काठमाडौं । तनहुँका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। जिल्लाभर कुल रु ७ अर्ब ७८ करोड २६ लाख २० हजार ८७३ बराबरको बजेट प्रस्तुत गरिएको हो।
जिल्लाका ८ पालिकाले बुधबार बजेट प्रस्तुत गरेका थिए भने म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले असार ८ गते नै बजेट सार्वजनिक गरेका थिए।
बजेट विवरण :
| स्थानीय तह | बजेट रकम |
| व्यास नगरपालिका | रु १ अर्ब ५० करोड २० लाख १ हजार |
| शुक्लागण्डकी नगरपालिका | रु १ अर्ब १३ करोड ५४ लाख ३९ हजार |
| भानु नगरपालिका | रु ८४ करोड ६६ लाख ४४ हजार २४ |
| भीमाद नगरपालिका | रु ६३ करोड ५३ लाख |
| म्याग्दे गाउँपालिका | रु ७४ करोड ३२ लाख ७८ हजार |
| देवघाट गाउँपालिका | रु ५५ करोड ५८ लाख ६७ हजार |
| आँबुखैरेनी गाउँपालिका | रु ६४ करोड |
| बन्दीपुर गाउँपालिका | रु ६८ करोड ७८ लाख ८० हजार ८४९ |
| ऋषिङ गाउँपालिका | रु ५३ करोड ६२ लाख ५० हजार |
| घिरिङ गाउँपालिका | रु ५० करोड |
व्यास नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन र सामाजिक विकासलाई प्राथमिकता दिँदै सबै क्षेत्र समेट्ने गरी बजेट विनियोजन गरेको छ। शुक्लागण्डकी, म्याग्दे, भानु लगायतका पालिकाले पनि पूर्वाधार विकास, कृषि, पर्यटन, रोजगारी र सेवा प्रवाह सुधारलाई मुख्य प्राथमिकतामा राखेका छन्।
समग्रमा जिल्लाका सबै स्थानीय तहले विकास निर्माणसँगै सामाजिक तथा आर्थिक क्षेत्र सुदृढीकरणलाई जोड दिँदै बजेट प्रस्तुत गरेका छन्।




