२०८३ असार १३

ट्राफिक अपडेट: २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा

काठमाडौं बितेका २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार १०२ जना चालक ट्राफिक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २१ लाख १० हजार ५१४ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८९, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०८, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ९९ तथा तीव्र गतिमा सवारी चलाउने ८३ जना चालकलाई कारबाही गरिएको हो।

त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने ५९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गरी सवारी चलाउने दुई, एकतर्फी सडकमा सवारी चलाउने ७८ तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ४८४ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।