२०८३ असार ११

रास्वपा प्रवक्ता मनिष झा महामन्त्री पदमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै झाले आफूले महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिएका हुन्।

आइतबारदेखि सुरु भएको रास्वपाको महाधिवेशन अन्तर्गत केहीबेरमै बन्दसत्र सुरु हुने तयारी छ।