काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार भारतमा दर्ता भएको कारले ठक्कर दिँदा स्थानीय ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको गम्भीर घाइते भएका थिए।
शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका बेला उनीहरू कारको ठक्करमा परेका थिए। गम्भीर घाइते भएका दुवै बालबालिकाको उपचारका क्रममा चितवनमा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।



