काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन तोलामा २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।



