काठमाडौँ । नेकपा नेता भीम रावलले नेपाल–भारत सीमा विवादमा भारतीय विदेश मन्त्रालयको पछिल्लो प्रतिक्रियापछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग स्पष्ट धारणा माग गरेका छन्।
भारतको विदेश मन्त्रालयले नेपाल–भारत सीमा मुद्दा दुई देशबीचको विषय भएकाले त्यसमा कुनै तेस्रो पक्षको भूमिका नहुने स्पष्ट पारेपछि रावलले प्रधानमन्त्रीको अघिल्लो अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन्।
रावलले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेनले सीमा समस्याको समाधानका लागि बेलायतलाई वार्तामा जोड्ने संकेत गरेको प्रसंग स्मरण गराउँदै त्यसबारे अब सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।
उनले प्रधानमन्त्रीले संसद्मा राखेको अभिव्यक्ति र भारतीय पक्षको सार्वजनिक भनाइबीच देखिएको अन्तरबारे नेपाली जनतालाई प्रष्ट जवाफ दिनुपर्ने बताएका छन्। रावलले यस प्रसंगमा रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा रहेको अवस्थालाई समेत उल्लेख गरेका छन्।




