२०८३ श्रावण २८

नेप्से परिसूचक ८.८१ अङ्कले बढ्यो, कारोबार रकम ३ अर्ब ७२ करोड

काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज ८.८१ अङ्कले बढेर २ हजार ६५१ दशमलव २१ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९७ अङ्कले बढेर ४६४ दशमलव ५९ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ६० अङ्कले बढेर १८२ दशमलव १६ तथा सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले बढेर १५७ दशमलव ३३ विन्दुमा पुगेको छ।

आज विभिन्न कम्पनीका १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ रुपैयाँमा खरिद–बिक्री भएका छन्।

कारोबारमा रहेका १३ उपसमूहमध्ये १० उपसमूहको सूचक बढ्दा दुई उपसमूह घटेका छन् भने एक उपसमूह स्थिर रहेको छ। आज १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ। १९ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डस्ट्रिज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सुपर खुदी हाइड्रोपावर कम्पनीका लगानीकर्ता सर्वाधिक लाभान्वित भएका छन्। त्यसैगरी, प्रभु बैंक डिबेञ्चर, ग्लोबल आइएमई बैंक डिबेञ्चर र स्ट्यान्डर्ड चार्टर्ड बैंक डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन्।