको अनलाइन प्रणालीमा नियमित विवरण नबुझाउने, लेखा परीक्षण नगर्ने तथा साधारणसभा नगर्ने संस्थाहरूलाई खारेज गरिएको हो।
महानगरभित्र कुल ३६३ सहकारी संस्था रहेकोमा पछिल्लो निर्णयपछि संख्या घटेर ३३४ मा झरेको छ।




