काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा एक वृद्धाको ज्यान गएको छ।
गौरीगञ्ज–४ निवासी ८८ वर्षीया पञ्चमाया शेर्माको आइतबार साँझ सर्पदंशपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सर्पले डस्दा उनी गम्भीर घाइते भएकी थिइन्।
घटनाका अनुसार कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकैको इँटाको थुप्रोबाट निस्किएको सर्पले उनको दाहिने हातको माझी औँलामा डसेको थियो।
घाइते अवस्थामै उनलाई तत्काल बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
शव हाल अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।




