काठमाडौं । बेलायतका प्रधानमन्त्री किर स्टार्मरमाथि पद त्याग गर्न राजनीतिक दबाब बढ्दै गएको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।
द अब्जर्भर र द गार्डियनले जुन २१ मा प्रकाशित रिपोर्टमा प्रधानमन्त्री स्टार्मरले सोमबार राजीनामा घोषणा गर्न सक्ने अनुमान गरिएको उल्लेख छ।
असफल आर्थिक नीति र स्थानीय निर्वाचनमा पार्टीले भोगेको पराजयपछि उनीमाथि नेतृत्व छोड्न दबाब बढ्दै गएको बताइएको छ।




