२०८३ आश्विन ९

नीलकण्ठ नगरपालिका र नेत्रावती डबजोङ गाउँपालिकाको २०८३/८४ बजेट सार्वजनिक


काठमाडौं । धादिङ जिल्लाका नीलकण्ठ नगरपालिका र नेत्रावती डबजोङ गाउँपालिका ले आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। दुवै स्थानीय तहले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा स्थानीय उत्पादन प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छन्।

नीलकण्ठ नगरपालिकाले सेवा प्रवाहलाई डिजिटल र पारदर्शी बनाउने, कृषि तथा पूर्वाधार विकासलाई जोड दिने तथा ‘एक वडा–एक उत्पादन’ कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको छ। यस्तै, नेत्रावती डबजोङ गाउँपालिकाले स्थानीय उत्पादनको ब्रान्डिङ, होमस्टे प्रवर्द्धन, स्वास्थ्य सेवा विस्तार तथा ‘एक घर–एक धारा’ जस्ता कार्यक्रमलाई प्राथमिकता दिएको छ।

बजेट तथा क्षेत्रगत विनियोजन :

शीर्षक / क्षेत्रनीलकण्ठ नगरपालिका (रु.)नेत्रावती डबजोङ गाउँपालिका (रु.)
कुल बजेट१ अर्ब २४ करोड ८८ हजार४० करोड ५० लाख ६७ हजार
चालु खर्च८७ करोड २७ लाख ५३ हजार७ करोड ५० लाख
पुँजीगत खर्च३६ करोड ७३ लाख ३५ हजार९ करोड २९ लाख
शिक्षा८ करोड २२ लाख३ करोड १० लाख
स्वास्थ्य—१ करोड ५० लाख
पूर्वाधार विकास१३ करोड २३ लाख—
युवा/खेलकुद५४ लाख ५० हजार—
सीप विकास/उद्यमशीलता९ लाख ५५ हजार—
रोजगारी प्रवर्द्धन२५ लाख—
वैदेशिक रोजगारी१७ लाख—
फोहोरमैला व्यवस्थापन७० लाख—
नगर/सौन्दर्यीकरण४० लाख—
विपद् व्यवस्थापन५० लाख—
सूचना प्रविधि७० लाख—
महिला/सामाजिक विकास—८८ लाख ९५ हजार
आर्थिक विकास—५६ लाख ४७ हजार

नीलकण्ठ नगरपालिकाको नगरसभा र नेत्रावती डबजोङ गाउँपालिकाको गाउँसभामार्फत बजेट सार्वजनिक गरिएको हो।