काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ राष्ट्रियसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
आज बस्ने संसदीय समितिहरू
संघीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा लेखा समितिको बैठक पनि बस्नेछ।
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति – बिहान ११ः०० बजे
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ। - महिला तथा सामाजिक मामिला समिति – बिहान ११ः०० बजे
साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। - अर्थ समिति – दिउँसो १ः०० बजे
‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफललाई निरन्तरता दिइनेछ। - लेखा समिति – अपराह्न २ः०० बजे
समितिमा प्राप्त उजुरीहरूमाथि छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
आजका बैठकहरूमा विभिन्न विधेयक, वार्षिक प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयमा छलफल हुने भएकाले संसद्को गतिविधि व्यस्त रहनेछ।




