काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको आकार विस्तार गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय समिति सदस्य संख्या वृद्धि गर्ने निर्णय गरेको हो।
बैठकले पार्टीको विधान संशोधन गरी वरिष्ठ नेताको व्यवस्था समावेश गर्ने विषयमा पनि सहमति जनाएको छ। प्रस्तावित व्यवस्था अनुसार वरिष्ठ नेता निर्वाचन प्रक्रियाबाट चयन नभई सभापतिले घोषणा गर्न सक्ने प्रावधान राखिने बताइएको छ।
यससँगै आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने पहिलो महाधिवेशनमा पार्टीको आन्तरिक संरचना र नेतृत्व व्यवस्थापनबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ। यद्यपि वरिष्ठ नेताको सहभागिता तथा भूमिकाबारे पार्टीभित्र छलफल जारी रहेको जनाइएको छ।
यसअघि पदेन सदस्यसहित १२९ सदस्यीय रहेको केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाउने निर्णय गरिएको एक नेताले जानकारी दिएका छन्।




