२०८३ श्रावण ११

मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। देशभर अधिकांश स्थानमा बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेश: आज दिउँसो पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। राति पनि पहाडी र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

मधेस प्रदेश: आज दिउँसो केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

बागमती प्रदेश: आज दिउँसो पहाडी भू–भागका धेरै स्थान तथा तराईका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। राति पनि पहाडी र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश: आज दिउँसो पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। राति पनि पहाडी र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश: आज दिउँसो पहाडी भू–भाग तथा तराईका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। राति पनि पहाडी र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कर्णाली प्रदेश: आज दिउँसो पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। राति पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश: आज दिउँसो पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। राति पनि पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

हिमाली क्षेत्र: आज दिउँसो र राति देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।