काठमाडौं, असार ३० । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालका तराई भू–भाग नजिक अवस्थित रहेकाले अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेश
आज प्रदेशभर अधिकांश स्थानमा बादल लाग्नेछ। पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भू–भागका केही स्थानमा वर्षा तथा हिमपात हुन सक्छ। पहाडी भू–भागका थोरै स्थान र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ।
मधेस प्रदेश
प्रदेशभर अधिकांश स्थानमा बादल लाग्नेछ। पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। रातिको समयमा पनि केही स्थानमा वर्षा कायम रहने देखिएको छ।
बागमती प्रदेश
प्रदेशका अधिकांश स्थानमा बादल लाग्नेछ। पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भू–भागका केही स्थानमा वर्षा वा हिमपात हुन सक्छ। पहाडी भू–भागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रातिको समयमा पनि वर्षाको सम्भावना रहनेछ।
गण्डकी प्रदेश
प्रदेशभर अधिकांश स्थानमा बादल लाग्नेछ। पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा वर्षा तथा हिमपात हुन सक्छ। पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। राति पनि वर्षाको क्रम जारी रहने सम्भावना रहेको छ।
लुम्बिनी प्रदेश
प्रदेशभर अधिकांश स्थानमा बादल लाग्नेछ। पहाडी र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। हिमाली भू–भागका थोरै स्थानमा वर्षा वा हिमपात हुन सक्छ। पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि केही स्थानमा वर्षा कायम रहने अनुमान छ।
कर्णाली प्रदेश
प्रदेशमा साधारणतया बादल लाग्नेछ। पहाडी भू–भागका केही स्थान तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्छ। रातिको समयमा पनि यस्तै मौसम रहने सम्भावना रहेको छ।
🌧️ सुदूरपश्चिम प्रदेश
प्रदेशमा साधारणतया बादल लाग्नेछ। पहाडी र तराईका केही स्थान तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। रातिको समयमा पनि केही स्थानमा वर्षा कायम रहने अनुमान गरिएको छ।
मौसम विभागले वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने जनाएको छ। साथै, दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागबाट जारी हुने पछिल्ला मौसम सूचना नियमित रूपमा अवलोकन गर्न आग्रह गरिएको छ।




