काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्यमा उल्लेख्य कटौती गरेको छ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ। यससँगै काठमाडौं, पोखरा र दिपायललगायत तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ।
त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब उपभोक्ताले एक सिलिन्डर एलपी ग्यास २,०६० रुपैयाँमा खरिद गर्न सक्नेछन्।
यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले घटाइएको नेपाल आयल निगमले जनाएको छ।




