काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको छ।
अमेरिकाको डलास रङ्गशालामा भएको प्रतिस्पर्धामा नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले पहिलो गोल गरे। खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका अमाद डियाल्लोले बराबरी गोल फर्काउँदै खेल १–१ को अवस्थामा पुर्याए।
तर खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले निर्णायक गोल गर्दै नर्वेलाई २–१ को जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा नर्वे अन्तिम १६ मा पुग्न सफल भयो।
अब अन्तिम १६ मा नर्वेले ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।
यस्तै, अन्तिम–३२ अन्तर्गत आज राति २ः४५ बजे फ्रान्स र स्विडेन तथा बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच खेल हुनेछ।




