काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज उल्लेखनीय गिरावट आएको छ। बुधबारको तुलनामा सुन प्रतितोला ५ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुन प्रतितोला रु २ लाख ७८ हजार ३०० मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला रु ४ हजार २३५ मा कारोबार भइरहेको छ।
महासंघका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला ६५० रुपैयाँले घटेको हो।




