२०८३ असार ११

व्हर्लपुल र स्मार्ट अप्लायन्सेसबीच रणनीतिक साझेदारी, नयाँ विस्तार योजना

काठमाडौं। केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा.लि.ले विश्वप्रसिद्ध घरेलु उपकरण ब्रान्ड व्हर्लपुलसँग रणनीतिक साझेदारी गरेको छ। यो सम्झौतासँगै स्मार्ट अप्लायन्सेस अब प्रदेश ५, ६ र ७ मा व्हर्लपुलका उत्पादनहरूको आधिकारिक तथा एकमात्र वितरक बनेको छ।

कम्पनीले यो सहकार्यलाई नेपालको उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको छ। व्हर्लपुलको विश्वस्तरीय गुणस्तर र स्मार्ट अप्लायन्सेसको वितरण सञ्जाल मिलेर उपभोक्तासम्म आधुनिक उपकरण सहज रूपमा पुर्‍याइने अपेक्षा गरिएको छ।

यसै अवसरमा आयोजित डिलर मिटमा कम्पनीले भविष्यको क्षेत्रीय विस्तार योजना र साझेदारी सुदृढीकरणका विषयमा छलफल गरेको थियो। कम्पनीले यो साझेदारीलाई बजार विस्तार मात्र नभई नेपाली घरेलु उपकरण उद्योगमा नयाँ चरणको सुरुवातका रूपमा व्याख्या गरेको छ।