२०८३ श्रावण १०

दक्षिण कोरिया जाने नेपाली कामदारको भिसा शुल्क वृद्धि

काठमाडौँ । दक्षिण कोरिया जाने नेपाली कामदारहरूका लागि भिसा शुल्क बढाइएको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै भिसा शुल्कमा ६०० रुपैयाँ वृद्धि गरिएको जानकारी दिएको हो ।

यसअघि भिसा शुल्कबापत १० हजार ७०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेकोमा अबदेखि ११ हजार ३०० रुपैयाँ बुझाउनुपर्ने भएको छ ।

ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जानका लागि सीसीभीआई प्राप्त गरिसकेका व्यक्तिहरूले ईपीएस कार्यालयमा स्वयं उपस्थित भई फाराम बुझाउँदा नयाँ तोकिएको शुल्क बुझाउनुपर्ने शाखाले जनाएको छ ।