काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित सवारीधनीलाई फिर्ता गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार एक कार्यक्रमबीच अनुसन्धानका क्रममा फेला परेका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले पछिल्लो एक महिनामा चोरी भएका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटरसहित कुल ५१ वटा दुईपांग्रे सवारी बरामद गरिएको जानकारी दिए।
प्रहरीले चोरी भएका सवारी साधन खोजीका लागि नियमित निगरानी, प्राविधिक अनुसन्धान तथा विभिन्न प्रहरी इकाईसँग समन्वय गर्दै आएको जनाएको छ।
ट्राफिक प्रहरीले सवारीधनीलाई आफ्नो सवारी सुरक्षित स्थानमा पार्क ग




